P. Saud & Associates Chartered Accountants

P. Saud & Associates Chartered Accountants Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from P. Saud & Associates Chartered Accountants, Financial service, Kailali, Kailali.

हाम्रो चार्टर्ड एकाउन्टेन्ट फर्म व्यवसाय, कर, लेखा परीक्षण, वित्तीय परामर्श तथा अनुपालन सेवामा विशेषज्ञता प्राप्त पेशेवरहरूको टोलीद्वारा संचालित छ। विश्वास, पारदर्शिता र उत्कृष्टता हाम्रो मुख्य मूल्यहरू हुन्।

बैंकको QR, POS र वालेट (fonepay, इसेवा, खल्ती लगायत) मा भुक्तानी प्राप्त हुने सबै कारोबार श्रावण १ २०८३ देखि स्वतः आन्तर...
02/08/2026

बैंकको QR, POS र वालेट (fonepay, इसेवा, खल्ती लगायत) मा भुक्तानी प्राप्त हुने सबै कारोबार श्रावण १ २०८३ देखि स्वतः आन्तरिक राजस्व विभागको पोर्टलमा रिपोर्ट हुने व्यवस्था भएको छ। हरेक यस्ता प्राप्तिको छुट्टा छुट्टै भुक्तानी दिने व्यक्तिको नाम सहित बिल जारी गर्नु अनिवार्य छ। बिना बिल कुनै पनि कारोबार नगरौँ।

📢 करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी बनौं! 🎁अब नेपालभित्र रु. १०० वा सोभन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्...
01/08/2026

📢 करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी बनौं! 🎁
अब नेपालभित्र रु. १०० वा सोभन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिनुहोस् र आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नुहोस्।
✅ नगद भुक्तानी गरेका योग्य उपभोक्ताले आफ्नो खरिद बिलको विवरण prize.ird.gov.np मा प्रविष्ट गरी कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ।
✅ विद्युतीय माध्यमबाट गरिएको योग्य भुक्तानी भने स्वतः कार्यक्रममा समावेश हुनेछ।
बिल लिने बानी बसालौं, कर प्रणालीलाई थप पारदर्शी र जिम्मेवार बनाऔं।
#करदाता_प्रोत्साहन

कम्पनी ऐन, २०६३ को दफा १८५ अनुसार कम्पनी सचिव नियुक्ति सम्बन्धी व्यवस्थाएक करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएको...
22/07/2026

कम्पनी ऐन, २०६३ को दफा १८५ अनुसार कम्पनी सचिव नियुक्ति सम्बन्धी व्यवस्था

एक करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएको प्रत्येक कम्पनीले कानूनले तोकेको योग्यता पुगेको नेपाली नागरिकलाई कम्पनी सचिव (Company Secretary) पदमा नियुक्त गर्न अनिवार्य छ।

कम्पनी सचिव नियुक्तिका लागि आवश्यक योग्यता:
✔️ प्रचलित कानून बमोजिम कम्पनी सचिव सम्बन्धी व्यावसायिक प्रमाणपत्र जारी गर्ने अधिकारप्राप्त स्वदेशी वा विदेशी निकायबाट कम्पनी सचिवको व्यावसायिक प्रमाणपत्र प्राप्त गरी कम्तीमा २ वर्ष सम्बन्धित क्षेत्रमा कार्य गरेको; वा
✔️ कानून, व्यवस्थापन, वाणिज्य वा अर्थशास्त्र विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरी कम्तीमा ३ वर्ष सम्बन्धित वा कम्पनी व्यवस्थापन क्षेत्रमा कार्य गरेको नेपाली नागरिक।

🎉 **करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ – मुख्य जानकारी**सरकारले उपभोक्तालाई **अनिवार्य रूपमा बिजक...
21/07/2026

🎉 **करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ – मुख्य जानकारी**

सरकारले उपभोक्तालाई **अनिवार्य रूपमा बिजक (Invoice) लिन प्रोत्साहन** गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको छ।

✅ **१. उद्देश्य र दायरा**
• उपभोक्तालाई बिजक लिन प्रोत्साहित गरी कर प्रणालीलाई पारदर्शी बनाउने।
• नेपालभित्र **रु. १०० भन्दा बढीको स्वः-प्रयोजन खरिद** गर्ने उपभोक्ता सहभागी हुन सक्ने।

🎁 **२. उपहार तथा पुरस्कार**
• **दैनिक उपहार:** जनही **रु. १,३३,३३४**
• **पाक्षिक बम्पर उपहार:** **रु. १०,००,०००** (प्रत्येक १५ दिनमा १ जना)
• **पुरस्कारमा २५% आकस्मिक लाभकर (TDS)** कट्टी हुनेछ।

📲 **३. कसरी सहभागी हुने?**
💳 **विद्युतीय (Digital) भुक्तानी:** स्वचालित रूपमा प्रणालीमा दर्ता हुनेछ।
💵 **नगद भुक्तानी:** आन्तरिक राजस्व विभागको एप वा वेब पोर्टलमा बिजकको विवरण (PAN, रकम, बिजक नम्बर आदि) दर्ता गर्नुपर्नेछ।

📑 **४. उपहार दाबी प्रक्रिया**
• नतिजा प्रकाशित भएको **१५ दिनभित्र** नजिकको आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्नुपर्ने।
• आवश्यक कागजात:
✔️ सक्कल बिजक
✔️ PAN
✔️ बैंक खाता विवरण
✔️ परिचयपत्र (नागरिकता/राहदानी आदि)
• **१५ दिनभित्र दाबी नगरेको पुरस्कार** प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ।

❌ **यस कार्यक्रममा सहभागी हुन नपाउने खरिदहरू**
• व्यावसायिक प्रयोजनका खरिद
• PAN नभएका पसलबाट लिएको बिजक
• सरकारी निकायबाट जारी भएका बिजक
• टेलिफोन, बिजुली, इन्टरनेट
• हवाई टिकट
• सवारी तथा ढुवानी सम्बन्धी बिजक

📢 **हरेक खरिदमा अनिवार्य रूपमा बिजक (Invoice) लिनुहोस्।**
बिजक लिनु भनेको आफ्नो अधिकारको संरक्षण गर्नुका साथै कर प्रणालीलाई पारदर्शी बनाउन सहयोग गर्नु हो। साथै, आकर्षक नगद उपहार जित्ने अवसर पनि प्राप्त गर्नुहोस्।

ेतना #आन्तरिक_राजस्व #नेपाल

19/07/2026

📢 आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै व्यवसायीले ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू:

✅ सबै कर्मचारीको PAN अनिवार्य
✅ मासिक रु. २५,००० भन्दा बढी तलब बैंकमार्फत भुक्तानी गर्नुपर्ने
✅ वस्तु बिक्री गर्दा VCTS अनिवार्य
✅ बिक्री बिलमा HS Code उल्लेख गर्नुपर्ने
✅ बिक्री, खरिद तथा मौज्दातको नियमित अभिलेख राख्नुपर्ने
✅ Pre-numbered Bill मात्र प्रयोग गर्नुपर्ने
✅ VAT दर्ताको सीमा: वस्तु कारोबार रु. ५० लाख तथा सेवा/मिश्रित कारोबार रु. ३० लाख
✅ रु. २५,००० भन्दा बढी नगद भुक्तानी नगर्नुपर्ने
✅ KYT Update समयमै गर्नुपर्ने
✅ VAT र TDS विवरण प्रत्येक महिनाको २५ गतेभित्र दाखिला गर्नुपर्ने।

⚠️ कानुनी प्रावधानको पालना गर्दै समयमै कर विवरण र अभिलेख व्यवस्थापन गरी अनावश्यक जरिवानाबाट बचौं।

अब निर्माण व्यवसायीको इजाजतपत्र (लाइसेन्स) नवीकरण घरमै बसेर अनलाइनबाट गर्न सकिने भएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त...
17/07/2026

अब निर्माण व्यवसायीको इजाजतपत्र (लाइसेन्स) नवीकरण घरमै बसेर अनलाइनबाट गर्न सकिने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको CIMS (Contractors Information Management System) प्रणालीमार्फत क, ख र ग वर्गका निर्माण व्यवसायीहरूले अब इजाजतपत्र नवीकरणका लागि कार्यालय धाइरहनु पर्दैन ।

भोलि २०८३ साउन १ गतेदेखी सुन, चाँदी तथा तिनका गरगहना र वस्तु बिक्री गर्दा ०.५% सीप प्रवर्द्धन शुल्क असुल गर्नुपर्ने बीजक...
16/07/2026

भोलि २०८३ साउन १ गतेदेखी सुन, चाँदी तथा तिनका गरगहना र वस्तु बिक्री गर्दा ०.५% सीप प्रवर्द्धन शुल्क असुल गर्नुपर्ने बीजकको ढाँचा

📢 कर सम्बन्धी महत्वपूर्ण सूचना | आन्तरिक राजस्व विभागआर्थिक विधेयक २०८३ अनुसार श्रावण १, २०८३ देखि लागू हुने नयाँ कर तथा...
13/07/2026

📢 कर सम्बन्धी महत्वपूर्ण सूचना | आन्तरिक राजस्व विभाग
आर्थिक विधेयक २०८३ अनुसार श्रावण १, २०८३ देखि लागू हुने नयाँ कर तथा शुल्क (विलासिता शुल्क, हरित कर, शिक्षा समानता शुल्क, स्वास्थ्य समानता शुल्क आदि) असुल गर्न सम्बन्धित कर बीजक (Invoice) को ढाँचा अद्यावधिक गर्नुपर्ने भएको छ।
सम्बन्धित व्यवसाय तथा संस्थाहरूले समयमै आफ्नो बिलिङ प्रणाली/बीजक अद्यावधिक गरी कानुनी व्यवस्था पालना गर्नुहोस्।
-

अब बागमती प्रदेशमा अनलाइनबाटै सवारी कर तिरेपछि ब्लुबुक नवीकरणका लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ।
03/07/2026

अब बागमती प्रदेशमा अनलाइनबाटै सवारी कर तिरेपछि ब्लुबुक नवीकरणका लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ।

करदाताले केन्द्रिय बिजक अनुगमन प्रणाली (CBMS) प्रयोग गर्ने तरिका
03/07/2026

करदाताले केन्द्रिय बिजक अनुगमन प्रणाली (CBMS) प्रयोग गर्ने तरिका

Address

Kailali
Kailali

Opening Hours

Monday 09:00 - 06:00
Tuesday 09:00 - 06:00
Sunday 09:00 - 18:00

Telephone

+9779851342529

Alerts

Be the first to know and let us send you an email when P. Saud & Associates Chartered Accountants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to P. Saud & Associates Chartered Accountants:

Shortcuts

Share