P. Saud & Associates Chartered Accountants

P. Saud & Associates Chartered Accountants Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from P. Saud & Associates Chartered Accountants, Financial service, Kailali.

हाम्रो चार्टर्ड एकाउन्टेन्ट फर्म व्यवसाय, कर, लेखा परीक्षण, वित्तीय परामर्श तथा अनुपालन सेवामा विशेषज्ञता प्राप्त पेशेवरहरूको टोलीद्वारा संचालित छ। विश्वास, पारदर्शिता र उत्कृष्टता हाम्रो मुख्य मूल्यहरू हुन्।

📢 करदाताका लागि सुनौलो अवसर!आर्थिक विधेयक, २०८३ द्वारा ब्याज, शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहाको विशेष व्यवस्थानेपाल ...
31/05/2026

📢 करदाताका लागि सुनौलो अवसर!
आर्थिक विधेयक, २०८३ द्वारा ब्याज, शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहाको विशेष व्यवस्था
नेपाल सरकारले आर्थिक विधेयक, २०८३ मार्फत करदाताहरूलाई बक्यौता कर तथा अन्तःशुल्क दायित्व फर्छ्योट गर्न विशेष छुटको व्यवस्था गरेको छ।
✅ विवरण पेश गरिसकेका तर कर तथा अन्तःशुल्क बक्यौता रहेका करदाताका लागि
मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ तथा अन्तःशुल्क ऐन, २०५८ बमोजिम विवरण पेश गरिसकेका तर २०८३ साल जेठ १५ गतेसम्म बक्यौता रहेको कर तथा अन्तःशुल्क रकम र सोको १% थप रकम २०८३ साल पुष मसान्तभित्र बुझाएमा सो रकममा लागेका ब्याज, शुल्क, थप दस्तुर, जरिवाना तथा विलम्ब शुल्क पूर्ण रूपमा मिनाहा हुनेछ।
✅ कर निर्धारणबाट सिर्जित बक्यौता दायित्व भएका करदाताका लागि
आन्तरिक राजस्व विभाग वा मातहतका कार्यालयबाट २०८३ साल जेठ १५ गतेसम्म कर निर्धारण वा संशोधित कर निर्धारण भई दायित्व सिर्जना भएको अवस्थामा, निर्धारण भएको कर तथा अन्तःशुल्क रकम र सोको १% थप रकम २०८३ साल पुष मसान्तभित्र बुझाएमा सोमा लागेका शुल्क, थप दस्तुर, जरिवाना, ब्याज तथा विलम्ब शुल्क मिनाहा हुनेछ।
⚠️ ध्यान दिनुहोस्
दूरसञ्चार सेवा प्रदान गर्ने व्यवसायमा संलग्न करदाताले भने यो सुविधाको लाभ लिन पाउने छैनन्।
⏳ समयमै लाभ लिनुहोस्
वर्षौंदेखिको कर बक्यौता, ब्याज र जरिवानाको भारबाट मुक्त हुने यो विशेष अवसर सीमित अवधिका लागि मात्र उपलब्ध छ। आर्थिक विधेयक, २०८३ ले प्रदान गरेको यस सुविधाको अधिकतम लाभ लिन समयमै आवश्यक प्रक्रिया पूरा गर्नुहोस्।
📞 9851342529 थप जानकारी तथा परामर्शका लागि सम्पर्क गर्नुहोस्:
P. Saud & Associates
Chartered Accountant🇳🇵
#

30/05/2026

मेरो नजरले बजेटका मुख्य विशेषता, प्रभाव, प्राथमिकता र चुनौतीहरू :
मुख्य विशेषता र सम्भावित प्रभाव:
१. व्यक्तिगत आयकरमा ठूलो राहत
* वार्षिक रु. १० लाखसम्म आम्दानी हुनेलाई न्यून कर दायरामा ल्याइयो।
* अधिकतम आयकर दर ३९% बाट घटाएर २९% कायम।
* मध्यम वर्गलाई राहत दिने स्पष्ट नीति।
प्रभाव:
* कर्मचारी तथा मध्यम वर्गको Disposable Income बढ्ने।
* बजारमा उपभोग र माग बढ्ने सम्भावना।
* बैंकिङ, अटोमोबाइल, रियल स्टेट तथा रिटेल क्षेत्र लाभान्वित हुन सक्ने।
२. अन्तःशुल्क (Excise Duty) हटाइयो वा घटाइयो
* ३६० प्रकारका वस्तुमा अन्तःशुल्क हटाइयो।
* उद्योगका लागि कर प्रणाली सरल बनाउने प्रयास।
प्रभाव:
* उत्पादन लागत घट्ने।
* केही वस्तु सस्ता हुन सक्ने।
* घरेलु उद्योग प्रतिस्पर्धी बन्ने।
३. २७३ औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइयो
* कच्चा पदार्थमा कम भन्सार।
* तयार वस्तुभन्दा कच्चा पदार्थ सस्तो हुने नीति।
प्रभाव:
* उद्योग सञ्चालन लागत घट्ने।
* उत्पादन तथा निर्यात बढ्न सक्ने।
* Import Substitution मा सहयोग पुग्ने।
४. पूँजी बजार (Share Market) सुधार
* NRN लाई दोस्रो बजारमा लगानी खुला।
* Intra-day Trading तथा Short Selling सुरु गरिने।
* Hedge Fund अवधारणा ल्याइयो।
* Capital Gain लाई Final Tax को रूपमा स्पष्टता संगै दरमा ५०% ले बृद्दि।
प्रभाव:
* बजारमा Liquidity बढ्ने।
* विदेशी तथा NRN पूँजी भित्रिन सक्ने।
* पूँजी बजार थप व्यावसायिक बन्ने।
* Capital gain Tax दरमा ५०% ले बृद्दि को केही नकारात्मक असर।
५. सूचना प्रविधि (IT) क्षेत्रलाई रणनीतिक उद्योग घोषणा
* IT Export मा कर छुट।
* AI, Cyber Security, Data Center तथा Digital Infrastructure मा प्राथमिकता।
प्रभाव:
* IT Export वृद्धि।
* युवाका लागि रोजगारी सिर्जना।
* Dollar Income तथा Remote Work बढ्ने सम्भावना।
६. “सिक्दै कमाउँदै” (Learn While You Earn) कार्यक्रम
* विद्यार्थीलाई पढ्दै काम गर्ने अवसर।
* Apprenticeship Model कार्यान्वयन।
प्रभाव:
* Youth Employment बढ्ने।
* व्यवहारिक सीप विकास हुने।
* वैदेशिक पलायन केही घट्न सक्ने।
७. सरकारी कर्मचारीको तलब वृद्धि:
* सरकारी कर्मचारीको तलब २१% सम्म वृद्धि।
* १०% आधारभूत वृद्धि तथा बाँकी Performance Incentive।
प्रभाव:
* बजारमा क्रयशक्ति बढ्ने।
* उपभोग आधारित अर्थतन्त्र चलायमान हुने।
* मुद्रास्फीति तथा सरकारी खर्चमा दबाब बढ्न सक्ने।
८. कृषि क्षेत्रमा ठूलो प्रोत्साहन:
* २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान।
* Support Price Policy तथा Digital Payment प्रवर्द्धन।
प्रभाव:
* कृषि व्यवसायीकरण बढ्ने।
* खाद्य सुरक्षा सुधार हुने।
* ग्रामीण अर्थतन्त्र सक्रिय बन्ने।
९. पूर्वाधार तथा ऊर्जा प्राथमिकतामा:
* बुढीगण्डकी (१२०० MW) कम्पनी मोडलमा निर्माण।
* Fast Track, Highway, Railway तथा Digital Infrastructure प्राथमिकतामा।
* पूर्व–पश्चिम राजमार्ग ४ लेनमा स्तरोन्नति।
प्रभाव:
* निर्माण क्षेत्र सक्रिय हुने।
* रोजगारी वृद्धि।
* Cement, Steel तथा Banking Sector लाभान्वित हुने।
१०. विदेशी लगानी तथा कानुनी सुधार:
* Foreign Investment Approval सहज।
* Profit Repatriation प्रक्रिया सरल।
* Commercial Tribunal स्थापना।
* Tax Dispute Settlement Scheme ल्याइयो।
प्रभाव:
* Ease of Doing Business सुधार।
* लगानीकर्ताको विश्वास बढ्ने।
* कर विवाद समाधान सहज हुने।
११. Startup प्रवर्द्धन:
* रु. १० करोडसम्म कारोबार भएका Startup लाई पहिलो ५ वर्ष आयकर छुट।
* IT Export कम्पनीलाई ७५% कर छुट।
* Freelancer तथा Remote Worker लाई ५% Final Tax।
* Venture Capital, Hedge Fund तथा NRN Investment मार्फत Financing विस्तार।
प्रभाव:
* Startup Ecosystem विस्तार।
* युवा उद्यमशीलता वृद्धि।
* Dollar Income र रोजगारी बढ्ने।
१२. कर विवाद समाधान योजना:
* पुराना कर विवाद समाधान गर्न Settlement Scheme।
* विवादित करमा थप १% तिरेर मुद्दा फिर्ता लिन सकिने।
* ब्याज तथा जरिवानामा छुट।
प्रभाव:
* निजी क्षेत्रको Cash Flow सुधार।
* व्यवसायिक अनिश्चितता घट्ने।
* सरकारलाई रोकिएको राजस्व प्राप्त हुने।
१३. शिक्षा तथा स्वास्थ्य
शिक्षा:
* रु. २ खर्ब २२ अर्ब बजेट।
* Digital Education तथा Skill-based Learning मा जोड।
स्वास्थ्य:
* रु. ९५.८१ अर्ब बजेट।
* Telemedicine, मातृ तथा शिशु स्वास्थ्यमा प्राथमिकता।
प्रभाव
* मानव पूँजी विकास।
* ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार।
* Youth Skill Development मा सहयोग।
१४.अन्य बैकिङ र कर्जा सम्बन्धि घोषणाहरू
* महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा।
* व्यवसायिक पुनरुत्थान कर्जा।
* व्यक्तिगत Credit Scoring र P2P Lending सुरु।
* Asset Management Company स्थापना।
* Remittance Promotion का लागि Lottery Scheme।
* Gen-Z आन्दोलनका घाइते तथा शहीद परिवारलाई सहुलियतपूर्ण कर्जा।
प्रभाव:
कर्जा प्रवाहमा वृद्दी र खराब कर्जा ब्यबस्थापनमा सहयोग हुने।
बजेटका प्रमुख प्राथमिकताहरू:
* आर्थिक गतिविधि तथा बजार माग वृद्धि
* निजी क्षेत्रमैत्री वातावरण
* उद्योग तथा उत्पादन वृद्धि
* IT र Digital Economy विकास
* Startup Ecosystem विस्तार
* पूर्वाधार तथा ऊर्जा विकास
* कृषि व्यवसायीकरण
* Youth Employment तथा Skill Development
* शिक्षा, स्वास्थ्य र Human Capital Development
* NRN तथा Foreign Investment आकर्षण
* Export Promotion तथा Import Substitution
बजेटका मुख्य चुनौतीहरू:
* पुँजीगत खर्च प्रभाव कार्यान्वयन कमजोर हुने पुरानो समस्या
* उच्च चालु खर्च
* राजस्व लक्ष्य हासिल गर्न कठिनाइ
* सार्वजनिक ऋणको बढ्दो दबाब
* राजनीतिक अस्थिरता
* भ्रष्टाचार तथा कमजोर सुशासन
* बैंकिङ क्षेत्रमा कमजोर कर्जा माग
* Skilled Human Resource पलायन
* परियोजना ढिलाइ तथा ठेक्का व्यवस्थापन समस्या
* मुद्रास्फीति बढ्ने सम्भावना
* संघ, प्रदेश र स्थानीय तहबीच समन्वय चुनौती
* घोषणा भएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुनेमा प्रश्न
यो बजेटले कर राहत, निजी क्षेत्र प्रोत्साहन, IT तथा Startup Economy, पूँजी बजार सुधार , कर सम्बन्धि dispute समाधान र पूर्वाधार विकासलाई प्राथमिकता दिएको देखिन्छ। यदि प्रभावकारी कार्यान्वयन हुन सकेमा आर्थिक गतिविधि बढाउने, लगानी आकर्षित गर्ने तथा युवालाई अवसर सिर्जना गर्ने सम्भावना बलियो देखिन्छ। तर कार्यान्वयन क्षमता, सुशासन, निजी क्षेत्रको मनोबल, राजस्व संकलन र ऋण व्यवस्थापन नै यसको सफलताको मुख्य आधार हुनेछन्। समग्रमा बजेटले जनअपेक्षा पुरा गर्ने कोशीस गरेको छ।

12/05/2026
वाणिज्य विभागद्वारा जारी निर्देशिका अनुसार एजेन्सीमार्फत वस्तु बिक्री गर्दा (विशेष गरी सवारी साधनमा) आयातित सामानका लागि...
24/04/2026

वाणिज्य विभागद्वारा जारी निर्देशिका अनुसार एजेन्सीमार्फत वस्तु बिक्री गर्दा (विशेष गरी सवारी साधनमा) आयातित सामानका लागि MRP फाराम प्रयोग गर्नुपर्ने व्यवस्था छ। अन्य आयात व्यवसायीहरूले भने आफ्नै लागत विश्लेषण (Cost Sheet) तयार गरी सोही आधारमा MRP निर्धारण गर्न सक्ने व्यवस्था रहेको छ।

सरकारको नयाँ नियमअनुसार २०८३ वैशाख ८ देखि ३ करोडभन्दा माथिको घर/जग्गा कारोबार अनिवार्य रूपमा लाइसेन्स प्राप्त एजेन्सीमार...
22/04/2026

सरकारको नयाँ नियमअनुसार २०८३ वैशाख ८ देखि ३ करोडभन्दा माथिको घर/जग्गा कारोबार अनिवार्य रूपमा लाइसेन्स प्राप्त एजेन्सीमार्फत गर्नुपर्ने भएको छ।

अब देखि हरेक उत्पादित सामानमा  Maximum Retail Price (MRP) अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने ।कुनै पनि सामानको मुल्य मनपरि...
20/04/2026

अब देखि हरेक उत्पादित सामानमा Maximum Retail Price (MRP) अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने ।कुनै पनि सामानको मुल्य मनपरि भन्न नपाइने ।

नेपालमा उत्पादित सामानमा पनि MRP अनिवार्य छ।
20/04/2026

नेपालमा उत्पादित सामानमा पनि MRP अनिवार्य छ।

अबदेखि वार्षिक २० करोडभन्दा बढीको कारोबार गर्ने सबै करदाता अनिवार्य रुपमा विभागको केन्द्रीय विजक अनुगमन प्रणाली (CBMS) म...
19/04/2026

अबदेखि वार्षिक २० करोडभन्दा बढीको कारोबार गर्ने सबै करदाता अनिवार्य रुपमा विभागको केन्द्रीय विजक अनुगमन प्रणाली (CBMS) मा आवद्ध हुनुपर्ने भएको छ ।
नोट: पहिले यो सीमा २५ करोडभन्दा बढीको कारोबारलाई अनिवार्य थियो ।

निशुल्क उपचार गराउन ग्राण्डीमा २० बेड नै खाली कुन अस्पतालमा कति निशुल्क बेड छन् यहाँ हेर्ने सकिने रहेछ https://freehealt...
16/04/2026

निशुल्क उपचार गराउन ग्राण्डीमा २० बेड नै खाली
कुन अस्पतालमा कति निशुल्क बेड छन् यहाँ हेर्ने सकिने रहेछ https://freehealth.mohp.gov.np/

संचालक शेयरधनीको सनाखत- *Verification* for User ID Pwd & खारेजी को काम स्थानीय वडाले पनि गर्न पाउने ।👌🏽👌🏽👌🏽👌🏽
08/04/2026

संचालक शेयरधनीको सनाखत- *Verification* for User ID Pwd & खारेजी को काम स्थानीय वडाले पनि गर्न पाउने ।

👌🏽👌🏽👌🏽👌🏽

Address

Kailali

Opening Hours

Monday 09:00 - 06:00
Tuesday 09:00 - 06:00
Sunday 09:00 - 18:00

Telephone

+9779851342529

Alerts

Be the first to know and let us send you an email when P. Saud & Associates Chartered Accountants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to P. Saud & Associates Chartered Accountants:

Share