Saptarangi Saving & Credit Co-Operative Ltd

Saptarangi Saving & Credit Co-Operative Ltd Saptarangi Saving & Credit Cooperative Ltd
Godawari 3 Lalitpur Nepal
Tel M 977-01-5560364

हामी चेलीहरुलाई यो तिज आउन लागेको समयमा माईतिघरको सम्झना किन यति धेरै आउछ होला ?   #तिज
07/08/2026

हामी चेलीहरुलाई यो तिज आउन लागेको समयमा माईतिघरको सम्झना किन यति धेरै आउछ होला ?
#तिज

14/07/2026

समयमै ऋण भुक्तानी गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।

08/07/2026

आदरणीय सदस्यज्यूहरूमा विनम्र अनुरोध 🙏
सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक खाताबन्दी नजिकिँदै गरेको हुँदा, यस आर्थिक वर्षभित्र तिर्न बुझाउनुपर्ने सावा–ब्याज सहितको किस्ता अनिवार्य रूपमा समयमै भुक्तानी गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
साथै, यस आर्थिक वर्षको नियमित बचत समेत समयमै जम्मा गरी सहकारीलाई व्यवस्थित, सबल र पारदर्शी बनाउन सहयोग गरिदिनुहुन सबै सदस्यज्यूहरूमा हार्दिक अनुरोध छ।
समयमै भुक्तानी र नियमित बचत—सुदृढ सहकारीको आधार। धन्यवाद। – सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेड

🌾 असार १५ (राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व) को हार्दिक शुभकामना! 🌾किसानका पसिना, परिश्रम र समर्पणप्रति उच्च स...
29/06/2026

🌾 असार १५ (राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व) को हार्दिक शुभकामना! 🌾
किसानका पसिना, परिश्रम र समर्पणप्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, समृद्धि, राम्रो उत्पादन र उत्तम स्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
"कृषि समृद्ध भए देश समृद्ध हुन्छ।"
– सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 🌾🙏

कुखुरा पालन कर्जा स्थगन सम्बन्धमायस सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लि. बाट सदस्य महानुभावहरूलाई प्रदान गर्दै आएको कुख...
24/06/2026

कुखुरा पालन कर्जा स्थगन सम्बन्धमा

यस सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लि. बाट सदस्य महानुभावहरूलाई प्रदान गर्दै आएको कुखुरा पालन कर्जा हाल उपत्यकामा देखिएको बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) को जोखिमलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

सदस्यहरूको लगानी तथा व्यवसायिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले उक्त निर्णय गरिएको हो। परिस्थितिमा सुधार भई संस्थाको अर्को निर्णय नभएसम्म कुखुरा पालनसम्बन्धी नयाँ कर्जा स्वीकृत गरिने छैन।

यस निर्णयबाट सदस्य महानुभावहरूमा पर्न गएको असुविधाप्रति हामी हार्दिक क्षमाप्रार्थी छौं। साथै, अन्य उत्पादनमूलक तथा व्यवसायिक कर्जासम्बन्धी आवश्यक जानकारीका लागि संस्थामा सम्पर्क गर्न अनुरोध गर्दछौं।

सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लि.
गोदावरी–३, टौखेल, ललितपुर

जागीर खुल्यो है ...--------------------सप्तरगीं बचत तथा ऋण सहकारी सस्थामा इमान्दार, लगनशिल , मेहनती कर्मचारी (बजार प्रति...
16/06/2026

जागीर खुल्यो है ...
--------------------
सप्तरगीं बचत तथा ऋण सहकारी सस्थामा इमान्दार, लगनशिल , मेहनती कर्मचारी (बजार प्रतिनिधी) १ जना को आवश्यकता रहेको छ । शैक्षिक योग्यता एस.ई.ई वा सो सरह । अन्य विस्तृत जानकारीको लागी कार्यलय समय भित्र सस्थामा सम्पर्क राख्न हुन अनुरोध गरीन्छ ।
सप्तरगीं बचत तथा ऋण सहकारी सस्था लि। गोदावरी टौखेल ललितपुर फोन नं ५५६०३६४

सप्तरंगी बाट ऋण होइन .......पैचो लिनु होस । --------------------------------------पाथी पैचो लिदा मुठ्ठी थप गरेर फिर्ता ग...
11/06/2026

सप्तरंगी बाट ऋण होइन .......पैचो लिनु होस ।
--------------------------------------
पाथी पैचो लिदा मुठ्ठी थप गरेर फिर्ता गर्ने हाम्रो परम्परा छ । पैचो लिएको भन्दा केही बढि नै फिर्ता गर्नु पर्छ भन्ने हाम्रो सस्कार छ । पैचो परापुर्वकाल देखी चल्दै आएको नेपाली प्रचलन हो । यो इमान्दारीता, नैतिकता र सहयोग को प्रतिक हो ।
पैचो लिने पैचो तिर्ने .... यो जिवन पद्यती हो ।
पैचो लिने पैचो तिर्ने ........एकले अर्कोलाई सहयोग गर्ने आधार हो ।......पैचोको विशेषता ...................
१. धितो रोक्का भएको दिनै नै पैचो हातमा पर्ने ।
२. रु.१० लाख सम्म जुन सुकै कायको लागी लिने पाईने ।
३. मासिक व्याज मात्र तिर्न पाईने ।
४. सावा भाका भित्र सकेको बेलामा तिर्न पाईने ।
५. मालपोत र लेखापढी शुल्क नलाग्ने ।
थप जानकारी को लागी
सप्तरंगी बचत तथा ऋण सहकारी सस्था लि
गोदावरी ३ लतिलपुर

28/05/2026

📢 सूचना 📢
आज २०८३ साल जेठ महिनाको १४ गते बिहीबार ईद पर्वको अवसरमा सार्वजनिक विदा रहेतापनि सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म खुल्ला रहने जानकारी सम्पूर्ण सदस्य महानुभावहरूमा विनम्र अनुरोध गरिन्छ।
सेवामा निरन्तर समर्पित,
सप्तरङ्गी परिवार 💙
फोन नम्बर : ५५६०३६४

27/05/2026

सहकारी केवल बचत र ऋणको माध्यम मात्र होइन,
यो विश्वास, जिम्मेवारी र समृद्ध भविष्यको साझा यात्रा हो।
सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
गोदावरी–३, टौखेल, ललितपुर
#सप्तरङ्गी_सहकारी

Address

Lalitpur
Godavari
977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 11:00 - 14:00
Sunday 10:00 - 17:00

Telephone

+97715560364

Website

Alerts

Be the first to know and let us send you an email when Saptarangi Saving & Credit Co-Operative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saptarangi Saving & Credit Co-Operative Ltd:

Shortcuts

Share