Riddhi Siddhi Saving and Credit Cooperative Limited

Riddhi Siddhi Saving and Credit Cooperative Limited Main aim is to upgrade the financial status of local people of Laxmipur VDC with mutual saving and c

26/04/2026
Vacancy...Application deadline: Till 2083/01/17
20/04/2026

Vacancy...
Application deadline: Till 2083/01/17

17/01/2026

सहकारीमा ५ लाख नगद सीमा कारोबारकाे नियम सम्बन्धी Frequently Asked Questions ( FAQs)

FAQ १: सहकारीमा नगद कारोबारको अधिकतम सीमा कति हो ?
👉 एकै पटक रु. ५ लाखसम्म मात्र नगद दिन वा लिन पाइन्छ ।

FAQ २: सदस्यलाई ५ लाखभन्दा बढी नगदमा ऋण दिन मिल्छ ?
👉 मिल्दैन । ५ लाखभन्दा बढी रकम ऋण प्रबाह गर्दा बैंकिङ माध्यम नै प्रयोग गर्नुपर्छ ।

FAQ ३: सदस्यले ५ लाखभन्दा बढी बचत नगद निकाल्न पाउँछ ?
👉 पाउँदैन । रकम निकाल्दा बैंकिङ माध्यम अनिवार्य हुन्छ । अर्थात बै‌ककाे एसिपेयी चेक वा सदस्यकाे बैंक खातामा रकम ट्रान्सफर गर्नुपर्छ ।

FAQ ४: खातामा पर्याप्त रकम भए पनि नगद दिन किन मिल्दैन ?
👉याे नियम खाताको मौज्दातमा होइन, नगद कारोबारको सीमामा आधारित भएकाेले ।

उदाहरण: सदस्यकाे खातामा १० लाख रुपैयाँ बचत भए पनि, एकै पटक ५ लाखभन्दा बढी नगद दिन सकिँदैन। बाँकी रकम cheque वा बैंक ट्रान्सफरमार्फत दिनुपर्छ ।

FAQ ५: सहकारीले ५ लाखभन्दा बढी रकम कसरी भुक्तानी गर्ने ?
👉 Account-payee cheque, बैंक ट्रान्सफर, ConnectIPS, RTGS जस्ता उपकरणहरु मार्फत दिनुपर्छ ।

FAQ ६: सदस्यले ६ लाख बचत फिर्ता माग गरेका के गर्ने ?
👉 ५ लाख नगद दिन सकिन्छ, बाँकी १ लाख cheque वा बैंक ट्रान्सफर बाट ।
यस्तो गर्दा नियम उल्लंघन हुँदैन । याे एउटा विकल्प मात्रै हाे । ६ लाख नै बै‌क चेक मार्फत दिनु उपयुक्त हुन्छ ।

FAQ ७: रु् ५ लाखभन्दा बढी नगद आवश्यक परेमा के गर्ने ?
👉 सामान्यतया नगद पाउन सकिँदैन ।
👉 सदस्यकाे विशेष परिस्थिति भएमा बैंकमा गएर लिखित आवेदन दिएर र बैंककाे स्वीकृति अनिवार्य हुन्छ ।

FAQ ८: यो नियम सबै सहकारीमा लागू हुन्छ ?
👉 हो । सबै बचत ऋणकाे काराेबार गर्ने सहकारीमा लागू हुन्छ ।

FAQ ९: नियम किन कडाइ गरिएको ?
👉 ठूलो नगद कारोबार घटाउन र सम्पत्ति शुद्धिकरण निवारणका लागि ।

FAQ १०: नियम नमान्दा के हुन्छ ?
👉 नगद कारोबार रोक्का, नियामकिय कारबाही वा सहकारीको जोखिम मूल्यांकनमा प्रभाव पर्छ ।

FAQ ११: ठूलो रकम दिनु परेमा के विकल्प छ ?
👉 नगदको सीमा ५ लाखसम्म मात्र ।
👉 सीमा माथिकाे लागि Account-payee cheque, बैंक ट्रान्सफर / ConnectIPS / RTGS जस्ता उपायहरु लगाउनुपर्छ ।
थप जानकारीको लागि संस्था आएर बुझ्नु होला वा ०८२-४१८००२ मा सम्पर्क गर्नु होला

01/10/2025

नेपालीहरू को महान पर्व विजया दशमी तथा शुभ दीपावलीको अवसरमा सम्पूर्ण सेयर सदस्य, शुभचिन्तक ज्यूहरू लाई हार्दिक मङ्गलमय शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना ।
ऋद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार
घोराही ४ दाङ

दशौ साधारणसभा २०८१ कार्तिक १० गते प्रस्तुत गरिएको वार्षिक प्रतिबेदन ।
30/10/2024

दशौ साधारणसभा २०८१ कार्तिक १० गते प्रस्तुत गरिएको वार्षिक प्रतिबेदन ।

This ebook is created with Visual Paradigm Online, a flipbook maker to design ebooks online. Convert PDFs to ebook or design from scratch. No download, no waiting, no learning. Open and start now.

१०औ साधारणसभा सभा २०८१
30/10/2024

१०औ साधारणसभा सभा २०८१

हार्दिक शुभकामना तथा निमन्त्रण सम्पूर्ण सदस्य ज्यूहरु
11/10/2024

हार्दिक शुभकामना तथा निमन्त्रण सम्पूर्ण सदस्य ज्यूहरु

सेयर अध्याबधिक गर्ने बारे जरुरी सुचना
20/11/2023

सेयर अध्याबधिक गर्ने बारे जरुरी सुचना

चाडपर्बको अबसरमा आफ्ना बालबच्चालाई सानो सानो बचत गर्ने बानी बसाल्न निशुल्क खुत्रुके प्रदान गरिदैछ । यस सहकारीका सदस्यले ...
27/10/2023

चाडपर्बको अबसरमा आफ्ना बालबच्चालाई सानो सानो बचत गर्ने बानी बसाल्न निशुल्क खुत्रुके प्रदान गरिदैछ । यस सहकारीका सदस्यले कार्यालय सम्पर्क गर्नुहुन अनुरोध छ ।

Address

Ghorahi

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 05:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 17:00

Telephone

+97782418002

Website

Alerts

Be the first to know and let us send you an email when Riddhi Siddhi Saving and Credit Cooperative Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Riddhi Siddhi Saving and Credit Cooperative Limited:

Share