Rani Clearing Service - Nepal

Rani Clearing Service - Nepal Customs agent of Nepal for customs clearing service in import/export business.

05/07/2024

भन्सार जाँचपास सेवा ...
तपाइ बैदेशिक व्यापार गर्दै हुनुहुन्छ वा गर्न खोज्दै हुनुहुन्छ भने हामीलाई सम्झनु होला।
हामी बैदेशिक व्यापारसँग सम्बन्धित सम्पुर्ण सेवा तथा परामर्श उपलब्ध गराउदछौँ।
सम्पर्कः 9705371225
वा म्यासेज गर्नु होला।

।। EXIM कोड ।।बिदेशबाट नेपालमा दश हजार रुपैंयाभन्दा बढिको मालबस्तु आयात गर्न वा नेपालबाट बिदेशमा दश लाख रुपैंयाभन्दा बढि...
11/12/2022

।। EXIM कोड ।।
बिदेशबाट नेपालमा दश हजार रुपैंयाभन्दा बढिको मालबस्तु आयात गर्न वा नेपालबाट बिदेशमा दश लाख रुपैंयाभन्दा बढिको मालबस्तु निकासि गर्न अनिवार्य रुपमा निकासि पैठारी संकेत नम्बर लिनु पर्छ, जसलाई छोटकरिमा EXIM Code भनिन्छ । EXIM Code नै निकासि पैठारी गर्ने License हो ।

EXIM Code भन्सार विभाग अथवा भन्सार कार्यलयबाट प्रदान गरिन्छ । EXIM Code निकाल्न ३ लाख को बैंक ग्यारेन्टि आवस्यक पर्छ भने EXIM Code निकाल्न कुनै शुल्क नलागे पनि प्रत्येक बर्ष नविकरण गराउदा रु एक हजार दस्तुर लाग्छ । दर्ता र नविकरण दुबै भन्सार बिभागको बेवसाइट www.customs.gov.np मा अनलाइन गर्न सकिन्छ ।

यात्रुले आफ्नो साथमा ल्याउने वा लान पाउने बस्तुको लागि EXIM Code आवस्य पर्दैन ।

(भन्सार सम्बन्धि जानकारीको लागि यो पेज Like गर्नु होला)😄😁😆

|| Department of Customs, Nepal || Department of Customs, Customs of Nepal, Ministry of Finance Customs Department, Customs Department, Nepal Customs

14/11/2022

बिदेशबाट फर्केका नेपाली यात्रुले देहाय बमोजिम सुन ल्याउन पाउने ब्यवस्था नेपाल सरकारले गरेको छः

१) सुनको गहनाः ५० ग्राम सम्म निशुल्क, ५०-१५० ग्रामसम्म प्रति १० ग्राम रु १०,५००।०० र १५०-२५० ग्रामसम्म प्रति १० ग्राम रु १२,०००।०० का दरले भन्सार महसुल लाग्ने छ ।
२) सुनः ५० ग्राम सम्म प्रति १० ग्राम रु ९,५००।०० र ५०-१०० ग्रामसम्म प्रति १० ग्राम रु १०,५००।०० का दरले भन्सार महसुल लाग्ने छ ।

सुन वा सुनको गहना माथि उल्लेखित परिमाण भन्दा बढी ल्याएमा बढी ल्याएको परिमाण भन्सारले जफत गर्नेछ ।

13/11/2022

भन्सार एजेन्टको रुपमा कार्य गर्नको लागि रानी क्लियरिङ सर्भिस नामक संस्था दर्ता गरेको छु । हाललाई रानी भन्सार बिराटनगरबाट भन्सार जाँचपासको सेवा उपलब्ध गराउने छु ।
यो पेजमा बैदिशिक ब्यापार सम्बन्धि जानकारि मुलक सुचनाहरु पोष्ट गर्नेछु ।
--Admin: Riwaj Rokka, Customs Agent No. 520

Address

ICP Biratnagar
Biratnagar

Telephone

+9779705371225

Website

Alerts

Be the first to know and let us send you an email when Rani Clearing Service - Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rani Clearing Service - Nepal:

Share

Category