30/04/2026
सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ सम्माननीय राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै सहकारी ऐन, २०७४ मा संशोधन भएको छ । समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रिय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ (वैशाख १० मा राजपत्रमा प्रकाशित) जारी भएसँगै अब सहकारीको ऋण तिर्न आलटाल गर्ने ऋणी सदस्यहरुको धारा ,पानी बिजुली लगायतका आधारभूत सुविधाबाटै बन्चित गर्ने सरकारको तयारी छ । कृपया सबैले समयमै आफ्नो ऋण समयमै भुक्तानी गरी राज्यका तर्फबाट प्रदान गरिने आधारभुत सेवा बञ्चितीबाट बचौं ।