राजसती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड

  • Home
  • Nepal
  • Biratnagar
  • राजसती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड

राजसती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राजसती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, Financial service, Budhiganga/1, Biratnagar.

जन्मदिनको शुभकामना बिना बैनी 🌺🌺हाम्रो राजसति महिला बचत तथा ऋण सहकारी संस्था लि को स्थपना देखि संस्थाको बरिष्ट लेखा साहाय...
07/06/2026

जन्मदिनको शुभकामना बिना बैनी 🌺🌺

हाम्रो राजसति महिला बचत तथा ऋण सहकारी संस्था लि को स्थपना देखि संस्थाको बरिष्ट लेखा साहायक पदमा कार्रयरत मृदुभाषि मिलनसार सधै मुस्कानका साथ सेयर सदस्यहरूको ग्राहक सेवामा र संस्थाको नितिनियमनुसार ईमानदारीताका सेवारत कर्मचारी बिणा बराललाई जन्मदिनको मंगलमय शुभकामना सहित सुस्वस्थ सुखी खुसी समृद्धि रहनु राजसति माताको हरपल साथ रहोस Happy Birthday to you dear BINa Regmi Baral ♥️♥️🌺🌺🎁🎁

राजसति माता की जय 🙏🙏आज हाम्रो राजसति महिला बचत तथा ऋण सहकारी संस्था परिवारको बिशेष महत्वपूर्ण दिन पर्व स्थानिय ईष्टदेबी ...
29/04/2026

राजसति माता की जय 🙏🙏
आज हाम्रो राजसति महिला बचत तथा ऋण सहकारी संस्था परिवारको बिशेष महत्वपूर्ण दिन पर्व स्थानिय ईष्टदेबी राजसति थानी माताको श्रद्धाभक्ति साथ ह्रदयबाटै माताको मन बचन प्रेम बिस्वास साथ पूजाआरधना हाम्रो सहकारीको अध्यक्ष सहित सबै संचालकहरू बिधिपूर्ण गर्नु हुदै र म परदेशी तपाईहरूको दिदी पनि भक्ति साथ माताको प्रार्थना गर्दै हाम्रो सहकारीको सम्पूर्ण सदस्यहरूमा एकता सदभाव भावनात्मक र ईमानदारी प्रेम सहित सहकारी प्रति सकरात्मक सोचको साथ हालेमालो गर्दै सबैको परिवारमा सहकारीमा सुस्वस्थ सुखी खुसी समृद्धि रहनु शक्ति आर्सिबाद राजसति माताको हरपल साथ रहिरहोस जय राजसति माता जय राजसति सहकारी को आर्थिक सामाजिक सांस्कृतिक बिकास अगाडी बढोस सबैमा शुभकामना सहित धेरै धेरै माया ♥️♥️🌺🌺

हे भगवान कलिलो फूलको बोटै लतारेर किन छिन्नभिन्न हुन्छ यो संसारमा ? जन्मे पछि सन्तानहरू पुरा आयुदार होस भगवान 🙏🙏“आयो टप्प...
18/04/2026

हे भगवान कलिलो फूलको बोटै लतारेर किन छिन्नभिन्न हुन्छ यो संसारमा ? जन्मे पछि सन्तानहरू पुरा आयुदार होस भगवान 🙏🙏
“आयो टप्प टिप्यौ लग्यौ मिति पुग्यौ भन्यौ टारेर टर्दैन त्यो ….. यहि त संसार रहेछ 😭😭
अति दुखद खवरले स्तम्भीत हुदै हाम्रो सहकारीको फुलबारीको हाम्रो फक्रेर ढकमक्क फुलेको सुन्दर फुल रूपी अति मिलनसार मृदुभाषी सहयोगी ईमानदार सेयर सदस्य नं १३४ सुजता तिम्सिनालाई मिती २०८३ बैसाख ३ गते हामी बिचबाट टपक्क टिपेर संसारबाट टाढा स्वार्गमा ईन्द्रको बगैचामा लगि सकेछ प्रिय सुजता आफु पनि सहकारीको सुरूवात देखि अबिबाहित हुदै हाम्रो सदस्य भएको र वहा हाम्रो सदस्य साबित्री तिम्सिनाको छोरी हुन हामी सबैको छोरी सुजता प्रति भावपुर्ण श्रद्धांजलि अर्पित गर्दै लेख्न पनि हातका औलाहरू कामीरहेछन यो सत्य हैन जस्तो लागेको छ यो धर्तिमा करिब ४२/४३ बर्ष संघर्ष दुखसुख साथ भोग गरेर रोग संग लडदा लडदै रोगले जितेर लग्यौ प्रिय तिम्रो आत्माले शान्ती पावस बैकुण्ठमा बास होस तिम्रो २ छोराहरू र शोकाकुल परिवारमा र आमा देबी तिम्सिना सहित परिवारमा धर्यधारण गर्ने शक्ति मिलोस हार्दिक सम्बेदना ब्याक्त गर्दछौ अल बिदा सुजता 😭😭😭😭🌺🌺♥️♥️

बाट-अध्यक्ष- तुलसा बिष्ट सहित राजसति महिला बचत तथा ऋण सहकारी संस्था परिवार

हाम्रो संचालक समिति लेखा समिती अन्य उपकमिटीहरू ब्याबस्थापक कर्मचारीहरू तथा सम्पुर्ण सेयर सदस्य तथा हाम्रो सहकारीलाई माया...
13/04/2026

हाम्रो संचालक समिति लेखा समिती अन्य उपकमिटीहरू ब्याबस्थापक कर्मचारीहरू तथा सम्पुर्ण सेयर सदस्य तथा हाम्रो सहकारीलाई माया सदभाव राख्ने दिदी बहिनी दाजुभाईमा नया बर्ष २०८३ को मंगलमय शुभकामना सहित हाम्रो सहकारी र सदस्यहरूमा र परिवारमा दिर्घायु सुस्वस्थ सुखी खुसी सहित बिस्वास ईमानदारीता माया प्रेम एकता बढोस सबैको उन्नति प्रगति सहित समृद्घि रहोस सबैमा शुभकामना शुभकामना शुभकामना ♥️♥️🌺🌺

हाम्रो सहकारी भनेको एकको लागी सबै र सबैको लागी एक हो दुख सुखमा हामी एक हौ हाम्रा आर्थिक सामाजिक सांस्कृतिक शैक्षिक हरेक ...
12/04/2026

हाम्रो सहकारी भनेको एकको लागी सबै र सबैको लागी एक हो दुख सुखमा हामी एक हौ हाम्रा आर्थिक सामाजिक सांस्कृतिक शैक्षिक हरेक कुरामा हामी सक्षम हुनु पर्छ हाम्रो सकरात्मक सोचको बिकास सहित सहकारीको हरकार्यहरूमा हामी एक हुनु नियमित बचत र लिएको कर्जा सहज ईमानदारीताका साथ बुझाउनु हाम्रो कर्तव्य र धर्म हो हामीले गर्नु पर्ने काम हामी गर्दै जाउ सहकारीले सदस्यहरूमा नेतृत्व बृत्ति सामुहिक बिकासका लागी तालिम भ्रमण शिप बिकास बिमा ब्याबस्थापन साथै अन्य सेवा सुबिधाहरू दिन सधै तत्पर हुदै जानेछौ यहि क्रममा २०८२ चैत्र २८ गते शनिवार हाम्रा संचालक र लेखा अन्य उपसमिती र मापदन्डमा परेका साधरण सदस्यहरूलाई भेडेटारको सानो पाथिभरा दर्सन सहित रमाईलो ठाउमा भ्रमण गर्दै मिठास खाना सामुहिक सदभावका साथ खादै रमाईलो गरेको केही तस्बिर जो मलाई प्राप्त भएको सम्झनाको लागी

Happy birthday to you dear 🌺🌺हाम्रो सहकारीको संचालक समितिका सदस्य अति प्रिय हसिली मृदुभाषी मिलनसार सामाजिक सांस्कृतिक पर...
04/04/2026

Happy birthday to you dear 🌺🌺
हाम्रो सहकारीको संचालक समितिका सदस्य अति प्रिय हसिली मृदुभाषी मिलनसार सामाजिक सांस्कृतिक परिवर्तनको लागी सधै सजक भै अघि बढने हाम्रा सक्रिय सदस्य बिन्दा पौड्यलको आज पर्न गएको जन्मदिनको आर्सिबाद सहित शुभकामना अझ हरकार्यहरूमा राजसति माताको साथ रहिरहोस सुखी खुसी समृद्घि जीवनको हामी सबैको शुभकामना लागोस Happy Birthday to you Binda 🎁🎁♥️♥️
बाट -अध्यक्ष सहित राजसति सहकारी संस्था परिवार

03/04/2026

प्रिय साथीहरू ६९ औ राष्ट्रीय सहकारी दिवसको कार्यक्रममा उत्साह उमंग भावनात्मक एकता स्वरूप हाम्रो सहकारीको संचालक सक्रिय सदस्य र हाम्रो प्रिय प्रबन्धक श्री यस बहादुर सरको सहकारी प्रतिको प्रेममा कति राम्रो उत्साह सहित नाच हेर्नु ल सहकारी एकता भनेको यस्तो सबै पक्षमा सक्रियता ह्रदयबाटै जागृत हुन्छ जय राजसति महिला बचत तथा ऋण सहकारी सबैमा यस्तै बिबिध क्षेत्रमा स्वस्फुर्त सहभागीता बढोस जय राजसति माता🙏🙏

हाम्रा सुखदुखमा सहकार्य गर्दै सहकारी सदस्यहरूमा नडं र मासुको सम्बन्ध छ यस सहकारीको निति बमोजीम सेयर सदस्य लहरी ऋृषिदेव स...
26/03/2026

हाम्रा सुखदुखमा सहकार्य गर्दै सहकारी सदस्यहरूमा नडं र मासुको सम्बन्ध छ
यस सहकारीको निति बमोजीम सेयर सदस्य लहरी ऋृषिदेव सेयर नं १००४ को घर आगलागीमा परि सबै नष्ट भएकोले मिती २०८२।१२।१० मा बसेको संचालक समितिको बैठक नं १५ औ को सर्वसम्मति निर्णय बमोजीम रू ५ हजार प्राकृतिक प्रकोप कोषबाट हस्तांतरण अध्यक्ष तुलसी कुवर बिष्टबाट आजको मितीमा अन्य संचालकहरू सहित
जय राजसति सहकारी

25/03/2026

जरूरी सूचना
सम्पुर्ण सेयर सदस्यहरूमा सहकारी अभिबादन 🙏🙏अति जरूरी सूचना मिती २०८२ चैत्र १० गतेको हाम्रो संचालक समितिको निर्णयनुसार सप्तकोशी अस्पताल र हाम्रो सहकारीको संयुक्त आयोजनामा यही चैत्र मसान्त भित्र निःशुल्क स्त्रीरोग सम्बन्धित स्वास्थ्य शिविर राख्ने हुदा चैत्र १६ गते भित्र संस्थामा आई नाम टिपाउनु र अरू सदस्यहरूमा र छरछिमेकका महिलाहरूमा पनि सुचना गरि सहयोग गरि दिन सबैमा अनुरोध गर्दछौ
स्थान - हाम्रो आफ्नै सहकारीको भवनमा
बाट- अध्यक्ष तुलसी कुवर बिष्ट
राजसति महिला बचत तथा ऋण सहकारी संस्था लि टंकि सिनवारी

Address

Budhiganga/1
Biratnagar

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when राजसती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share