नेशनल एग्रो बैंक लि.

नेशनल एग्रो बैंक लि. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेशनल एग्रो बैंक लि., Financial service, Laxminiya GauPalika, Janakpur.

A bank is a financial institution that accepts deposits from the public and creates credit Lending activities can be performed either directly or indirectly through capital markets.

14/02/2020

#भनिन्छ, प्रेम हेराईबाट सुरु हुन्छ । बोलीबाट नजिकिन्छ । उपहार र स्पर्शबाट विकास हुन्छ । र कहिले मिलन त कहिले विछोडमा टुंगिन्छ । त्यसैले त भनिन्छ– प्रेम गरिरहनु पर्दैन, आफै हुन्छ । हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवसलाई विश्वमा प्रेम र सद्भावको प्रतिकका रुपमा युवाहरुले मनाउने गर्दछन् । यो विशेष दिनको अवसरमा हाम्रा समस्त ग्राहक बर्ग, शुभेच्छुकलगायत सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना
#नेशनलएग्रोसहकारीबैंकपरिवार

02/02/2020

#सहकारीबैंकमा कुन खाता खोल्दा कस्तो सुविधा पाइन्छ ? 2020.02.02

खाता खोल्दा कागजात केके चाहिन्छ ?

बैंक खाता खोल्नको लागि नागरिकताको प्रमाणपत्र, फोटो, पूर्णरुपले भरेको आवेदन फारम, आवश्यक न्यूनतम रकम, दस्तखत नमूना जस्ता विवरण आवश्यक छ । नाबालकको हकमा संरक्षकको हैसियतले अभिभावकको नागरिकता, फोटो, आवेदन फाराममा दस्तखत आवश्यक पर्छ । यसका साथै खाता खोल्दा ग्राहकको पहिचान पूर्ण रुपमा झल्किने गरी पारिवारिक विवरण, बाबु बाजेको नाम जस्ता विवरण दिनु पर्ने व्यवस्था गरिएको छ ।

बैंक खाताका प्रकारहरु
सहकारीमा खाता विभिन्न प्रकारका हुन्छन् । यीमध्ये चल्ती खाता, बचत खाता र मुद्दती खाता चलन चल्तीमा रहेका प्रमुख खाताहरु हुन् ।

चल्ती खाताः
आफुले चाहेको समयमा चाहेको जति रकम एकै दिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने खातालाई चल्ती खाता भनिन्छ । यस खातामा राखेको पैसामा सामान्यतः ब्याज प्राप्त हुँदैन । उद्योग, व्यापारी र कार्यालयहरुका लागि यो खाता बढी उपयोगी हुन्छ ।

बचत खाताः
बचत खातामा रकम जति पटक पनि जम्मा गर्न सकिन्छ तर एउटा निश्चित सीमाभित्र रहेर मात्र रकम झिक्न सकिन्छ । यसका लागि सहकारीले सीमा तोकेको हुन्छ । यस खाताको रकममा सहकारीले निश्चित ब्याज प्रदान गर्दछ । सामान्य तथा साना रकम जम्मा गर्दै जाने र आवश्यक परेको समयमा रकम निकालिरहनु पर्ने व्यक्तिका लागि यो खाता उपयोगी हुन्छ । विद्यार्थी, युवा, गृहस्थी, बुढाबुढीहरु सबैका लागि यो खाता उपयोगी हुन्छ । सहकारीहरुले महिला, बालबालिक, वृद्धवृद्धि, विद्यार्थी लगायतलाई लक्षित गरेर छुट्टाछुट्टै बचत खाता योजनाहरु पनि ल्याउने गरेका छन् । जसमा छुट्टाछुट्टै सुविधाहरु दिइएका हुन्छन् ।

मुद्दती खाताः
मुद्दती खाता १२ महिने, २४ महिने, ३६ महिने, ६० महिने र ७२ महिने सम्मको एउटा निश्चित समय अवधि तोकेर रकम जम्मा गरिन्छ । यस खातामा राखेको पैसाको ब्याजदर पनि बचत खाताको भन्दा केही बढी नै हुन्छ । तर, तोकेको समयभन्दा पहिले नै रकम निकाल्न नमिल्ने हुँदा बीचमा रकम आवश्यक पर्ने सम्भावना नभएको अवस्थामा मात्र यस्तो खातामा रकम जम्मा गर्नु उपयुक्त हुन्छ । बीचमा रकम आवश्यक परेमा यस्तो खातामा जम्मा गरेको रकमको प्रमाणपत्र धितो राखी सहकारीहरुबाट कर्जा निकाल्न त मिल्छ । तर यसका लागि पनि रकम झिक्न केही समय लाग्ने हुन्छ । यसप्रकार ऋण लिँदा आफूले मुद्दती निक्षेपमा पाउने ब्याज दरभन्दा केही प्रतिशत वढी ब्याज सहकारीलाई तिर्नुपर्ने हुन्छ । #नेशनलएग्रोसहकारीबैंकपरिवार

Address

Laxminiya GauPalika
Janakpur
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when नेशनल एग्रो बैंक लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share