23/08/2026
नवजीवन सहकारी संस्था लिमिटेडको वार्षिक कार्ययोजना तथा सञ्चालक समितिको निर्णय बमोजिम विभिन्न उपसमितिहरूलाई पूर्णता प्रदान गरिएको छ। उक्त उपसमितिहरूमा संस्थाका साधारण सेयर सदस्यहरूबाट मनोनित सदस्यज्यूहरूसँगको परिचयात्मक कार्यक्रम आज मिति २०८३ साल भदौ ७ गते संस्थाका अध्यक्ष श्री गोपालराज पाठकज्यूको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा संस्थाका उपाध्यक्ष, सञ्चालक समिति सदस्यहरू, लेखा सुपरिवेक्षण समितिका सदस्यहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।