श्री चैकोट आधारभूत विद्यालय

  • Home
  • Nepal
  • Doti
  • श्री चैकोट आधारभूत विद्यालय
Call Directions Website

श्री चैकोट आधारभूत विद्यालय Get info on all School Activities, Programmes, Advertisement, New Plans, Meeting Schedule, Educational Reform plans, Exam Schedule.

हार्दिक धन्यवाद तथा आभार 🙏श्री चैकोट आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूले रसुवा बाढीपहिरो पीडितहरूको राह...
15/09/2026

हार्दिक धन्यवाद तथा आभार 🙏

श्री चैकोट आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूले रसुवा बाढीपहिरो पीडितहरूको राहत तथा सहयोगका लागि धेरै ठूलो रकम नभए पनि आफ्नो क्षमता र इच्छाअनुसार गरेको सानो–सानो सहयोगप्रति विद्यालय परिवार हृदयदेखि नै हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।

विपद्को यस कठिन घडीमा विद्यार्थीहरूमा मानवीय भावना, सहयोग र सामाजिक उत्तरदायित्वको भावना विकास गराउँदै यस पुण्य कार्यमा उनीहरूलाई प्रोत्साहित गर्नुहुने तथा सहकार्य गर्नुहुने सम्पूर्ण आदरणीय शिक्षक–गुरुहरूप्रति पनि विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ।

10/08/2026

#हाम्रो_विद्यालय_हाम्रो_जिम्मेवारी!

श्री चैकोट आधारभूत विद्यालयको संरक्षण, विकास, व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय परिवारसँगै सम्पूर्ण अभिभावक, बुद्धिजीवी, शिक्षक, युवा तथा सरोकारवाला नागरिकहरूको सहभागिता आवश्यक छ।

त्यसैले अब विद्यालयसँग सम्बन्धित तपाईंका सल्लाह, सुझाव, गुनासा वा सुधारका नयाँ विचारहरू हामीलाई Online Google Form मार्फत पठाउन सक्नुहुनेछ।

तपाईं जहाँ हुनुहुन्छ, त्यहीँबाट आफ्नो कुरा राख्नुहोस्।
तपाईंको सुझाव हाम्रो लागि महत्वपूर्ण छ। 🙏

हामी तपाईंहरूको कुरा सुन्नेछौँ, अध्ययन गर्नेछौँ र आवश्यक पहल गर्नेछौँ।
विद्यालयलाई अझ राम्रो र गुणस्तरीय बनाउन तपाईं–हाम्रो सहकार्य अपरिहार्य छ।

🔗 आफ्नो सुझाव/गुनासो पठाउन: https://forms.gle/4rsbr1kYCayD9Ghf9

07/08/2026

आज हाम्रो विद्यालयमा शुक्रबारीय कार्यक्रम अन्तर्गत सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक उपस्थितिमा सफलतापूर्वक सम्पन्न भयो।

करिब डेढ घण्टासम्म सञ्चालन भएको यस प्रतियोगितामा विद्यार्थीहरूले तोकिएको समयभित्र अंग्रेजी शब्दको नेपाली अर्थ तथा सम्बन्धित शब्दहरू सही रूपमा प्रस्तुत गर्दै आफ्नो भाषा ज्ञान, स्मरणशक्ति र आत्मविश्वासको उत्कृष्ट प्रदर्शन गरेका थिए।

छोटो अवधिमै विद्यार्थीहरूमा देखिएको उल्लेखनीय प्रगति, सिकाइप्रतिको उत्साह र सक्रिय सहभागिताले हामी सम्पूर्ण विद्यालय परिवारलाई गर्वान्वित बनाएको छ।

आगामी दिनहरूमा पनि यस्ता सिर्जनात्मक (Creative) प्रतियोगिताहरू, पाठ्यक्रममा आधारित (Curriculum-based) क्विज तथा अन्य शैक्षिक गतिविधिहरूलाई निरन्तर सञ्चालन गर्दै विद्यार्थीहरूको ज्ञान, सीप र क्षमताको विकासमा जोड दिने हाम्रो प्रतिबद्धता रहेको छ।

सम्पूर्ण सहभागी विद्यार्थीहरू, शिक्षकहरू तथा सहयोगी सबैप्रति हार्दिक धन्यवाद।

सम्पूर्ण अभिभावक ज्यू हरुले 18 गते बाट नियमित   स्कूल पठाइदिन हुन् हार्दिक अपिल 🙏🙏
01/08/2026

सम्पूर्ण अभिभावक ज्यू हरुले 18 गते बाट नियमित स्कूल पठाइदिन हुन् हार्दिक अपिल 🙏🙏

   #सूचना
16/07/2026

#सूचना

14/07/2026

Project Proposal Submitted to the Embassy of India for Support in the Construction of a New School Building, Boundary Fe...
13/07/2026

Project Proposal Submitted to the Embassy of India for Support in the Construction of a New School Building, Boundary Fence, and Other Essential Educational and Physical Infrastructure at Shree Chaikot Basic School

03/07/2026

आज शुक्रबार श्री चैकोट आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागितामा विभिन्न खेलकुद तथा सिर्जनात्मक प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गरियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप पुरस्कारसमेत वितरण गरिएको छ।

आज सञ्चालन गरिएका प्रतियोगिताहरू:

- १०० मिटर दौड
- ५० मिटर चम्चा दौड
- हिसाब दौड
- हाई जम्प (High Jump)
- लङ जम्प (Long Jump)
- सुई–धागो प्रतियोगिता

यस्ता अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासका साथै अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास विद्यालयले लिएको छ।

सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सबैप्रति विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ।

30/06/2026

✍️कक्षाकोठा व्यवस्थापनको मुख्य उ‌द्देश्य के हो?
A) कक्षाकोठालाई शान्त रानु
B) विद्यार्थीहरूलाई भौतिक रूपमा सजावट गर्नु
C) सिकाई अनुकूल र बालमैत्री वातावरण सिर्जना गर्नु
D) फर्निचरको उचित व्यवस्थापन गर्नु

Address

पूर्वीचौकी गाउँपालिका 3 गैरागाउँ डोटी
Doti
400092

Opening Hours

Monday 06:00 - 12:15
Tuesday 06:00 - 12:12

Telephone

+919136845637

Alerts

Be the first to know and let us send you an email when श्री चैकोट आधारभूत विद्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share