27/04/2026
॥ स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न ॥
मेची नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इलामद्वारा आयोजित १ दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रममा
डॉ. युधिर थापा (MBBS, MS)
सुशमा धिमाल (ANM)
सहित १० जना स्वास्थ्यकर्मीहरूको सक्रिय तथा समर्पित सहभागिता रहेको थियो।
सेवा विवरण:
• OPD सेवा: ५३ जना
• VIA टेस्ट: ३९ जना
• ल्याब परीक्षण: १० जना
• Minor OT: ४ जना
• औषधि वितरण: १५ जना
यस शिविरमार्फत स्थानीय महिलाहरूलाई समयमै स्वास्थ्य जाँच, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गर्न सकिएको छ।
कार्यक्रम सफल बनाउन योगदान दिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, सहकार्य गर्ने संस्थाहरू तथा सहभागी सम्पूर्णमा हार्दिक धन्यवाद।
यस्ता जनस्वास्थ्य कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्दछौं।