25/03/2020
नमस्कार !!
अर्पण वचत तथा ऋण सहकारि संस्था लिमिटेड २०७६ चैत्र १० गते सोमवार सम्म पूर्ण रुपमा सेवामा समर्पित नै रह्यो । २०७६ चैत्र १० गते साँझ नेपाल सरकारले विश्र्व भरि महाँमारिको रुपमा फैलिएको कोरोना भाइरस (COVID 19) को संक्रमणलाई नेपालमा वढ्न नदिन आज ०७६ चैत्र ११ गते मंगलवार विहान ६ वजे देखि चैत्र १८ गते सम्म लक डाउन गरेको र अत्यावश्यक काम वाहेक घरवाट वाहिर ननिस्कान अनुरोध/आदेश गरेको/दिएको साथै संस्थालाई वैंक तथा वित्तीय संस्थाहरुले रकम उपलव्ध गराउन नसक्ने जानकारि गराएकोले अर्कों सूचना नआए सम्मको लागि संस्था पूर्ण रुपमा वन्द रहने जानकारि गराउदछौे।यसवाट पर्ने असुविधा प्रति सम्पूर्ण शेयर सदस्य महानुभाव हरुसंग संस्था र दैनिक कार्य सम्पादन को टिम क्षमा माग्न चाहन्छ।हामी सदा झै हजुरहरुको साथ र सहयोगको अपेक्षा गर्दछौं।
नोट:-कुनै पनि हामीले समाधान गर्न सक्ने समस्या छ भने कृपया हामीलाई सम्झदा हामी खुशीनै हुनेछौं।
फ़ोन नं. ९८५१०७७९८३/९८५१००८६३८
जय सहकारि।धन्यवाद !!
अर्पण वचत तथा ऋण सहकारि संस्था लिमिटेड
बनेपा, काभ्रेपलाञ्चाेक