Jhapa District Cooperative Federation Ltd.

Jhapa District Cooperative Federation Ltd. District Cooperative Federation

यस संघका सल्लाहाकार समिति सदस्य श्री लक्ष्मी प्रसाद उप्रेतीज्यू राष्ट्रिय सहकारी बैँक लिमिटेडको अध्यक्ष पदमा निर्वाचित ह...
01/06/2026

यस संघका सल्लाहाकार समिति सदस्य श्री लक्ष्मी प्रसाद उप्रेतीज्यू राष्ट्रिय सहकारी बैँक लिमिटेडको अध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गर्दछौँ ।

आज मिति २०८३ जेष्ठ १३ गते बुधबारका दिन झापा जिल्ला सहकारी संघ लिमिटेड भद्रपुर झापाको आयोजनामा कन्काई नगरपालिका सहकारी सम...
27/05/2026

आज मिति २०८३ जेष्ठ १३ गते बुधबारका दिन झापा जिल्ला सहकारी संघ लिमिटेड भद्रपुर झापाको आयोजनामा कन्काई नगरपालिका सहकारी समन्वय समिति गठन भेला कार्यक्रम कनकाई नगरपालिका सहकारी समन्वय समिति संयोजक श्री कुमारमणि पोख्रेल ज्यूको अध्यक्षतामा सम्पन्न गरियो । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख श्री राजेन्द्रकुमार पोखरेलज्यू विशिष्ट अतिथि नगर प्रमुख उपप्रमुख श्री आशा शर्मा शिवकोटीज्यू,अतिथि सहकारी शाखा प्रमुख श्री हरिप्रसाद पौडेलज्यू, को उपस्थित रहेको थियो भने जिल्ला सहकारी सङ्घ लिमिटेडको तर्फबाट उपाध्यक्ष श्री देवी निरौला ज्यू,सचिव श्री भवानीप्रसाद दंगालज्यू,कोषाध्यक्ष श्री केशव बस्नेत ज्यू,सदस्य श्री युवराज गौतमज्यू,सदस्य श्री पुष्पा अधिकारीज्यू,सदस्य श्री निला कुमारी दाहाल ज्यू,सदस्य श्री बिन्दाकुमारी थापाज्यू,व्यवस्थापक श्री सन्जु देवानज्यू ,लगायत कन्काई नगरपालिका भित्र सञ्चालित विभिन्न सहकारी संस्थाका ४४ जना प्रतिनिधिहरूको उपस्थितिमा तपसिल बमोजिमको पालिका सहकारी समन्वय समिति गठन गरियो।

तपसिल

संयोजक श्री गोपाल उप्रेती प्रतिनिधि संस्था दुर्गापुर साझा सहकारी संस्था लिमिटेड

सहसंयोजक श्री रेणुका खतिवडा। प्रतिनिधि संस्था श्री सक्षम सामाजिक महिला उद्यमी कृषि सहकारी संस्था लिमिटेड

सचिव श्री भरत थपलिया प्रतिनिधि संस्था दोमुखा बहुउद्देयीय सहकारी संस्था लिमिटेड

सदस्य श्री भेषराज संग्रौला। प्रतिनिधि संस्था कोटीहवन कृषि सहकारी संस्था लिमिटेड

सदस्य श्री मानबहादुर पौडेल प्रतिनिधि संस्था गोहिखाडी कृषि सहकारी संस्था लिमिटेड

सदस्य श्री ईश्वर सुवेदी प्रतिनिधि संस्था वसुन्धरा कृषि सहकारी संस्था लिमिटेड

सदस्य श्री अनिता पौडेल प्रतिनिधि संस्था सृजना महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेड

सदस्य श्री सीता सापकोटा जामुनखाडी कृषि सहकारी संस्था लिमिटेड

नवनिर्वाचित समितिलाई संघका उपाध्यक्ष श्री देवी निरौलाज्यूले सपथ ग्रहण गर्नुभएको थियो भने कार्यक्रमको औचित्यमाथि प्रकाशन संघका सचिव भवानीप्रसाद दंगालज्यूले पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन पालिका समन्वय समितिका सदस्य श्री खेमप्रसाद प्रसाई ज्यूले गर्नुभएको थियो।

मिति २०८३ साल जेठ ११ गते सोमवारका दिन झापा जिल्ला सहकारी संघ लि. भद्रपुर ८ झापाको महिला उप समितीको आयोजनामा १ दिवसीय ताल...
26/05/2026

मिति २०८३ साल जेठ ११ गते सोमवारका दिन झापा जिल्ला सहकारी संघ लि. भद्रपुर ८ झापाको महिला उप समितीको आयोजनामा १ दिवसीय तालिम सहकारी अध्यादेश २०८३ र सहकारीमा कर्जा अशुली प्रक्रिया सम्वन्धी विषयमा तालीम महिला उप समीतीको संयोजक तथा झापा जिल्ला सहकारी संघ लि.को उपाध्यक्ष श्री देवी निरौला ज्यूको अध्यक्षतामा, नेपाल कृषी सहकारी केन्द्रीय संघ लि.को उपाध्यक्ष श्री मिना ढकाल ज्यूको प्रमुख आतिथ्यतामा, सहजकर्ता नेफ्स्कुनका महा सचीव श्री घनश्याम अधिकारी ज्यूको प्रशिक्षणमा बिर्तामोड २ चारपाने स्थित श्री सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को सभाहलमा ११२ जना सहभागीहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरियो । कार्यक्रम संचालन संघका संचालक समिति सदस्य तथा महिला उप समिति सदस्य श्री संगिता गजुरेल ज्यूले गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य संघका संचालक समिति सदस्य तथा महिला उप समिति सदस्य श्री विन्दा कुमारी थापा ज्यूले गर्नुभएको थियो भने कार्यक्रम समापन संघका अध्यक्ष श्री प्रेम कुमार कोइराला ज्यूले गर्नुभएको थियो ।

मिति २०८३ जेष्ठ ७ गते यस संघको सदस्य संस्था श्री मेची कृषक बहुमुखी सहकारी संस्था लिमिटेडद्धारा संचालित सामुदायिक पोष्ट ह...
22/05/2026

मिति २०८३ जेष्ठ ७ गते यस संघको सदस्य संस्था श्री मेची कृषक बहुमुखी सहकारी संस्था लिमिटेडद्धारा संचालित सामुदायिक पोष्ट हार्भेष्टको अवलोकन ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको संचालक अनुमती म्याद थप सम्बन्धी सूचना ।।।  मिति २०८३।०२।०७
21/05/2026

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको संचालक अनुमती म्याद थप सम्बन्धी सूचना ।।। मिति २०८३।०२।०७

मिति २०८३ वैशाख २१ गते सोमबारका दिन झापा जिल्ला सहकारी संघ लिमिटेडको हल्दिबारी गाउँपालिका पालिका सहकारी समन्वय समिति गठन...
05/05/2026

मिति २०८३ वैशाख २१ गते सोमबारका दिन झापा जिल्ला सहकारी संघ लिमिटेडको हल्दिबारी गाउँपालिका पालिका सहकारी समन्वय समिति गठन सम्बन्धी भेला कार्यक्रम हल्दिबारी गाउँपालिकाका पालिका इन्चार्ज तथा सङ्घका सञ्चालक समिति सदस्य श्री हरीकृष्ण अधिकारी ज्यूको अध्यक्षतामा गठन कार्य सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा पालिका समन्वय समिति किन भन्ने विषयमा संघका सचिव श्री भवानीप्रसाद दंगालज्यूले प्रस्तुतिकरण गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान हल्दिबारी गाउँपालिका सहकारी समन्वय समितिका सह संयोजक श्री शारदा लिङ्गदेन ज्यूले गर्नुभएको थियो । कार्यक्रम संचालन निवर्तमान हल्दिबारी गाउँपालिका सहकारी समन्वय समितिका सचिव श्री रुकम गुरुङ्ग ज्यूले गर्नुभएको थियो। कार्यक्रममा संघको तर्फबाट संघका वरिष्ठ उपाध्यक्ष श्री दुर्गा प्रसाद सापकोटा, कोषाध्यक्ष श्री केशव बस्नेत, संचालक सदस्य श्री युवराज गौतम, श्री काशीनाथ घिमिरे,श्री पुष्पा अधिकारी,श्री संगिता गजुरेल लगातयको उपस्थिति रहेको कार्यक्रममा पालिकाभरिका सहकारी संघसंस्थाका ४६ जना प्रतिनिधिहरूको उपस्थितिमा तपसिल अनुसारको पालिका सहकारी समन्वय समिति गठन गरिएको थियो ।
तपसिल
हल्दिबारी गाउँपालिका सहकारी समन्वय समिति
संयोजक श्री देवी प्रसाद ओली – प्रभात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
सहसंयोजक श्री खेस कुमारी गिरी – सानाकिसान कृषि सहकारी संस्था लिमिटेड जलथल
सचिव श्री डिकविर राई – सतलोक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
सदस्य श्री निर्मला अधिकारी – मिलिजुली अपाङ्ग बहु. सहकारी संस्था लिमिटेड
सदस्य श्री देवीका कार्की – गोलधाप महिला कृषि सहकारी संस्था लिमिटेड
सदस्य श्री चक्र बहादुर लिम्बु – हाम्रो गोलधाप कृषि सहकारी संस्था लिमिटेड
सदस्य श्री गोविन्द प्रसाद घिमिरे – शुभप्रभात कृषि सहकारी संस्था लिमिटेड
सदस्य श्री खिवराज भट्टराई – हरियाली कृषि सहकारी संस्था लिमिटेड
सदस्य श्री मकर दाहाल – जयदुर्गा कृषि सहकारी संस्था लिमिटेड

Address

Jhapa
Jhapa District
COOPS

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97723536685

Website

Alerts

Be the first to know and let us send you an email when Jhapa District Cooperative Federation Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jhapa District Cooperative Federation Ltd.:

Share