22/05/2025
कालिका कृषि सहकारीको १९ औं स्थापना दिवस, संस्थापक संचालक समिति सम्मानित
पोखरा महानगरपालिका वडा नं. २५ मा रहेको श्री कालिका कृषि सहकारी संस्था लिमिटेडले १९ औं स्थापना दिवस मनएको छ । स्थापना दिवसको अवसरमा बुधवार सम्पन्न सदस्य शिक्षा तथा संस्थापक सञ्चालक समिति सम्मान कार्यक्रममा कदर पत्र र दोसल्लाले सम्मान गरिएको हो । सम्मानित हुनेमा संस्थापक अध्यक्ष हरिमाया अधिकारी, उपाध्यक्ष खरिका अधिकारी, सचिव स्व. हिमप्रसाद अधिकारी ( मरणोप्रान्त), सह सचिव सकुन्तला ढकाल अधिकारी, कोषाध्यक्ष तारापति अधिकारी, सदस्यहरु भोला पौडेल, कल्पना अधिकारी, तेजमाया भण्डारी , पुर्णलाल भण्डारी र लेखा सुपरिवेक्षण समिति संयोजक गंगादेवि अधिकारी
रहनुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघका कोषाध्यक्ष भोजराज धिमिरेले जिल्ला सहकारी संघको दुग्ध उद्योग स्थापना गर्दा यस यस क्षेत्रका कृषकले पशु पालन मार्फत आय आर्जन गर्न उद्देश्यका साथ एक क्यान वाट सुरु गरि आज चार सय लिटर दैनिक उत्पादन गर्ने अवस्थामा आउनुभएको वताउदै संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।
संस्थाका अध्यक्ष खिमनारायण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा संस्थापक अध्यक्ष हरिमाया अधिकारी, निवर्तमान अध्यक्ष तारापति अधिकारी , कोषाध्यक्ष तुलसी प्रसाद भण्डारी, लेखा सुपरिवेक्षण समिति संयोजक शोभाकर भण्डारी ,अगुवा शेयर सदस्य भरतराज अधिकारीले आआफ्ने भनाइ राख्नुभएको थियो । सहकारीकर्मी खेमराज अधिकारीले प्रशिक्षण दिनुभएको कार्यक्रमको संचालन संस्थका सचिव गंगादेवि वराल , स्वगत मन्तव्य उपाध्यक्ष सकुन्तला अधिकारी र सहकारीका सात सिद्धान्त शिक्षा समिति संयोजक शेर वहादुर रानाले बाचन गर्नुभएको थियो ।