Agency : Jyoti life Insurance

Agency : Jyoti life Insurance Get insured yourself. Agency SUBASH MOKTAN

08/02/2023
22/12/2022

जीवन बीमाको इतिहासमा पहिलो सफल मर्जर, दोस्रो ठुलो बीमा कम्पनी हुँदा सम्पुर्ण सूचकमा अब्बल

इन्स्योरेन्स खबर
प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार ०७:२२

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपालकै इतिहासमा पहिलो सफल मर्जरको इतिहास बनाएका छन् । गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले आज पुस ८ गते सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका हुन् ।

मर्जरका क्रममा देखिएका सम्पुर्ण कठिनाइलाई एक पछि अर्को गर्दै आपसी सहमतिमा टुङ्ग्याइएको साविक सूर्यालाइफका सिइओ पवन कुमार खड्काले बताए । मर्जरका क्रममा खड्का सूर्यज्योति लाइफको नायव प्रमुख कार्यकारी अधिकृत भएका छन् । मर्जर सँगै सूर्यज्योति दोस्रो ठुलो कम्पनी बनेको खण्ड्काले बताए । उनले भने ‘हामी हरेक सूचकमा अब्बल देखिएका छौ । भोलिका दिनमा यो भन्दा माथि पुग्नेगरी काम गर्यो योजना बनाएका छौ ।’

NLIC
यो मर्जर कानुनी रुपमा सूर्या लाइफले ज्योति लाइफलाई प्राप्ति गरेको हुँदा सम्पुर्ण विवरणहरु सूर्या लाइफकै कायम रहनेछ । सोहि अनुसार कम्पनीको केन्द्रिय कार्यालय विराटनगरमै हुनेछ । विराटनगरमा केन्द्रिय कार्यालय रहे पनि केन्द्रिय कार्यालयको काम कारबाही भने साविक सूर्या र ज्योतिकै हेड अफिसबाटै सञ्चालन हुनेछ । त्यस्तै कम्पनी रजिष्ट्रारको दर्ता नम्बर, प्राधिकरणबाट जीवन बीमा व्यवसायको शुभारम्भ मिति, वार्षिकोत्सवको मिति सबै सूर्याकै कायम रहनेछ ।

आजदेखि सूर्यज्योति लाइफको प्रमुख कार्यकारी अधिकृत साविक ज्योति लाइफका सिइओ प्रकाश विक्रम खत्री रहेका छन् । त्यस्तै सञ्चालक समितिको अध्यक्षमा भने साविक सूर्या लाइफका केशव प्रसाद भट्टराई भएका छन् ।

चुक्ता पूँजी

मर्जर पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । साविक सूर्याको चुकता पूँजी २ अर्ब ५५ करोड थियो भने ज्योतिको २ अर्ब ४२ करोड थियो । स्वाप रेसियो १०० बराबर ८२.४५ अनुसार ज्योति लाइफको चुक्ता पूँजी एक अर्ब ९९ करोड कायम हुँदा मर्जर पछि कुल चुक्ता पूँजी २ अर्ब ४२ करोड पुगेको हो । स्वाप रेसियोबाट आर्जन भएको ४२ करोड ४७ लाख रुपैयाँ कम्पनीको जगेडा कोषमा जम्मा भएको छ । खड्काका अनुसार मर्जर पछि कम्पनीको जगेडा कोषमा २ अर्ब भन्दा माथिको रकम हुनेछ । यस सँगै नेपाल बीमा प्राधिकरणले तय गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन सजिलै सक्नेछ ।

लगानी

मर्जर सँगै लगानीको दायरा पनि फराकिलो भएको छ । मर्जर पछि कुल लगानी २८ अर्ब नाघेको छ । जसमा साविक ज्योतिको १० अर्ब र सूर्याको १८ अर्ब भन्दा माथि छ । यो पहिलो त्रैमाशिक वित्तीय विवरणका आधारमा तयार पारिएको हो ।

जीवन बीमा कोष

सूर्यज्योति लाइफको जीवन बीमा कोष २२ अर्ब नाघेको छ । साविक सूर्या लाइफको जीवन बीमा कोष १४ अर्ब भन्दा माथि रहेको छ भने ज्योति लाइफको ७ अर्ब भन्दा माथि रहेको छ । महा विपत्ती कोषमा पनि सूर्याको १८ करोड रहेको छ भने ज्योतिको १४ करोड छ ।

कर्मचारी संख्या

मर्जर पछि कम्पनीमा ६७५ जना कर्मचारी छन् । साविक सूर्यामा ३९३ जना र ज्योतिमा ३८५ जना दिए । दुबैले मर्जर अगाडी स्वेच्छिक अवकासको योजना ल्याउदा ८० जना भन्दा धेरैले यो सुविधा लिएर बाहिरिएका छन् । अझै पनि कम्पनीमा कर्मचारीको संख्या बढि भएको मूल्याङ्कन गरिएको छ ।

पोलिसी संख्या

सूर्यज्योति लाइफमा कुल जारी बीमालेखको संख्या १३ लाख भन्दा माथि छ । यदि सावधिक जीवन बीमा पोलिसी हेर्यो भने चाँही दुईको गरेर चार लाख जति पोलिसी रहने कम्पनीले जनाएको छ । सावधिक आवधिक लगायतका पोलिसीलाई गणना गर्दा दुबैको १३ लाख भन्दा माथि देखिएको हो । जसमा सूर्याको ११ लाख ८० हजार वटा पोलिसी छ ।

अभिकर्ता संख्या

सूर्यज्योति लाइफको अभिकर्ता संख्या ७५ हजार माथि हुनेछन् । साविक सूर्यामा अभिकर्ता संख्या ५१ हजार रहेका छन् भने ज्योतिको २४ हजार अभिकर्ता छन् ।

शाखा कार्यालय

मर्जर पछि कुल शाख कार्यालय १८१ वटा कायम गरिएको छ । साविक सूर्याको शाखा १४९ थियो भने ज्योतिको १३० वटा थियो । एकै स्थानमा रहेका शाखालाई मर्ज गर्ने क्रममा ९८ वटा शाखा विलय भएका छन् । कम्पनीले अहिले विलय भएका शाखालाई अन्य उपयुक्त स्थानमा स्थानान्तरण गर्ने योजना बनाएको छ ।

बीमा शुल्क आर्जन

दुई वटा कम्पनीलाई जोड्दा चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरण अनुसार कुल बीमा शुल्क आर्जन २ अर्ब २७ करोड नाघेको छ । जसमा सूर्याको १ अर्ब २६ करोड र ज्योतिको ९४ करोड ४६ लाख रुपैयाँ छ । मुनाफालाई हेर्यो भने दुबैको जोड्दा ४२ करोड माथि हुन्छ ।

11/11/2022

ज्योति लाइफले पहिलो त्रैमासमै कमायो २१ करोड मुनाफा, सात अर्बको जीवन बीमा कोष, इपिएससहित अन्य सूचांक कस्तो ?
२५ कार्तिक २०७९, शुक्रबार ०७

काठमाडौं । सूर्या लाइफसँग मर्जर जाने अन्तिम सम्झौता भइ एकीकृत कारोबारको तयारीमा रहेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा उच्च अंकले बृद्धि भएको छ । पहिलो त्रैमासमा कम्पनीको मुनाफामा १३३.२८ प्रतिशतको उच्च बृद्धि हासिल गर्न सफल भएको छ ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा जम्मा नौ करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा चालु आवको तीन महिनाको अवधीमा २१ करोड ५२ लाख ७१ हजार ७४१ रुपैयाँ आर्जन गरेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

कम्पनीले तीन महिनाको अवधीमा खुद बीमाा शुल्क आम्दानी १६ प्रतिशतले बृद्धि भई ९१ करोडड ४० लाख चार हजार ११७ रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधीमा कम्पनीले जम्मा ७९ करोड एक लाख ९३ हजारर २१ रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको खुद दावी भुक्तानी ३९.१७ प्रतिशतले बृद्धि भएको छ । गत आवको तीन महिने समीक्षा अवधीमा पाँच करोड ३६ लाख रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले चालु आवको तीन महिने अवधीमा सात करोड ४६ लाख ८१ हजार ७९५ रुपैयाँ दावी भुक्तानी गरेको छ ।

कम्पनीको जीवन बीमा कोषमा सात अर्ब चार करोड ६६ लाख ७४ हजार ५८१ रुपैयाँ संचिती गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोष गत आवको तुलनामा ५४.९५ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै जगेडा कोषमा एक अर्ब तीन करोड ७५ लाख ९१ हजार ६८६ रुपैयाँ संचिती गर्न सफल भएको छ । त्यसैगरी, महा विपत्ति कोषमा १४ करोड रुपैयाँ संचिती गरेको छ । ज्योति लाइफको कूल कोषका आकार आठ अर्ब २२ करोड ३२ लाख ८५ हजार ४९६ रुपैयाँ संचिती रहेको छ । कम्पनीको समग्र कोषको आकार ५६ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीको इपिएस ३५.३८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४८.३२ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ४७६६.०९ रुपैयाँ रहेको छ ।

बीमापोष्ट बहस
बीमापोष्ट बहस

21/10/2022

जीवन बीमाको पहिलो मर्जर सफल हुँदै, सूर्या र ज्योति लाइफले गरे अन्तिम सम्झौता इन्स्योरेन्स खबर प्रकाशित मिति : ४ का...

बिमितको घरमै पुगेर बिमा बापतको रकम भुक्तानी     ज्योति लाईफ इन्स्योरेन्स क लि चरिकोट शाखाले बिमितको परिवारलाई मृत्यु दाब...
18/10/2022

बिमितको घरमै पुगेर बिमा बापतको रकम भुक्तानी
ज्योति लाईफ इन्स्योरेन्स क लि चरिकोट शाखाले बिमितको परिवारलाई मृत्यु दाबी भुक्तानी तथा बच्चाको लागि मासिक शैक्षिक खर्च प्रदान गरेको छ।दोलखा जिल्ला मेलुङ गाउँ पालिका वडा नं-१, निवासी रमेश तामाङ लाई उक्त बिमा बापतको रकम भुक्तानी गरिएको हो।निज रमेश तामाङको श्रीमती मैना तामाङले आफू प्रस्तावक बसी ज्योति लाईफ इन्स्योरेन्स क लि मा मिति २०७७ असार ३१ गते ५००,०००/- पाँच लाख बिमांक रकमको ज्योति सुनौलो भबिस्य बाल जीवन बिमा र म्यादी जिबन बिमा योजनामा १८ बर्षको लागि बिमा गर्नुभएको थियो।बिमितले बिमा बापत २ किस्ताको ६४३८४/- रुपैयाँ भुक्तानी गर्नुभएको थियो ।प्रस्तावक मैना तामाङको मिती २०७९ श्रावण ५ गते मृत्यु भएको थियोे ।उक्त मृत्यु बापतको दाबी भुक्तानी आज एक कार्यक्रमको बीच मेलुङ गाउँ पालिका दोलखाका अध्यक्ष हिरा थोकरले स्व.मैना तामाङको श्रीमान रमेश तामाङ लाई ४६७,८०८/- र निजका कान्छो छोरा जेम्स तामाङ लाई मासिक शैक्षिक खर्च बापत रु.५०००/- का दरले २ महिनाको रू.१०,०००/- को चेक हस्तान्तरण गर्नुभयो।अबदेखि बच्चाको लागी मासिक शैक्षिक खर्च बापत प्रत्येक महिना ५०००/- का दरले १५ बर्ष सम्म ९००,०००/- नौ लाख रुपैयाँ बच्चाको बैंक खातामा जम्मा गरिदिने र बिमाको प्रत्येक बर्ष गर्नुपर्ने नवीकरण बापतको १५ बर्षको बिमाशुल्क पनि छुट दिने र बिमा समाप्ति मितिमा पाँच लाख रुपैयाँ र आर्जित बोनस बिमित जेम्स तामाङ लाई एकमुष्ट भुक्तानी गर्ने ज्योति लाईफ इन्स्योरेन्स क लि चरिकोट शाखाका प्रमुख चुडा बहादुर श्रेष्ठले बताउनुभयो ।उक्त कार्यक्रममा बोल्दै गाउँ पालिका अध्यक्ष हिरा थोकरले सम्पूर्ण नेपालीहरु बिमामा आबद्ध हुनुपर्ने र बिमा दुखको साथी र दुख पर्दा काम लाग्ने बताउदै बिमितको घरमै पुगेर समयमै दाबी भुक्तानी दिएको भन्दै कम्पनी लाई धन्यवाद ब्यक्त गर्नुभयो।ज्योति लाईफ इन्स्योरेन्स क लि २०७४ साल असोज ८ गते स्थापना भई नेपालमा पहिलोपटक सर्बाधिक ३५ घातक रोग विरुद्ध उपचार खर्च प्रदान गर्ने १ मात्र ISO प्रमाणित कम्पनी हो।कम्पनीले देशभर १३० शाखा संजालमार्फत सेवा सुबिधा दिईरहेको छ। यसअघि पनि चरिकोट शाखाले साधारण मृत्यु,दुर्घटना बापत र घातक रोग बापत ४ जना बिमित तथा आफन्तहरूलाई भुक्तानी दिसकेको छ।कार्यक्रममा मेलुङ गाउँ पालिका वडा नं-१ का वडाध्यक्ष ईश्वर कोईराला,सोही पालिकाका वडा नं-७,का वडाध्यक्ष नवराज खडका स्थानीय जनप्रतिनिधि कम्पनीका कर्मचारी सिनियर एजेन्सी मेनेजर लगाएत स्थानीयको उपस्थितिमा भएको थियोे ।

13/10/2022

५० बर्ष नाघेका डिप्रेसनबाट ग्रस्त एक जना ब्यक्तिको बारेमा उसको श्रीमतीले एकजना मनोचिकित्स सँग भेट्नको लागि अपोइन्टमेन्ट लिइन र उसँग भेट भएपछि उनले भनिन्: केही दिनदेखि मेरो श्रीमान भयंकर डिप्रेसनमा छन्। उहाँलाई ध्यान दिएर हेर्नुहोस्.. यि सबैको कारणले गर्दा म पनि मानसिक तनाबमा छु भन्ने पनि मनोचिकित्सकलाई बताइन्।

मनोचिकित्सकले काउन्सलिंङ सुरु गरे। त्यसपछि केही ब्यक्तिगत कुरा सोधे र ति ब्यक्तिको श्रीमतीलाई बाहिर ओइटिङ रुममा बस्नको लागि भने।

डिप्रेसन वाला ब्यक्तिले भन्दै गए..
धेरै टेन्सनमा छु...
समस्यै समस्याले थिचिएको छु .. जागीर को प्रेसर
छोराछोरीको राम्रो पढाइ लेखाइ र उनीहरु जागीरे कहिले होलान भन्ने टेन्सन..
घरको लोन..
कार को लोन..
केही मन लाग्दैन..
बाहिर बाट हेर्दा दुनियाँले मलाई ठूलो देख्छन्.. तर मेरो कमिलाको जति पनि हैसियत छैन, म धेरै तनावमा छु.. भन्दै उसले पुरै जिबनको किताब खोलेर राखीदिए...

तब मनोचिकित्सकले केही सोचे र भने.. तपाईंले दस कक्षा सम्म कुन स्कुलमा पढ्नुभयो?

डिप्रेसन ग्रस्त ब्यक्तिले आफुले पढेको स्कुलको नाम भने..

चिकित्सकले भने तपाईंले त्यस् स्कुलमा जानुपर्छ... त्यहाँबाट तपाईंको दस कक्षाको बिद्यार्थी साथीहरुको नामावली रजिस्ट्रर लिएर आउनुहोस..

डिप्रेसन ग्रस्त ब्यक्ति आफुले पढेको स्कुलमा गए.. रजिस्ट्रर लिएर आए. चिकित्सकले भने आफ्नो साथीहरूको नाम लेख्नुहोस र उनीहरुलाई खोज्नुहोस र उनीहरुको बर्तमान जानकारी लिएर आउने कोशिश गर्नुहोस्. सबै जानकारीलाई एउटा डाइरिमा लेख्नुहोस र एकमहिना पछि मलाई भेट्नुहोस।

कुल चार पन्ना जसमा १७० बिद्यार्थीको नाम थियो.. र महिनाभर दिन रात घुमे.. मुस्किलले आफ्नो १४० सहपाठीको बारेमा जानकारी एकत्रित गर्न सके ।

त्यति मध्यमा २० जना मरिसकेका थिए..

७ केटिसाथीहरु बिधवा र १३ जनाको सम्बन्ध विच्छेद भएको थियो.

१५ जना जडिया जुवा तास आदि उनीहरुको कुरै नगरौ.

२० जना कहाँ छन् के गर्दै छन् थाहै भएन

५ जना यति गरिब थिए कि कुरै नगरौ..

५ जना यति धनी थिए कुरै छाडौ..

केही क्यान्सर ले पीडित , केही अपांग , डायबिटिज, मुटुको रोगी , चार पाच जना एक्सिडेन्ट्मा हात खुट्टा ढाडको मेरुदण्डमा चोट को कारण ओछ्यानमा थला परेका थिए।

२ देखि ३ नजाको छोराछोरी बेकामे निस्किए.

१ जेलमा थियो...

एउटा साथी ५० बर्षको उमेरमा सेटल भएको थियो त्यसैले बिबाह गर्न चाहन्थ्यो..

जब कि एउटा साथी अझै पनि सेटल भएको थिएन तर उ दुई डिभोर्सको बाबजुद पनि तेस्रो बिबाहको खोजीमा थियो...

महिना भरिमा.. दस कक्षाको सबै रजिस्ट्रर भाग्यको ब्यथा आफै सुनाइ रहेका थिए...

चिकित्सक ले सोधे: अब भन्नुहोस् अहिले तपाईंको डिप्रेशन कस्तो छ?
. उस ब्यक्तिले बुझिसकेका थिए कि उसलाई केही बिमारले छोएको छैन... उ भोकै मर्न लागेको थिएन, दिमाग एकदम सहि छ, उसको श्रीमती छोराछोरी एकदम राम्रो छन्. स्वास्थ्य छन् , उ पनि स्वास्थ्य छ, अस्पताल डाक्टर लाई झेल्नुपरेको छैन औसधि खानु परेको छैन...

उसले महसुस गर्‍यो कि संसारमा साच्चै नै धेरै दु:ख छ.. र म धेरै खुशी र भाग्यशाली छु..।

साथीहरू...
केही हाँसेर बोल्दिने गर्नुहोस्....
केही हाँसेर टारिदिने गर्नुहोस्....
मनमा चिन्ताहरु त धेरै छन्.. केही समयलाई छोड्दिनुहोस।

आफू सँग जे छ त्यसलाई कदर गर्नुहोस्
हाँस्दै रहनुहोस , खेल्दै गर्नुहोस् , खुशी रहनुहोस र जिबनमा आइपर्ने दुख देखि नडराउनुहोस ।।

********
Copied from Facebook

विजयादशमी २०७९ सालकाे सम्पुर्णमा शुभकामना ।
05/10/2022

विजयादशमी २०७९ सालकाे सम्पुर्णमा शुभकामना ।

Address

Dharan 05
Dharan

Telephone

+19842522221

Website

Alerts

Be the first to know and let us send you an email when Agency : Jyoti life Insurance posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Agency : Jyoti life Insurance:

Share