Unique Nepal Laghubitta Bittiya Sanstha Limited

Unique Nepal Laghubitta Bittiya Sanstha Limited Unique Nepal Laghubitta Bittiya Sanstha Ltd. (UNLBSL) is a rural micro-finance institution.

हार्दिक बधाई तथा शुभकामना ! 🎉नेपालमा लघुवित्त सञ्चालन गर्ने संस्थाहरूको छाता संगठन स्वावलम्बन विकास केन्द्र, काठमाडौँद्व...
20/08/2026

हार्दिक बधाई तथा शुभकामना ! 🎉

नेपालमा लघुवित्त सञ्चालन गर्ने संस्थाहरूको छाता संगठन स्वावलम्बन विकास केन्द्र, काठमाडौँद्वारा आयोजित कार्यक्रममा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकी सदस्य श्रीमती सुनिता थारुज्यू उत्कृष्ट लघुउद्यमी सदस्यका रूपमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर श्री दीपेन्द्रबहादुर क्षेत्रीज्यूबाट नगद रु. ५०,०००।– सहित सम्मानपत्रद्वारा सम्मानित तथा पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

श्रीमती सुनिता थारुज्यूको यस प्रेरणादायी तथा गौरवपूर्ण उपलब्धिप्रति सम्पूर्ण युनिक नेपाल परिवार गौरवान्वित छ। उहाँको मेहनत, लगनशीलता र उद्यमशीलता सबैका लागि प्रेरणाको स्रोत बनेको छ।

उहाँको आगामी दिनहरू अझ सफल, सुखद, समृद्ध तथा उपलब्धिमूलक रहून् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना ! 🌸🎊

मिति २०८३।०४।२३ गते यस युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्...
12/08/2026

मिति २०८३।०४।२३ गते यस युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा संस्थाको वार्षिक कार्यसम्पादन, वित्तीय तथा संस्थागत प्रगति, शाखागत उपलब्धि, लक्ष्य तथा प्रगतिको समीक्षा गर्दै आगामी दिनमा संस्थाको सेवा विस्तार, व्यवसाय वृद्धि, सदस्य सेवा सुधार तथा समग्र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल एवं आवश्यक रणनीति तय गरिएको छ।

समीक्षा कार्यक्रमले विगतका उपलब्धि र चुनौतीहरूको मूल्याङ्कन गर्दै आगामी आर्थिक वर्षका लागि स्पष्ट लक्ष्य, कार्यदिशा र जिम्मेवारी निर्धारण गर्न महत्वपूर्ण आधार प्रदान गरेको छ।

#युनिकनेपाल

04/08/2026

आजको डिजिटल युगमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, क्यूआर कोड भुक्तानी, वालेट जस्ता सेवाहरू हामीले दैनिक जसो प्रयोग गर्दै आएका छौँ । कारोबार खाता, साधन, इन्टरनेटको पहुँचसँगै मोबाइल एप्लिकेसन वा इन्टरनेट ब्राउजरको माध्यमबाट जहाँबाट पनि, जुनसुकै समयमा, खाता भएका जो कोहीसँग, तुरून्तै कारोबार गर्न सकिन्छ । सहजता, गति, न्यून लागत, सुरक्षित तथ्याङ्क, इ-कमर्स र सरकारी कारोबारमा बढ्दो प्रयोगसँगै यसका प्रयोगकर्ता बढेका छन् । यस्ता प्रविधिमा username, password, PIN र OTP धारकले नै डिजिटल वित्तीय अनुशासन पालना गरेर यसको सुरक्षा गरौँ ।

डिजिटल वित्तीय अनुशासनका मुख्य उपायहरू:
बलियो पासवर्ड: के गर्ने ? अक्षर, अङ्क र चिह्न प्रयोग गर्ने | के नगर्ने ? सजिला, आफ्नो वा परिवारको सदस्यको नाम ।
बलियो पिन: के नगर्ने ? मोबाइल नम्बर, जन्म मिति जस्ता अरूले सजिलै अनुमान गर्न सकिने ।
फरक पासवर्ड: Email, Messenger जस्ता गैर-बैंकिङ खाताभन्दा बैंकिङ खाताको पासवर्ड फरक राख्ने ।
मल्टी फ्याक्टर अथेन्टीकेसन (पासवर्ड, पिन, OTP) को प्रयोग सबै खातामा गर्ने: बैंक खाता, मोबाइल बैंकिङ, वालेट खाता, कम्प्युटर, मोबाइल, इमेल, सामाजिक सञ्जाल, मेसेन्जर ।
आधिकारिक वेबसाइट र एप्लिकेसन मात्र प्रयोग गर्ने, चिन्ने, ब्राउजरमा वित्तीय सूचना सेभ नगर्ने ।
समय समयमा पासवर्ड परिवर्तन गर्ने ।
अनधिकृत एप्लिकेसन डाउनलोड, इन्स्टल नगर्ने र Access permission नदिने ।
अपरिचित व्यक्तिसँग स्क्रिन सेयरिङ नगर्ने, स्क्रिन सेयर गरेर वित्तीय कारोबार गर्दै नगर्ने ।
सुरक्षित वाईफाईमा मात्र वित्तीय कारोबार गर्ने र Keystroke capture, screen capture बाट जोगिने ।
बायोमेट्रिक अथेन्टीकेसन (Thumb, Face Pin) प्रयोग गर्ने ।

पासवर्ड कसरी चोरिन्छ ?
सजिलै अनुमान गर्न सकिने, आफ्नो, परिवारको नाम (Guessing) ।
नक्कली वेबसाइट र एपमा पासवर्ड हाल्न लगाउने, झुक्याएर लाने (Harvesting) ।
इन्क्रिप्ट गरिएका सुरक्षित पासवर्डहरू क्र्याक गरी वास्तविक पासवर्ड प्राप्त गर्ने प्रयास (Cracking) ।
अन्य खाताको पासवर्ड बैंकिङ वा वित्तीय खातामा प्रयोग गर्ने (Spraying) ।
अन्य उपकरणमा प्रयोग गरिएको पासवर्ड अर्को उपकरण वा खातामा पनि प्रयोग गर्ने (Stuffing) ।

डिजिटल साक्षरता अपनाऔँ, डिजिटल अनुशासन पालना गरौँ ।

नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा
अनलाइन पोर्टल: www.gunaso.nrb.org.np
वित्तीय ग्राहक संरक्षण इकाइ
सम्पर्क नं.: ०१-५७१९६०५

03/08/2026
मिति २०८३ साल असार १० गते युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो विशेष साधारण सभा अनलाइन माध्यमबाट सफलतापू...
25/06/2026

मिति २०८३ साल असार १० गते युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो विशेष साधारण सभा अनलाइन माध्यमबाट सफलतापूर्वक सम्पन्न भएको छ। यस सभामा संस्थाका शेयरधनीहरूको भौतिक र अनलाइन गरी दुवै माध्यमबाट सहभागिता रहेको थियो। सभाले प्रस्तावित विभिन्न विषयहरू उपर छलफल गरी आवश्यक निर्णयहरू पारित गरेको छ।

मिति २०८३।०२।२३ गते कोहलपुर, बाँकेमा भु-सेवा प्रणाली (PAM) अन्तर्गत रोक्का तथा फुकुवा प्रक्रिया सम्बन्धी एक दिने तालिम स...
08/06/2026

मिति २०८३।०२।२३ गते कोहलपुर, बाँकेमा भु-सेवा प्रणाली (PAM) अन्तर्गत रोक्का तथा फुकुवा प्रक्रिया सम्बन्धी एक दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा रोक्का तथा फुकुवाको प्राविधिक पक्ष, प्रणालीमार्फत कार्य सम्पादन गर्ने विधि, अभिलेख व्यवस्थापन तथा व्यवहारिक अभ्यासका विषयमा विस्तृत रूपमा कर्मचारीहरुलाई तालिम प्रदान गरिएको छ। सहभागीहरूको सक्रिय सहभागिता र उत्साहपूर्ण उपस्थितिले तालिमलाई थप उपलब्धिमूलक बनाएको छ। यस प्रकारका कार्यक्रमहरूले सेवाप्रवाहमा एकरूपता, दक्षता तथा प्रभावकारिता अभिवृद्धि गर्दै नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

आज मिति २०८३/०२/१९ गते, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा श्री सिम्हा मा.वि., बारबर्दिया-११, बेलभार...
02/06/2026

आज मिति २०८३/०२/१९ गते, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा श्री सिम्हा मा.वि., बारबर्दिया-११, बेलभार, बर्दियामा अवस्थित असहाय बालबालिका संरक्षण केन्द्रमा रहेका २० जना असहाय विद्यार्थीहरूलाई पोशाक, ब्याग , कापी तथा कलम वितरण गरिएको छ।

बालबालिकाको शिक्षा, आत्मविश्वास र उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित यस कार्यक्रममा स्थानिय क्षेत्रका जनप्रतिनिधि, समाजसेवी व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। विद्यार्थीहरूको अनुहारमा देखिएको खुसी र उत्साह नै कार्यक्रमको सबैभन्दा ठूलो उपलब्धि बनेको छ।

Global Money Week 2026 | Smart Money Talks 💡💰युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा २०८२-१२-०५ गते श्री ...
19/03/2026

Global Money Week 2026 | Smart Money Talks 💡💰

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा २०८२-१२-०५ गते श्री मोहान्याल माध्यमिक विद्यालय, जोशीपुर-१, कैलालीमा विद्यार्थी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

करिब ६० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा दैनिक जीवनमा उपयोगी हुने वित्तीय ज्ञान, बचतको महत्व, र पैसाको सही प्रयोगबारे अन्तरक्रियात्मक छलफल गरिएको थियो।

कार्यक्रमले विद्यार्थीहरूलाई सानै उमेरदेखि आर्थिक अनुशासन र सचेतनाको बाटोमा अघि बढ्न प्रेरित गरेको छ। सहभागीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ सफल र उपलब्धिमूलक बनाएको छ।

Address

Kohalpur-11, Banke, Near Kohalpur Medical College
Banke

Alerts

Be the first to know and let us send you an email when Unique Nepal Laghubitta Bittiya Sanstha Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Unique Nepal Laghubitta Bittiya Sanstha Limited:

Shortcuts

Share

Category