21/08/2026
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लि. को केन्द्रीय कार्यालयको आयोजनामा शाखा कार्यालय अन्तर्गतका शाखा प्रबन्धकहरूका लागि “Operational Excellence and Positive Transformation” सम्बन्धी तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
तालिमले शाखा सञ्चालनमा उत्कृष्टता अभिवृद्धि, सकारात्मक सोच तथा व्यवहारमा परिवर्तन, नेतृत्व क्षमता विकास र संस्थागत लक्ष्य प्राप्तिमा थप प्रभावकारिता ल्याउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण अनुगमन कार्यालय, शाखा प्रबन्धकज्यूहरू तथा सम्बन्धित सम्पूर्णमा हार्दिक धन्यवाद।