18/01/2021
सहकारी संघ दाेलखाले सहकारी संघ/संस्थाहरुको प्रोफाईल डायरी तयार पर्ने
दाेलखा; जिल्ला सहकारी संघ, दोलखाले जिल्लामा रहेका सहकारी संघ/संस्थाहरुको प्रोफाईल डायरी तयार पर्ने भएको छ ।संघको १५ औं साधारण सभा बाट यो कार्यक्रम पारित गरी सञ्चालनमा ल्याएको हो । दोलखा जिल्लामा ५ सय २३ सहकारी/संस्था रहेका छन् एकीकरण अघि भने एकीकरण पछि ५०२ रहका छन । जसमध्ये जिल्ला संघमा ४ सय ३३ सहकारीको आवद्धता रहेको छ ।सहकारीले गरेको काम, कुल सदस्य, कुल बचत, कुल शेयर पूँजी, कर्जा लगानी, संघ/संस्थाहरुको कार्य क्षेत्र, विभिन्न कोषहरु, कर्मचारीहरुको संख्या, आवद्धता, उद्देश्यको आदिको बारेमा समेटेर प्रकाशन गर्ने लागेको हाे । संघमा आद्घता नभएका संस्थाहरुलाई आद्घता गराउन र संस्थाहरु कुन अवस्थामा छन् भन्ने जानकारी पाउन सहज हुने उहाँले बताउनु भयो ।जिल्लाको सहकारी संघ/संस्थाहरुको यर्थात विवरण उपलब्ध हुनुका साथै जिल्लाका सहकारीका बारेमा सबैले थाहा पाउने छन ।यस कार्यका लागि आवश्य गृहकार्य पनि सुरु भएको र उक्त प्रोफाईल डायरी राष्ट्रिय सहकारी दिवस (चैत २० गते) एक कार्यक्रमका बीच विमोचन गरिने छ ।