A.Khan & Associates , Chartered Accountants

A.Khan & Associates , Chartered Accountants “A leading financial service provider firm in Nepal.”

📢 के तपाईंलाई थाहा छ?🎓 के तपाईं निजी विद्यालय वा कलेज सञ्चालन गर्दै हुनुहुन्छ?आर्थिक ऐन, २०८३ अनुसार निजी क्षेत्रबाट सञ्...
03/06/2026

📢 के तपाईंलाई थाहा छ?

🎓 के तपाईं निजी विद्यालय वा कलेज सञ्चालन गर्दै हुनुहुन्छ?

आर्थिक ऐन, २०८३ अनुसार निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने विभिन्न शुल्कमा ३% शिक्षा समता शुल्क लगाई असुल गर्नुपर्ने व्यवस्था गरिएको छ।

📌 यसरी संकलित शुल्क गुणस्तरीय शिक्षामा पहुँच विस्तार तथा शैक्षिक पूर्वाधार विकासमा खर्च गरिनेछ।

⚠️ सम्बन्धित व्यवस्थाको समयमै जानकारी लिनुहोस् र आवश्यक अनुपालन सुनिश्चित गर्नुहोस्।
Akhlak Khan

आर्थिक विधेयक (ऐन), २०८३ ले ल्याएका मुख्य मुख्य छुट, सुविधा तथा नयाँ व्यवस्थाहरूको सार।❤️🙏(सामग्री : आर्थिक विधेयक (ऐन) ...
02/06/2026

आर्थिक विधेयक (ऐन), २०८३ ले ल्याएका मुख्य मुख्य छुट, सुविधा तथा नयाँ व्यवस्थाहरूको सार।❤️🙏

(सामग्री : आर्थिक विधेयक (ऐन) का प्रावधानका आधारमा तयार पारिएको।)

📢 आर्थिक ऐन, २०८३ को महत्वपूर्ण व्यवस्था👨‍👩‍👧‍👦 बासिन्दा प्राकृतिक व्यक्तिले आफ्नो सन्तानको शिक्षाका लागि तिरेको वार्षिक...
02/06/2026

📢 आर्थिक ऐन, २०८३ को महत्वपूर्ण व्यवस्था

👨‍👩‍👧‍👦 बासिन्दा प्राकृतिक व्यक्तिले आफ्नो सन्तानको शिक्षाका लागि तिरेको वार्षिक शिक्षण शुल्कमध्ये ५०% वा रु. २५,००० (जुन कम हुन्छ) सम्मको रकम करयोग्य आयबाट घटाउन सक्ने व्यवस्था गरिएको छ।

✅ यस व्यवस्थाले अभिभावकहरूलाई कर राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।

अनुसूची १० – एकल वाहेकका अन्य प्राइभेट लिमिटेड कम्पनीको प्रबन्धपत्र (MOA Format)📌 MOA मा समावेश हुने मुख्य Clauses (अनुस...
02/06/2026

अनुसूची १० – एकल वाहेकका अन्य प्राइभेट लिमिटेड कम्पनीको प्रबन्धपत्र (MOA Format)
📌 MOA मा समावेश हुने मुख्य Clauses (अनुसूची १० अनुसार)
1. Name Clause — कम्पनीको आधिकारिक नाम
2.Registered Office Clause — कम्पनीको ठेगाना
3. Objectives Clause — मुख्य, सहायक र अन्य उद्देश्यहरू
4. Liability Clause — शेयरधनीको दायित्व
5. Capital Clause — अधिकृत, जारी र चुक्ता पूँजी
6. Share Structure Clause — एकल वाहेक + अन्य शेयरधनीहरूको संरचना
7. Subscription Clause — संस्थापक/शेयरधनीले कति शेयर लिने
8. Declaration Clause — कानुनी घोषणा र हस्ताक्षर
📩 DM us for assistance.

के तपाईंसँग IRD Taxpayer Login छैन?आन्तरिक राजस्व विभागको करदाता पोर्टलमा Taxpayer Login करदाता आफैंले घरमै बसेर सजिलै ब...
02/06/2026

के तपाईंसँग IRD Taxpayer Login छैन?

आन्तरिक राजस्व विभागको करदाता पोर्टलमा Taxpayer Login करदाता आफैंले घरमै बसेर सजिलै बनाउन सक्नुहुन्छ।

- Create Taxpayer Login मार्फत Username र Password सिर्जना गर्नुहोस्।
- OTP Verify गरी Login प्रयोग गर्न सुरु गर्नुहोस्।

नोट: मोबाइल नम्बर Update नभएका करदाताले नजिकको कर कार्यालयमा गई मोबाइल नम्बर Update गराउनुहोस्।

🌐 https://taxpayerportal.ird.gov.np/taxpayer/app.html
📧 [email protected]
☎️ 01-5970081

02/06/2026

📢 TDS & ETDS Practical Training – Registration Open!

TDS तथा ETDS सम्बन्धी सम्पूर्ण व्यावहारिक ज्ञान हासिल गर्ने सुनौलो अवसर!

✅ TDS/ETDS Practical Training
✅ ETDS Return Filing
✅ TDS Rate & Calculation
✅ IRD Portal Guidance
✅ Certificate Provided
✅ Experienced CA बाट प्रत्यक्ष सिक्ने अवसर

🎯 Bumper Offer: पहिलो 5 जना सहभागीहरूका लागि FREE Registration!

📅 22, 23 & 24 जेठ 2083
🕡 समय: साँझ 6:30 – 8:00 बजे
💻 Live Online Session

💰 शुल्क: रु. 399 मात्र

👨‍🏫 Trainer: Akhlak Khan and Sanjay Mahat

🤝 Organized with the CSR Support of Yantra Accounting

📝 Registration Link:
https://forms.gle/PnPnbN8xWJjv4jaF6

📞 Contact: 9849073936

📢 अनुदान सहयोग प्राप्त गर्ने अवसर!गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयद्वारा अपाङ्गता भएका व्यक...
02/06/2026

📢 अनुदान सहयोग प्राप्त गर्ने अवसर!

गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयद्वारा अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकद्वारा सञ्चालित उद्योग/व्यवसाय प्रवर्द्धनका लागि प्रविधि तथा उपकरण सहयोग अनुदान कार्यक्रम सञ्चालन गरिएको छ।

✅ व्यवसाय दर्ता भएका इच्छुक व्यक्ति/समूहले आवश्यक कागजातसहित प्रस्ताव पेश गर्न सक्नुहुन्छ।

🗓️ आवेदन गर्ने अन्तिम मिति: २०८३/०२/२७ गते कार्यालय समयभित्र

थप जानकारीका लागि मन्त्रालयको वेबसाइट हेर्नुहोस्।

📢 PAN लिई कारोबार नगर्नुभएको छ? जरिवाना छुटको विशेष अवसर!आर्थिक विधेयक २०८२ को दफा ४०(२) बमोजिम विगतमा PAN दर्ता गरेका त...
02/06/2026

📢 PAN लिई कारोबार नगर्नुभएको छ? जरिवाना छुटको विशेष अवसर!

आर्थिक विधेयक २०८२ को दफा ४०(२) बमोजिम विगतमा PAN दर्ता गरेका तर कुनै आयआर्जन वा कारोबार नगरेका करदाताले विशेष छुट सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

✅ आर्थिक वर्ष २०८२/८३ को आय विवरण तथा सो बमोजिमको कर दाखिला गरी दर्ता खारेजीका लागि वा कारोबार सञ्चालनका लागि निवेदन दिन सकिने।

⏰ अन्तिम म्याद: २०८३ साल पौष मसान्तसम्म

⚠️ तोकिएको अवधिभित्र निवेदन नदिए त्यस्ता PAN स्वतः प्रणालीबाट दर्ता खारेज हुन सक्नेछ। भविष्यमा पुनः सञ्चालन गर्न चाहेमा सम्बन्धित आय विवरण, कर, शुल्क तथा ब्याज दाखिला गर्नुपर्ने हुन सक्छ।

📞 थप जानकारी तथा आवश्यक सहजीकरणका लागि:
A. Khan & Associates, Chartered Accountants
☎️ 9812951220

📢 मोबाइल नम्बर परिवर्तन गर्नुभएको छ? वित्तीय सेवा प्रदायकलाई जानकारी गराउन नबिर्सनुहोस्।बैंक तथा वित्तीय संस्थाबाट प्राप...
02/06/2026

📢 मोबाइल नम्बर परिवर्तन गर्नुभएको छ? वित्तीय सेवा प्रदायकलाई जानकारी गराउन नबिर्सनुहोस्।

बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, ई–वालेट लगायतका सेवाहरू तपाईंको मोबाइल नम्बरसँग जोडिएका हुन्छन्।

📱 मोबाइल नम्बर हराएमा, चोरी भएमा वा परिवर्तन भएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई तुरुन्त जानकारी गराउनुहोस्।

🔒 आफ्नो वित्तीय विवरण सुरक्षित राख्न: ✅ आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्नुहोस्। ✅ आधिकारिक मोबाइल एप्लिकेसन मात्र प्रयोग गर्नुहोस्। ✅ OTP, PIN वा पासवर्ड कसैसँग पनि साझा नगर्नुहोस्।

सचेत बनौं, सुरक्षित बैंकिङ गरौं। 💙

📢 वैदेशिक रोजगार सेवा शुल्क सम्बन्धी जानकारीवैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त संस्थाले वैदेशिक रोजगा...
01/06/2026

📢 वैदेशिक रोजगार सेवा शुल्क सम्बन्धी जानकारी
वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त संस्थाले वैदेशिक रोजगारमा जाने व्यक्तिबाट असुल गरेको रकमको १% वैदेशिक रोजगार सेवा शुल्क दाखिला गर्नुपर्ने व्यवस्था रहेको छ।
⏰ उक्त शुल्क प्रत्येक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सम्बन्धित विवरण वैदेशिक रोजगार विभागमा पेश गर्नुपर्ने हुन्छ।
⚠️ समयमै शुल्क दाखिला नगरेमा वार्षिक १५% ब्याज लाग्ने व्यवस्था रहेको छ।
📞 थप जानकारी तथा परामर्शका लागि:
☎️ 9812951220

Address

Bhairahawa
32900

Opening Hours

Monday 09:00 - 06:00
Tuesday 09:00 - 06:00
Wednesday 09:00 - 06:00
Thursday 09:00 - 06:00
Friday 09:00 - 06:00
Sunday 09:00 - 06:00

Alerts

Be the first to know and let us send you an email when A.Khan & Associates , Chartered Accountants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share