Amana Sahakari

Amana Sahakari co operative

यस अमना  बहुउद्देशीय सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरू लक्ष्मी मगर र शान्ता कुमारी थापा मगर को सासुआमा श्री गंगामाया...
26/08/2026

यस अमना बहुउद्देशीय सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरू लक्ष्मी मगर र शान्ता कुमारी थापा मगर को सासुआमा श्री गंगामाया मगर को मिति २०८३ साल भाद्र ४ गते स्वर्गारोहण हुनुभएको मा यस संस्था हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ।

15/08/2026
सञ्चालक समिति उपसमितिहरू कर्मचारी क्षमता अभिवृद्धि तालिम कार्यक्रम हुँदै
15/08/2026

सञ्चालक समिति उपसमितिहरू कर्मचारी क्षमता अभिवृद्धि तालिम कार्यक्रम हुँदै

07/08/2026

संरक्षित पूँजी फिर्ताकोष वितरण गर्ने सम्बन्धी सूचना।।।

07/08/2026

आजको डिजिटल युगमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, क्यूआर कोड भुक्तानी, वालेट जस्ता सेवाहरू हामीले दैनिक जसो प्रयोग गर्दै आएका छौँ । कारोबार खाता, साधन, इन्टरनेटको पहुँचसँगै मोबाइल एप्लिकेसन वा इन्टरनेट ब्राउजरको माध्यमबाट जहाँबाट पनि, जुनसुकै समयमा, खाता भएका जो कोहीसँग, तुरून्तै कारोबार गर्न सकिन्छ । सहजता, गति, न्यून लागत, सुरक्षित तथ्याङ्क, इ-कमर्स र सरकारी कारोबारमा बढ्दो प्रयोगसँगै यसका प्रयोगकर्ता बढेका छन् । यस्ता प्रविधिमा username, password, PIN र OTP धारकले नै डिजिटल वित्तीय अनुशासन पालना गरेर यसको सुरक्षा गरौँ ।

डिजिटल वित्तीय अनुशासनका मुख्य उपायहरू:
बलियो पासवर्ड: के गर्ने ? अक्षर, अङ्क र चिह्न प्रयोग गर्ने | के नगर्ने ? सजिला, आफ्नो वा परिवारको सदस्यको नाम ।
बलियो पिन: के नगर्ने ? मोबाइल नम्बर, जन्म मिति जस्ता अरूले सजिलै अनुमान गर्न सकिने ।
फरक पासवर्ड: Email, Messenger जस्ता गैर-बैंकिङ खाताभन्दा बैंकिङ खाताको पासवर्ड फरक राख्ने ।
मल्टी फ्याक्टर अथेन्टीकेसन (पासवर्ड, पिन, OTP) को प्रयोग सबै खातामा गर्ने: बैंक खाता, मोबाइल बैंकिङ, वालेट खाता, कम्प्युटर, मोबाइल, इमेल, सामाजिक सञ्जाल, मेसेन्जर ।
आधिकारिक वेबसाइट र एप्लिकेसन मात्र प्रयोग गर्ने, चिन्ने, ब्राउजरमा वित्तीय सूचना सेभ नगर्ने ।
समय समयमा पासवर्ड परिवर्तन गर्ने ।
अनधिकृत एप्लिकेसन डाउनलोड, इन्स्टल नगर्ने र Access permission नदिने ।
अपरिचित व्यक्तिसँग स्क्रिन सेयरिङ नगर्ने, स्क्रिन सेयर गरेर वित्तीय कारोबार गर्दै नगर्ने ।
सुरक्षित वाईफाईमा मात्र वित्तीय कारोबार गर्ने र Keystroke capture, screen capture बाट जोगिने ।
बायोमेट्रिक अथेन्टीकेसन (Thumb, Face Pin) प्रयोग गर्ने ।

पासवर्ड कसरी चोरिन्छ ?
सजिलै अनुमान गर्न सकिने, आफ्नो, परिवारको नाम (Guessing) ।
नक्कली वेबसाइट र एपमा पासवर्ड हाल्न लगाउने, झुक्याएर लाने (Harvesting) ।
इन्क्रिप्ट गरिएका सुरक्षित पासवर्डहरू क्र्याक गरी वास्तविक पासवर्ड प्राप्त गर्ने प्रयास (Cracking) ।
अन्य खाताको पासवर्ड बैंकिङ वा वित्तीय खातामा प्रयोग गर्ने (Spraying) ।
अन्य उपकरणमा प्रयोग गरिएको पासवर्ड अर्को उपकरण वा खातामा पनि प्रयोग गर्ने (Stuffing) ।

डिजिटल साक्षरता अपनाऔँ, डिजिटल अनुशासन पालना गरौँ ।

नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा
अनलाइन पोर्टल: www.gunaso.nrb.org.np
वित्तीय ग्राहक संरक्षण इकाइ
सम्पर्क नं.: ०१-५७१९६०५

यस संस्थाको सेयर सदस्य श्री धनबहादुर धिमाल ज्यु को पत्नी श्री मुना धिमाल को मिति २०८३ साल श्रावण ०९ गते स्वर्गारोहण हुनु...
28/07/2026

यस संस्थाको सेयर सदस्य श्री धनबहादुर धिमाल ज्यु को पत्नी श्री मुना धिमाल को मिति २०८३ साल श्रावण ०९ गते स्वर्गारोहण हुनुभएको ले यस अमना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ।

17/07/2026

आज मिति २०८३ साल श्रावण १ गते यस संस्थाको वार्षिक खाताबन्दी समाप्त भई मोबाइल बैंकङ पनि सुचारु भइसकेको जानकारी गराउँदछौँ। धन्यवाद

Address

Belbari
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Amana Sahakari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share