27/08/2026
आज मिति २०८३/०५/११ गते बिहान ११:४४ बजे प्राप्त Planet Labs र Landsat का स्याटेलाइट तस्बिरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनबाट रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथि तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई करिब ०.११ वर्गकिलोमिटर क्षेत्रफलको ताल बनेको देखिएको छ।
उक्त तालको प्राकृतिक बाँध फुटी पुनः ठूलो बाढी आउन सक्ने जोखिम अझै कायम रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन तथा उच्च सावधानीका साथ रहन अनुरोध गरिन्छ। (स्याटेलाइट तस्बिर सौजन्य - Stimson Center)
Millennium Trade Incorporation
National Disaster Risk Reduction & Management Authority