Dakshin barahi mahila saccos

Dakshin barahi mahila saccos Stb-2055/12/01

26/06/2025

सूचना : यस संस्थाको वार्षिक कार्यक्रम अन्तरगत पर्ने स्त्रीरोग परीक्षण कार्यक्रम (VIA test) यही मिति २०८२ असार १७ गते दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना, सूर्यविनायक नगरपालिकासँगको समन्वय र सिद्धिस्मृति अस्पतालको प्राविधिक सहयोगमा निम्न स्थान र समयमा हुने जानकारी गराउँदछौ । समयमा नै रोग पहिचान गरि उपचार गराउ र स्वस्थ रहौँ ।
मिति: २०८२ असार १७
स्थान: गाम्चा स्वास्थ्य चौकी
समय: बिहान १०:०० देखि २:००

17/03/2025

सूचना
संस्थाका सम्पूर्ण सदस्यको सुविधाको लागि कार्यालय समय १ गते देखि १० गतेसम्म बिहान ९:२० बजे देखि खुल्ने जानकारी गराउँदछु ।

मिति २०८१ चैत्र ०१ गते शुक्रबार सञ्चालक समितिको जिम्मेवारी रहेको यस दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाको २७औ स...
15/03/2025

मिति २०८१ चैत्र ०१ गते शुक्रबार सञ्चालक समितिको जिम्मेवारी रहेको यस दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाको २७औ स्थापना दिवसको अवसरमा हाम्रो देशमा रहेका मठ मन्दिरको प्रचारप्रसार र आन्तरिक पर्यटन बढाउने उद्देश्य सहित सिन्धुपाल्चोक जिल्लाको ऐतिहासिक त्रिपुरा सुन्दरी भगवती मन्दिर दर्शन गर्न एक सय जना सदस्यहरूको उत्साहजनक सहभागिता रहेको तीर्थ भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।

02/02/2025

दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाको वार्षिक कार्यक्रम अन्तर्गतको तीर्थ भ्रमण यस वर्ष मिति २०८१ माघ १९ गते शनिबार ललितपुर जिल्लामा रहेको बैतर्णी धाम र कालेश्वर महादेवको दर्शन गरि सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा ९० जना सदस्यहरूको सक्रिय सहभागिता रह्यो । यस कार्यक्रमको मूल उद्देश्य स्वदेश मै रहेको धार्मिक तथा सांस्कृतिक,पौराणिक मठमन्दिरको प्रचारप्रसार गर्नु हो ।
सक्रिय सहभागिताको लागि सम्पूर्णमा धन्यवाद ।

वैवाहिक जीवनको शुभकामना nagina बहिनी।
18/01/2025

वैवाहिक जीवनको शुभकामना nagina बहिनी।

20/12/2024

सूचना :
शेयर सदस्यज्यूहरू
२६औ वार्षिक साधारण सभाको निर्णय बमोजिम आ. व. २०८०/०८१ शेयर लाभांश १५ % को दरले खातामा जम्मा गरि सकिएको छ । आइतबार देखि वितरण गर्ने जानकारी गराउदै अनिवार्य १० कित्ता सेयर थप गरिदिनु होला।

सुत्केरी भेटघाट कार्यक्रमको सुरुआत
13/12/2024

सुत्केरी भेटघाट कार्यक्रमको सुरुआत

27/11/2024

यस संस्थाका सम्पूर्ण सदस्यहरूको लागि जारी सूचना :
यस संस्थाको नीति अनुरूप लगातार तीन महिना भन्दा बढि समय देखि बचत नगरेका निष्कृय बचतकर्ता र सावाँ ब्याज नतिरेका खराब ऋणी सदस्यहरूलाई यस वर्षको साधारण सभामा उपस्थिती खर्च र संरक्षित पुजिफिर्ता कोष बापत दिइने रकम उपलब्ध गराउने छैन । मङ्सिर १६ गते भित्र मासिक बचत, ऋण तथा ब्याज तिरी संस्थाको नियम पालना गरि सभामा सहभागी हुन् अनुरोध गर्दछौ ।🙏

08/10/2024

शुभ कामना

सम्पूर्ण शेयर सदस्य ज्यूहरू , नजिकदै गरेको हामी नेपालीहरूको महान् चाड बडा दशै 2081 को अवसरमा यहाँहरूको दीर्घायु, सुख र शान्तिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ ।

Address

Sirutar Biruwa Road
Bhaktapur

Telephone

+97716634288

Website

Alerts

Be the first to know and let us send you an email when Dakshin barahi mahila saccos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dakshin barahi mahila saccos:

Share