22/06/2026
आयो टप्प टिप्यो, लग्यो, मिली पुग्यो, टारेर टर्दैन त्यो
इन्द्रै बिन्ति गरुन झुकेर पदमा बिन्ति मान्दैन त्यो
यस भञ्ज्याङ्ग बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रूपा –५, देउरालीका शेयर सदस्य स्व. उत्तर कुमार श्रेष्ठ को मिति २०८३/०२/२९ गते ७४ बर्षको उमेरमा भएको अकल्पनीय स्वर्गारोहणको खबरले यस संस्थाको सम्पूर्ण परिवार मर्माहित र स्तब्ध भएको छ।
यस दुःखद घडीमा अमर आत्माको चिरशान्तिको कामना सहित शोक सन्तप्त परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना सहित हार्दिक समवेदना प्रकट गर्दछौं।