Prayas Saving & Credit Co-operative Ltd

Prayas Saving & Credit Co-operative Ltd हाम्रो निरन्तर प्रयास सुनौलो भविष्यको आभास

कोटेशन आह्वान सम्बन्धी सूचना ।
11/08/2026

कोटेशन आह्वान सम्बन्धी सूचना ।

सिसीटिभी क्यामेरा जडान कार्यको लागि कोटेशन आह्वान सम्बन्धी सूचना ।
11/08/2026

सिसीटिभी क्यामेरा जडान कार्यको लागि कोटेशन आह्वान सम्बन्धी सूचना ।

खीर खाने दिनको शुभकामना।
31/07/2026

खीर खाने दिनको शुभकामना।

28/07/2026
हरिशयनी एकादशी तथा तुलसी रोप्ने दिनको शुभकामना ।
25/07/2026

हरिशयनी एकादशी तथा तुलसी रोप्ने दिनको शुभकामना ।

२०८३ असार मसान्तसम्मको वित्तीय विवरण (अपरिष्कृत)https://prayascoop.com.np/5394/
24/07/2026

२०८३ असार मसान्तसम्मको वित्तीय विवरण (अपरिष्कृत)
https://prayascoop.com.np/5394/

"पासबुकको झन्झटलाई छोडौ डिजिटल सेवा रोजौ "📱 PRAYAS SMART  Mbank (app)आदरणीय शेयर सदस्यज्यूहरु,प्रयास बचत तथा ऋण सहकारी स...
24/07/2026

"पासबुकको झन्झटलाई छोडौ डिजिटल सेवा रोजौ "
📱 PRAYAS SMART Mbank (app)
आदरणीय शेयर सदस्यज्यूहरु,
प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरूको वित्तीय कारोबारलाई अझ छिटो छरितो, सुरक्षित र सहज बनाउन **"Prayas Smart mbank"** मोबाइल बैंकिङ सेवा सञ्चालनमा छ। घरमै बसेर आफ्नो खातासम्बन्धी विभिन्न सेवाहरू उपयोग गर्न आजै मोबाइल एप डाउनलोड गरी दर्ता (Register) गर्नुहोस्।
———————————————-
📥 डाउनलोड लिंक
🤖 Android
https://play.google.com/store/apps/details?id=banking.icloudservices.prayas&pcampaignid=web_share
🍎 iPhone (iOS)
https://apps.apple.com/np/app/prayas-smart-mbank/id6763519678
✨ प्रमुख सुविधाहरू
💰 खाताको मौज्दात (Balance) हेर्न सकिने
📄 खाताको स्टेटमेन्ट तथा कारोबार विवरण हेर्न सकिने
🔄 आफ्नै तथा अन्य बैंक खातामा रकम स्थानान्तरण गर्न सकिने
📱 QR Scan गरी सहज भुक्तानी गर्न सकिने
📲 मोबाइल रिचार्ज तथा विभिन्न Utility Bill भुक्तानी गर्न सकिने
💳 eSewa, Khalti, IME Pay लगायतका Wallet मा रकम लोड गर्न सकिने
🔐 Fingerprint/Biometric मार्फत सुरक्षित Login
🔔 Real-time Transaction Notification प्राप्त हुने

प्रयास सहकारीको १९औँ स्थापना दिवसका अवसरमा रुपन्देही नेत्रहीन संघलाई खाद्यान्न वितरण‘हाम्रो निरन्तर प्रयास : सुनौलो भविष...
16/07/2026

प्रयास सहकारीको १९औँ स्थापना दिवसका अवसरमा रुपन्देही नेत्रहीन संघलाई खाद्यान्न वितरण
‘हाम्रो निरन्तर प्रयास : सुनौलो भविष्यको आभास’ भन्ने मूल नाराका साथ श्री प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले आफ्नो १९औँ स्थापना दिवस का अवसरमा बुटवल–१२, तामनगरस्थित रुपन्देही नेत्रहीन संघ मा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाको मध्यकालीन रणनीतिक योजनाअन्तर्गत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेत्रहीन संघलाई आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भीमबहादुर थापा ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार सूर्यबहादुर राना को उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल नेत्रहीन संघ केन्द्रीय कार्यालय, काठमाडौंका सचिव शिला घिमिरे विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी नेपाल नेत्रहीन संघ लुम्बिनी प्रदेशका महासचिव कृष्णबहादुर जिसी तथा रुपन्देही नेत्रहीन संघका अध्यक्ष उमबहादुर सिंह लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष भीमबहादुर थापा ले सहकारी संस्था केवल बचत तथा ऋण कारोबारमा सीमित नभई समाजप्रतिको उत्तरदायित्व पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले स्थापना दिवसलाई औपचारिक समारोहभन्दा सामाजिक सेवामूलक कार्यसँग जोडेर मनाउनु संस्थाको उद्देश्य रहेको उल्लेख गर्दै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा विपन्न समुदायको हितमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संस्थाको महिला विकास उपसमिति की संयोजक सुनिता गिरी को संयोजकत्वमा सम्पन्न कार्यक्रममा संस्थाले नेत्रहीन संघका लागि चामल, दाल, तेल, नुनलगायत आवश्यक खाद्यान्न सामग्री वितरण गरेको थियो।

उक्त कायाक्रममा संस्थाका सञ्चालक समिति, सल्लाहकार समिति, लेखा समिति, विभिन्न उपसमितिहरू र कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।
समाचार :https://prayascoop.com.np/5387/
फोटोफिचर :https://prayascoop.com.np/5368/

Address

Butwal-12, Rupandehi
Butwal

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Telephone

+97771450030

Alerts

Be the first to know and let us send you an email when Prayas Saving & Credit Co-operative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prayas Saving & Credit Co-operative Ltd:

Shortcuts

Share