ताथली बचत तथा ऋण सहकारी संस्था लिमिटेड
भक्तपुर जिल्ला, ताथली, गोठालेचौर ।
फेसबुक www.facebook.com/tathalisaccos
ईमेल [email protected]
फोन नं. ०१५०९१६३६
संस्थाको पृष्ठभूमि:
ताथली बचत तथा ऋण सहकारी संस्था लि. सहकारी ऐन २०७४ बमोजिम सञ्चालित भई सहकारी सिद्धान्त अनुसार सदस्यहरुलाई आफूले आर्जन गरेको आयबाट नियमित रुपले बचत गर्ने बानी बसाल्न उत्प्रेरित गरी संकलन भएको बचत रकमबाट आवश्यक भएका सदस्यह
रुलाई सीपमूलक आय आर्जन कार्यक्रम लगायत आर्थिक संकट टार्न सस्तो व्याजदरमा ऋण लगानी गरी सदस्यहरुको आर्थिक सामाजिक अवस्थामा सुधार गर्ने र सदस्यहरुलाई सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यले वि.सं.२०६३ माघ २९ गते विधिवत रुपमा संचालित भएको हो । "नियमित वचत आकर्षक व्याजदर, वचत गरौ बनौ आत्मनिर्भर" भन्ने मूलभावलाई आत्मसात गर्ने यस संस्थाको कार्यालय भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथली, गोठालेचौरमा रहेको छ ।
परिकल्पना :
यस संस्थाले सहकारी सिद्दान्त पालन गर्दै सहकारीको मर्म र भावना अनुरुप आफ्ना सदस्यहरु बीच बचत संकलन गर्ने, बचतमा निश्चित ब्याज प्रदान गर्ने तथा सुलभ ब्याजदरमा कर्जा लगानी गर्ने, आफनो सदस्यहरुको आर्थिक र समाजिक जीवनस्तर विकासको लागि आर्थिक रुपमा र सामाजिक रुपमा विभिन्न शिपमुलक र व्यवसायमुलक तालिमहरु संचालन गरि सदस्यहरुको व्यक्तिगत जिवनमा प्रत्यक्ष लाभ पुर्यााइने तथा समाजमा एक उदाहरणीय वित्तिय संस्थाको रुपमा विकास गर्दै लैजाने यस संस्थाको परिकल्पना रहेकोछ ।
ध्येय:
आधुनिक प्रविधिको प्रयोग गरी सर्व सुलभ तरिकाबाट गुणस्तरिय वित्तिय सेवा मार्फत सदस्यहरुको आर्थिक सामाजिक सांस्कृतिक विकास गर्ने ।
उद्देश्य:
सदस्यहरुमा छरिएर रहेका श्रम, सीप, साधन र पूँजीलाई एकिकृत गरि सदस्यलाई आय आर्जनको क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने र स-साना बचत रकमलाई संकलन गरि सामूहिक पूँजीको स्थापना गरि सदस्यहरुको आर्थिक र सामाजिक अवस्थामा सुधार गर्दै समाजमा आर्थिक विभेदको अन्त्य र सामाजिक न्यायको स्थापना गर्नु संस्थाको मुख्य उद्देश्य रहेको छ तथा बढ्दो बेरोजगारीलाई न्यूनीकरण गर्न सदस्य महानुभावहरुलाई स्वरोजगारीको लागि कर्जा प्रदान गर्ने रहेकोछ ।
आबद्धता:
१. जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड
२. कृषि सामाग्री कम्पनी लिमिटेड
३. राष्ट्रिय सहकारी बैंक लि.
वित्तय सेवा:
(क) बचत खाताको प्रकार:
यस संस्थाको सदस्य महानुभावहरुको हितलाई ध्यानमा राखी विभिन्न बचत खाताहरु संचालनमा ल्याइएको छ।
१. नियमित मासिक बचत खाता ६%
२. दैनिक बचत खाता ५%
३. एच्छिक बचत खाता ७%
४. कोपिला बचत खाता ९%
५. मुद्धति बचत खाता १०%-१२.५%
६. ताथली सुपर सेभिङ्ग खाता ९-१२%
७. ताथली उज्जवल भविष्य बचत खाता ९%
(ख) कर्जाको प्रकार:
यस संस्थाले आफ्ना सदस्यहरुको आर्थिक जिवनस्तर र व्यवसायिक क्षेत्र विकासको लागि निम्न कर्जा तथा सापट योजनाहरु संचालन गरिएको छ।
१. व्यक्तिगत कर्जा १३% ब्याज
२. व्यवसायिक तथा व्यापारिक कर्जा १३% ब्याज
३. कृषि कर्जा १०% ब्याज
४. आपतकालिन कर्जा १०% ब्याज
६. हायर पर्चेज कर्जा १३% ब्याज