Ashok Vatika Saving and Credit co-operative

Ashok Vatika Saving and Credit co-operative Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ashok Vatika Saving and Credit co-operative, Hetauda Bazar.

आधुनिक बचत तथा ऋण सहकारी संस्था लि का ब्यवस्थापक मोहन थापालाइ जन्मदिनको अनगिन्ती शुभकामना 🎂🌹🌺
26/02/2024

आधुनिक बचत तथा ऋण सहकारी संस्था लि का ब्यवस्थापक मोहन थापालाइ जन्मदिनको अनगिन्ती शुभकामना 🎂🌹🌺

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ चिसापानी स्थित आधुनिक बचत तथा ऋण सहकारी संस्थाको आज असोज १३ गते शनिबारको दिनमा १८ औं...
30/09/2023

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ चिसापानी स्थित आधुनिक बचत तथा ऋण सहकारी संस्थाको आज असोज १३ गते शनिबारको दिनमा १८ औं वार्षिक साधारण भेला सम्पन्न भए संगै नया कार्यसमिति चयन भएको छ ।
संस्थाका तदर्थ समिति अध्यक्ष कृष्णप्रसाद सापकोटाको सभाध्यक्षता, हेटौंडा उपमहानगरपालिका प्रमुख मिना लामाको प्रमुख आतिथ्यता तथा १६ नं वडा अध्यक्ष रामकृष्ण कोइरालाको विशेष आतिथ्यमा कार्यक्रम भएको हो । संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले संस्थागत प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक सागरनाथ बास्तोलाले लेखा समिति प्रतिवेदन, कोषाध्यक्ष डा. बिजय नेपालले आर्थिक प्रतिबेदन, सदस्य श्रीकृष्ण आचार्यले ऋण समिति प्रतिवेदन पेश गरेका थिए।
कार्यक्रममा हेटौडा उपमहानगरपालिका १६ न . वडा सदस्यहरु, जनसहयोगि साकोस अध्यक्ष शिव प्रसाद खतिवडा, चेतनशील दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष महेश ढकाल, गरिबि निवारण सहकारी संस्थाका उपाध्यक्ष रिपु गौतम, हिमचुली सहकारीका अध्यक्ष कृष्णप्रसाद पनेरु, सहकारी प्रमुख हिम पौडेल, सल्लाहकार जय प्रकाश घिमिरे, मदन दाहाल, भरत ढकाल, राधेश्याम गजुरेल लगायतका अतिथिहरुको उपस्थितिमा भएको कार्यक्रमको संचालन सचिव बिष्णुमान श्रेष्ठले गर्नुभएको थियो।

संस्थागत दिगो विकास र उत्पादनलाइ बढावा दिनका लागि अशोकबाटिका, सहकर्मी र चिसापानी साकोस एकिकरण भएर आधुनिक बचत तथा ऋण सहकारीको निर्माण गर्न सफल भएकोमा प्रमुख अतिथि मिना लामाले संचालक, सेयर सदस्य सम्पूर्णलाइ बधाइ एवम् निरन्तर साथ सहयोग रहने कुरा ब्यक्त गर्नुभयो भने विशेष अतिथी रामकृष्ण कोइरालाले सहकारीलाइ आवश्यक पर्ने सर-सहयोग, सल्लाह एवम् नितिगत सबै काममा वडा कार्यालयबाट पुर्ण साथ सहयोग गर्ने तर संस्था निति, बिधि र प्रबिधिमा चल्नु पर्ने कुरा ब्यक्त गर्दै निर्वाचन कमिटी संयोजक मदन कुमार दाहाल, सदस्य जय प्रकाश घिमिरे, सदस्य पार्वती ढकाल सहितको ब्यापक छलफलबाट तपशिलका संचालक समितिको सर्वसम्मत चयन भएको छ।
तपशिल :
अध्यक्ष श्री कृष्ण सापकोटा
उपाध्यक्ष श्री योगनाथ दंगाल
सचिव श्री विष्णुमान श्रेष्ठ
कोषाध्यक्ष श्री डा. बिजय नेपाल
सहसचिव श्री राजन चौलागाई
सदस्य श्री लेखनाथ ढकाल
सदस्य श्री कृष्ण आचार्य
सदस्य श्री बद्री लामिछाने
सदस्य श्री यदुदेव उपाध्याय
सदस्य श्री नवराज न्यौपाने
सदस्य श्री सुमित्रा घिमिरे
सदस्य श्री निर्मला भोलन
सदस्य श्री ममता कार्की
लेखा समिति :
संयोजक श्री सागरनाथ बास्तोला
सदस्य श्री जयराम भण्डारी
सदस्य श्री ललिता दाहाल
कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ज्येष्ठ सदस्य, SEE मा उत्कृष्ट बिधार्थी सम्मान आदि विभिन्न विधामा पुरस्कृत भएका सदस्यहरुलाइ सम्मान गरियो । कार्यक्रम हेटौडा १६ स्थित रेडरोज स्कुलको प्रांगणमा सम्पन्न भएको थियो।

सम्पूर्णमा सेयर सदस्यहरुमा हार्दिक बधाई 💐🎉🙏हिजो कार्तिक ५ गते इतिहास रच्दै गरेको अवस्था।  हेटौडा वडा नंं ६,१५,१६,१७,१८ म...
23/10/2022

सम्पूर्णमा सेयर सदस्यहरुमा हार्दिक बधाई 💐🎉🙏

हिजो कार्तिक ५ गते इतिहास रच्दै गरेको अवस्था।

हेटौडा वडा नंं ६,१५,१६,१७,१८ मा सहकारी क्रियाकलाप गर्दै रहेका अशोकबाटिका साकोस, सहकर्मी साकोस र चिसापानी साकोसको एकिकृत साधारण सभा एवम एकिकरण कार्यक्रम रेडरोज इंलिस स्कुल हेटौडा १६ मा सम्पन्न ‌।
प्रमुख अतिथि जिल्ला सहकारी संघ लि. का अध्यक्ष श्री नारायण प्रसाद देवकोटा ।
सहकारीको नाम आधुनिक एकता बचत तथा ऋण सहकारी संस्था राख्ने प्रस्ताव सर्वसम्मत पारित।

कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा १५ सदस्य तदर्थ समिति गठन।

आज कार्तिक ५ गतेलाइ ऐतिहासिक दिन बनाउने तरखरमा हामि सहकारी कर्मीहरु । आज हाम्रो स्थानीय स्तरमा रहेको एकै उध्येश्य भएका अ...
22/10/2022

आज कार्तिक ५ गतेलाइ ऐतिहासिक दिन बनाउने तरखरमा हामि सहकारी कर्मीहरु ।

आज हाम्रो स्थानीय स्तरमा रहेको एकै उध्येश्य भएका अशोबाटिका साकोस, सहकर्मी साकोस एवम् चिसापानी साकोसलाइ एकिकरण गर्ने प्रस्तावना सहित एकिकृत भेला गर्दै रहेको सम्पुर्णमा जानकारी गराउदछौं।

कार्यक्रम अहिले १०:०० बजेबाट सुरु हुने पत्रचार गरिएकोमा पत्र प्राप्त नगर्नुभएकाहरुलाइ पनि यसै सुचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।

सुचना सुचना सुचना यही कार्तिक ५ गते संस्थाको १७ औ बार्षिक साधारण सभा हुन गइरहेको हुदा सम्पुर्ण सेयर सदस्यहरुमा उपस्थितिक...
18/10/2022

सुचना सुचना सुचना

यही कार्तिक ५ गते संस्थाको १७ औ बार्षिक साधारण सभा हुन गइरहेको हुदा सम्पुर्ण सेयर सदस्यहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
💐🙏

अशाेकवाटिका काे 17 अैा‌ साधारण सभाकाे सुचना
11/10/2022

अशाेकवाटिका काे 17 अैा‌ साधारण सभाकाे सुचना

२०७९ सालको बिजयादशमी, शुभ दिपावली, छठ नेपाल संवत लगायत बिभिन्न पर्वहरूको उपलक्ष्यमा हाम्रा सेयर सदस्य, सल्लाहकार, शुभ चि...
01/10/2022

२०७९ सालको बिजयादशमी, शुभ दिपावली, छठ नेपाल संवत लगायत बिभिन्न पर्वहरूको उपलक्ष्यमा हाम्रा सेयर सदस्य, सल्लाहकार, शुभ चिन्तक सम्पूर्णमा सुख, शान्ति, सम्बृद्धि एवम उत्तरोत्तर प्रगतिको लाखौं लाख शुभकामना व्यक्त गर्दछौं।
सचिव
लेखनाथ ढकाल
अशोक बाटिका बचत तथा ऋण सहकारी संस्था लि, हेटौडा १७, मकवानपुर

Address

Hetauda Bazar
977

Telephone

+97757530420

Website

Alerts

Be the first to know and let us send you an email when Ashok Vatika Saving and Credit co-operative posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share