बचत तथा ऋण कारोबारको सिद्धान्तहरुलाई अंगिकार गर्दै हाम्रो समाजमा केही आर्थिक परिबर्तन हामी आफैबाट गर्न सकिने मूल उद्धेश्य लिई नेपालको ऐतिहासिक जनआन्दोलन २०४६ पश्चात आएको राजनीतिक परिबर्तन र जोश जाँगरबाट प्रेरित बनेपा दछु टोल का १३ जना स्थानीय युवाहरुको सामूहिक प्रयासमा २०४७ साल आषाढ २ गते फ्रेण्ड्स फोरम काठमाण्डौंको प्राबिधिक सल्लाह सुझाबहरु लिई बनेपामा चण्डेश्वरी फोरमको नामबाट संस्था स्थापना भए
को थियो । शुरुमा सीमित ब्यक्तिहरु जो स्थापनाका लागि जुटेका थिए उहाँहरुबाट मासिक रुपमा बचत र शेयर गरी जम्मा रु.१३००।–(अक्षरपी एक हजार तीन सय रुपैयाँ) मात्रको पूँजीबाट संस्थाको आर्थिक कारोबारको शुरुवात भएको थियो । यसरी मासिक रुपमा बचत गर्दै जाने रकमलाई संस्थामा आबद्ध ब्यक्तिहरुलाई नै रोलक्रम अनुसार ऋणमा लगानी गर्दै जानेगरी निति नियमहरु प्रतिपादन गरी संस्थाको आर्थिक कारोबारलाई थालनी गर्नुका साथै समाजमा देखिएका बिभिन्न बिकृती र बिसंगीतीहरुलाई सामूहिक रुपमा प्रतिकार गरी बिभिन्न सामाजिक कार्यक्रमहरुको पनि थालनी गरिएको थियो । नेपालमा सहकारीको प्रादुभाब भएतापनि यसलाई जनमानससम्म सहज र सरल रुपमा ल्याउन नसिकरहेको अबस्थामा स्थापना भएको तीन बर्षसम्म बचत तथा ऋण सिद्धान्तलाई मात्र अंगिकार गरी संस्था चलिरहेकोमा नेपालको सहकारी ऐन २०४८ र सहकारी नियमाबली २०४९ लागु भएपछि यस संस्थालाई पनि सोही निति नियमहरुबाट परिचालन गर्ने सहमति र कार्य प्रारम्भ गरी २०५० साल आश्विन ६ गते बिधिबत रुपमा जिल्ला सहकारी कार्यालय काभ्रेपलाञ्चोकमा जिल्लाभर संस्थाको कार्यक्षेत्र रहनेगरी दर्ता पश्चात हालसम्म बचत तथा ऋण सहकारीका सिद्धान्तहरु र निति नियमहरुलाई पालना गर्दै सफलताका साथ संस्था संचालन हुँदै आईरहेको छ ।
Alerts
Be the first to know and let us send you an email when Chandeshwori Saving and Credit Co-operative Society Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.