Gurans Laghubitta Bittiya Sanstha Ltd,

Gurans Laghubitta Bittiya Sanstha Ltd, “गरिवको मित्र गुराँस लघुवित्त”

!!!!!!!!!!!!!!!!!!!!!! कर्जा तथा बचतको ब्याजदर परिवर्तन सम्बन्धी सुचना !!!!!!!!!!!!!!!!मिति २०८३/०४/०१ गते देखि लागु हुन...
17/07/2026

!!!!!!!!!!!!!!!!!!!!!! कर्जा तथा बचतको ब्याजदर परिवर्तन सम्बन्धी सुचना !!!!!!!!!!!!!!!!
मिति २०८३/०४/०१ गते देखि लागु हुने................

!!!!!!!!! आ।व। २०८३।८४ को लागि सूचि दर्ता सम्बन्धी सूचना !!!!!!!!!!मिति २०८३।०३।०७ मा उद्घोष दैनिकमा प्रकाशित !!!!!!!
24/06/2026

!!!!!!!!! आ।व। २०८३।८४ को लागि सूचि दर्ता सम्बन्धी सूचना !!!!!!!!!!
मिति २०८३।०३।०७ मा उद्घोष दैनिकमा प्रकाशित !!!!!!!

गुराँस लघुवित्तद्वारा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरणमोरङ, जेठ २८ । गुराँस लघुवित्त वित्तीय संस्था लिम...
13/06/2026

गुराँस लघुवित्तद्वारा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

मोरङ, जेठ २८ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–५, पौडेलचोकस्थित श्री सहिद राम लक्ष्मण आधारभूत विद्यालयलाई विभिन्न शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।
संस्थाको इलाका कार्यालय दमक र शाखा कार्यालय हसन्दहको संयुक्त संयोजनमा आयोजित कार्यक्रममा विद्यालयलाई आवश्यक शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरिएको हो । उक्त सहयोगले विद्यार्थीहरूको शैक्षिक वातावरणमा सुधार ल्याउनुका साथै उनीहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षक, विद्यार्थी, स्थानीय बासिन्दा तथा संस्थाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन तथा स्थानीय समुदायले गुराँस लघुवित्तको यस सामाजिक योगदानप्रति आभार व्यक्त गरेका छन् ।
"समुदायको समग्र विकासमा योगदान पुर्‍याउने उद्देश्यले गुराँस लघुवित्तले वित्तीय सेवासँगै शिक्षा, स्वास्थ्य तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिन प्रतिवद्ध रहेको छ।"





संस्थागत सामाजिक उत्तरदायित्व (𝗖𝗦𝗥) अन्तर्गत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण...गुराँस लघुवित्त वित्तीय...
10/06/2026

संस्थागत सामाजिक उत्तरदायित्व (𝗖𝗦𝗥) अन्तर्गत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण...

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) लाई निरन्तरता दिँदै शिक्षा र खेलकुद क्षेत्रको प्रवर्द्धनका लागि एक विशेष सहयोग कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाको इलाका कार्यालय दुलारी र शाखा कार्यालय बुद्धचोकको संयोजनमा मिति २०८३ जेठ २७ गते बुधबारका दिन दुहबी नगरपालिका वडा नं. १०, डुम्राहा स्थित श्री बी.पी. आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न शैक्षिक तथा खेलकुद सामग्रीहरू हस्तान्तरण गरिएको छ।
विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने, बालबालिकाहरूमा खेलकुदको विकास गर्ने र विद्यालयको भौतिक पूर्वाधारमा सकारात्मक टेवा पुर्‍याउने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो। उक्त गरिमामय कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विद्यालयका शिक्षक/शिक्षिकाहरू, विद्यार्थी भाइबहिनीहरू तथा संस्थाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
ग्रामीण क्षेत्रका बालबालिकाहरूको उज्ज्वल भविष्य र चौतर्फी विकासका लागि यस्ता रचनात्मक कार्यहरूलाई आगामी दिनमा पनि निरन्तरता दिन गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड सदैव प्रतिबद्ध छ।


गुराँस लघुवित्तको “𝐒𝐦𝐚𝐫𝐭 𝐁𝐮𝐝𝐠𝐞𝐭𝐢𝐧𝐠 𝐭𝐡𝐫𝐨𝐮𝐠𝐡 𝐁𝐨𝐨𝐬𝐭𝐢𝐧𝐠 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 𝐚𝐧𝐝 𝐩𝐫𝐨𝐝𝐮𝐜𝐭𝐢𝐯𝐢𝐭𝐲” विषयक तालिम तथा कार्यशाला गोष्ठी सम्पन्न ।...
29/05/2026

गुराँस लघुवित्तको “𝐒𝐦𝐚𝐫𝐭 𝐁𝐮𝐝𝐠𝐞𝐭𝐢𝐧𝐠 𝐭𝐡𝐫𝐨𝐮𝐠𝐡 𝐁𝐨𝐨𝐬𝐭𝐢𝐧𝐠 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 𝐚𝐧𝐝 𝐩𝐫𝐨𝐝𝐮𝐜𝐭𝐢𝐯𝐢𝐭𝐲” विषयक तालिम तथा कार्यशाला गोष्ठी सम्पन्न ।

सौराहा, चितवन । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा दुई दिवसीय “Smart Budgeting through Boosting Quality and productivity” विषयक तालिम कार्यक्रम, समीक्षा तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चितवनको सौराहास्थित होटल चितवन प्याराडाइजमा २०८३ जेठ ९ र १० गते उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमको समुद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत (CEO) श्री विष्णु प्रसाद उपाध्यायज्यूले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो। उद्घाटन सत्रमा नायब प्रमुख कार्यकारी अधिकृत श्री भेष बहादुर बस्नेतज्यूले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्य तथा उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतज्यूले संयुक्त रूपमा “Smart Budgeting through Boosting Quality and productivity” विषयक तालिमको सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा चालु आर्थिक वर्ष २०८२/८३ को समीक्षा, शाखागत, इलाकागत र विभागीय प्रस्तुतीकरण गरिएको थियो। साथै, आगामी रणनीति तय गर्न खुला अन्तर्क्रिया समेत सञ्चालन गरिएको थियो।

संस्थाको सेवा प्रवाहलाई थप सुदृढ, प्रविधिमैत्री, ग्राहकमुखी र परिणाममुखी बनाउँदै आगामी कार्यदिशा र बजेट व्यवस्थापन चुस्त बनाउने विषयमा सहभागीहरूबीच गहन छलफल तथा अनुभव आदानप्रदान भएको थियो।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरू, अनुगमन अधिकृतहरूका साथै संस्थाका सम्पूर्ण शाखा कार्यालयका शाखा प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो।

धन्यवाद !

!!!!!!!!!!! वेबसाइट परिवर्तन सम्बन्धी सूचना !!!!!!!!!!!!
06/05/2026

!!!!!!!!!!! वेबसाइट परिवर्तन सम्बन्धी सूचना !!!!!!!!!!!!

धनकुटाको ऐतिहासिक तथा धार्मिक स्थल विश्रान्ति मन्दिरमा गुराँस लघुवित्तको सामाजिक सेवा.......गुराँस लघुवित्त वित्तीय संस्...
26/04/2026

धनकुटाको ऐतिहासिक तथा धार्मिक स्थल विश्रान्ति मन्दिरमा गुराँस लघुवित्तको सामाजिक सेवा.......

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोष (CSR) अन्तर्गत धनकुटा नगरपालिका वडा नं. ०९, मुलघाटस्थित विश्रान्ति मन्दिरमा आश्रित ज्येष्ठ नागरिक तथा गुरुकुलका बालबालिकाहरूको स्वास्थ्य र सुविधा अभिवृद्धिलाई मध्यनजर गर्दै मिति २०८३ बैशाख १२ गते शनिबार एक विशेष सहयोग कार्यक्रम सम्पन्न गरेको छ।
मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, ज्येष्ठ नागरिक, गुरुकुलका प्राचार्य, शिक्षक, बालबालिका तथा संस्थाका कर्मचारीहरूको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा स्वच्छ खानेपानीको सुनिश्चितताका लागि १ थान पानी शुद्धीकरण उपकरण (Water Purifier) हस्तान्तरण गरिएको थियो। साथै, स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण समेत गरिएको थियो।
संस्थाले समाजप्रतिको आफ्नो जिम्मेवारीलाई आत्मसात गर्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने विश्रान्ति मन्दिर व्यवस्थापन समिति लगायत सम्पूर्ण शुभेच्छुकहरूप्रति संस्था हार्दिक धन्यवाद व्यक्त गर्दछ।

PRe–Budget Interaction Program सम्पन्न :गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति २०८३/०१/०६ र ०७ गते Aqua Birds Eco...
23/04/2026

PRe–Budget Interaction Program सम्पन्न :
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति २०८३/०१/०६ र ०७ गते Aqua Birds Eco Resort कोशीटप्पु सुनसरीमा आर्थिक वर्ष २०८३/८४ को लागि दुईदिने PRe–Budget Interaction Program सम्पन्न गरेको छ । उक्त कार्यक्रममा संचालक समिति र उच्च व्यवस्थापन बीच आगामी वर्षकोे रणनीतिक कार्यदिशा तथा बजेटका प्राथमिकता सम्बन्धमा छलफल भई मार्गचित्र तयार भएको छ ।

!!!!!!!!!!!!!!!!!!!!!! कर्जा तथा बचतको ब्याजदर परिवर्तन सम्बन्धी सुचना !!!!!!!!!!!!!!!!मिति २०८३/०१/०१ गते देखि लागु हुन...
16/04/2026

!!!!!!!!!!!!!!!!!!!!!! कर्जा तथा बचतको ब्याजदर परिवर्तन सम्बन्धी सुचना !!!!!!!!!!!!!!!!
मिति २०८३/०१/०१ गते देखि लागु हुने................

“ यस नयाँ वर्षमा तपाईंहरुको जीवनमा सुख, शान्ति, र समृद्धि बढ्दै जावोस । नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना !"
13/04/2026

“ यस नयाँ वर्षमा तपाईंहरुको जीवनमा सुख, शान्ति, र समृद्धि बढ्दै जावोस । नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना !"

Address

Dhankuta 7
Dhankuta
00977

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 07:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

+97726521746

Alerts

Be the first to know and let us send you an email when Gurans Laghubitta Bittiya Sanstha Ltd, posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gurans Laghubitta Bittiya Sanstha Ltd,:

Shortcuts

Share