Cyc Saving & Credit Co-Operative Ltd

Cyc Saving & Credit Co-Operative Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Cyc Saving & Credit Co-Operative Ltd, Financial service, Baglung Bazar.

बागलुङ जिल्ला रायडाँडा गाविस वडा नं ४ पानीकटेरी निवासी श्री वेदनीधि पाठक सिवाईसी साकोसको शेयर सदस्य वन्नुभएकोमा संस्थामा...
05/01/2017

बागलुङ जिल्ला रायडाँडा गाविस वडा नं ४ पानीकटेरी निवासी श्री वेदनीधि पाठक सिवाईसी साकोसको शेयर सदस्य वन्नुभएकोमा संस्थामा स्वागत तथा सम्मान गर्दै सिवाईसी टिम

बागलुङ जिल्ला मालीका गाविस वडा नं. २ स्थीत गुरुप्रसाद सापकोटा र देवी सापकोटा दम्पती र सोही गाविस वडा नं. १ निवासी शालिकर...
13/11/2016

बागलुङ जिल्ला मालीका गाविस वडा नं. २ स्थीत गुरुप्रसाद सापकोटा र देवी सापकोटा दम्पती र सोही गाविस वडा नं. १ निवासी शालिकराम सापकोटा तथा बा.न.पा.२ निवासी शेरवहादुर तिलीजा पुन र डिलकुमारी पुन दम्पती सिवाईसी साकोसको शेयर सदस्य वन्नभएकोमा संस्थामा स्गावत तथा सम्मान गर्दै सिवाईसी टिम

सिवाईसीद्घारा श्रदाञ्जली सभासुमन जि.सी, बागलुङ १२, कार्तिक २०७३चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्थ...
28/10/2016

सिवाईसीद्घारा श्रदाञ्जली सभा
सुमन जि.सी,
बागलुङ १२, कार्तिक २०७३

चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाका सदस्य सीता थापाज्यूका आत्मीय पती समाजसेवी क्रियाशिल व्यक्तित्व बागलुङ जिल्ला सिगाना गाविस वडा नं. २ (हाल बा.न.पा.–३) नीवासी स्व. दिलवहादुर जि.सी (गनेश) कोे ५३ वर्षको उमेरमा मिति २०७३ कार्तिक ०८ गते भएको निधनप्रती दुःख र समवेदना व्यक्त गरेको छ ।
संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले ५ औँ दिनको पुण्य तिथीको अवसरमा स्वर्गिय जि.सीको घरमै पुगेर शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो । सो अवसरमा बोल्दै अध्यक्ष पौडेलले स्व. मगरलाई गुमाउनु पर्दा सिवाईसी मर्माहित भएको र संस्थालाई अपुरणिय क्षती पुगेको बताउनुका साथै परिवारजनलाई स्व. मगरले गरेका कार्यहरुलाई अनुसरण गर्दै अगाडि वढ्न र धैर्य गर्नका लागि आग्रह समेत गर्नुभएको थियो । साथै सोही अवसरमा संस्थाको तर्फवाट जि.सी परिवारलाई अध्र्वदैहीक कर्मका लागि रु १० हजार सहयोग उपलव्ध गराईएको थियो ।

संस्थाले जिवन आवास तथा सामाजिक सुरक्षा कोष मार्फत आफ्ना सदस्यहरुको रितिरिवाज, संस्कार, सामाजिक संस्कृति, चालचलन अनुसार मृत्यु पश्चात गरीने अध्र्र्वदैहिक कार्य, सुत्केरी अवस्थामा सुत्केरी स्याहार तथा पोषिलो खानेकुरा व्यवस्थापन, विरामी र दुर्घटनामा परेको अवस्थामा उपचार गर्न र वृद्धाअवस्थाको साहारा स्वरुप विभिन्न प्रकारको सुविधाहरु उपलव्ध गराउँदै आएको छ ।

सिवाईसीद्घारा श्रदाञ्जली सभासुमन जि.सी, बागलुङ १०, कार्तिक २०७३चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्थ...
26/10/2016

सिवाईसीद्घारा श्रदाञ्जली सभा
सुमन जि.सी,
बागलुङ १०, कार्तिक २०७३

चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाका सदस्य भोजराज शर्मा जैसी र नेत्रप्रसाद शर्माका पुज्यनीय पिता तथा संस्थाका सदस्य सितादेवी शर्मा र सुमित्रादेवी शर्मा रिजालका ससुरा समाजसेवी क्रियाशिल व्यक्तित्व बागलुङ जिल्ला भकुण्डे गाविस वडा नं. ६ निवासी स्व. लिलाधर शर्माकोे ७३ वर्षको उमेरमा मिति २०७३ कार्तिक ६ गते भएको निधनप्रती दुःख र समवेदना व्यक्त गरेको छ ।

संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले ५ औँ दिनको पुण्य तिथीको अवसरमा स्वर्गिय शर्माको घरमै पुगेर शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो । सो अवसरमा बोल्दै अध्यक्ष पौडेलले स्व. शर्मालाई गुमाउनु पर्दा सिवाईसी मर्माहित भएको र संस्थालाई अपुरणिय क्षती पुगेको बताउनुका साथै परिवारजनलाई स्व. शर्माले गरेका कार्यहरुलाई अनुसरण गर्दै अगाडि वढ्न र धैर्य गर्नका लागि आग्रह समेत गर्नुभएको थियो । साथै संस्थाले स्व. शर्मा परिवारलाई रु. २० हजार अध्वदैहीक कार्यका लागि सहयोग उपलव्ध गराएको छ ।

संस्थाले जिवन आवास तथा सामाजिक सुरक्षा कोष मार्फत आफ्ना सदस्यहरुको रितिरिवाज, संस्कार, सामाजिक संस्कृति, चालचलन अनुसार मृत्यु पश्चात गरीने अध्र्र्वदैहिक कार्य, सुत्केरी अवस्थामा सुत्केरी स्याहार तथा पोषिलो खानेकुरा व्यवस्थापन, विरामी र दुर्घटनामा परेको अवस्थामा उपचार गर्न र वृद्धाअवस्थाको साहारा स्वरुप विभिन्न प्रकारको सुविधाहरु उपलव्ध गराउँदै आएको छ ।

सहकारी शिक्षा तालिम सम्पन्नसुमन जि.सी.बागलुङ, आश्विन २१, २०७३सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाको सातौ...
07/10/2016

सहकारी शिक्षा तालिम सम्पन्न

सुमन जि.सी.
बागलुङ, आश्विन २१, २०७३

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाको सातौंै समृद्धि दिवसको पूर्व सनध्यामा सदस्य सेवाकेन्द्र तित्याङ बागलुङका सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति र विभिन्न कार्यदलका लागि शुक्रवार १ दिने सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ ।

सिवाईसीको परिकल्पना ध्येय, लक्ष्य, उद्देश्य भावि रणनीति, संस्थाले प्रदान गर्दै आइरहेका सेवासुविधा, समिति उपसमितिको संस्थाप्रतीको दायीत्व तथा काम कर्तव्य र अधिकार लगाएतका विषयहरुमा साझा बुझाईको विकास गर्ने उद्देश्यले सञ्चालीत तालिम कार्यक्रमको सहजिकरण संस्थाका केन्द्रिय अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए ।

संस्था मिति २०६६ चैत्र २६ गतेका दिन डिभिजन सहकारी कार्यालय बागलुङमा विधिवत रुपमा दर्ता भई मिति २०६७ आश्विन २२ गतेदेखि कारोवार शुरुवात गरेको थियो । कारोवार सुरुवात गरेको दिनलाई संस्थाले वार्षिक रुपमा समृद्धि दिवसको रुपमा मनाउदै आईरहेको छ । संस्थाले भोलीको दिनलाई मुल समारोहको रुपमा मनाउनका लागि शेयर सदस्य तथा बचत बृद्धि अभियानमा योगदान पु¥याउनु हुने दम्पती जोडीहरुलाई सम्मान, असल सदस्य परिचय–पत्र वितरण, जेष्ठ नागरिक पेन्सन वितरण लगाएतका कार्यक्रमहरु गरी मनाउने अध्यक्ष पौडेलले जानकारी दिए ।

२०७३ सालको विजय दशमी, शुभ दिपावली तथा छठ पवको पावन अवसरमा हार्दीक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । - सिवाईसी साकोस परिव...
06/10/2016

२०७३ सालको विजय दशमी, शुभ दिपावली तथा छठ पवको पावन अवसरमा हार्दीक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । - सिवाईसी साकोस परिवार बागलुङ

बागलुङ जिल्ला रेश गाविस वडा नं. ५ ओख्ले निवासी श्री युवराज थापा मगर सिवाईसी साकोसको शेयर सदस्य वन्नुभएकोमा संस्थामा स्वा...
03/10/2016

बागलुङ जिल्ला रेश गाविस वडा नं. ५ ओख्ले निवासी श्री युवराज थापा मगर सिवाईसी साकोसको शेयर सदस्य वन्नुभएकोमा संस्थामा स्वागत गर्दे सिवाईसी टिम

बागलुङ जिल्ला नरेठाँटी गाविस वडा नं. १ नीवासी श्री चन्द्रदत्त रेग्मी ज्यू सिवाईसी साकोसको शेयर सदस्य बन्नुभएकोमा उहाँलाई...
02/10/2016

बागलुङ जिल्ला नरेठाँटी गाविस वडा नं. १ नीवासी श्री चन्द्रदत्त रेग्मी ज्यू सिवाईसी साकोसको शेयर सदस्य बन्नुभएकोमा उहाँलाई स्वागत गर्दै सिवाईसी टिम

प्रतिनीधि भेला सम्पन्नसुमन जि.सीबागलुङ, २०७३ आश्विन १६सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको सदस्य सेवाकेन्द्र ति...
02/10/2016

प्रतिनीधि भेला सम्पन्न

सुमन जि.सी
बागलुङ, २०७३ आश्विन १६

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको सदस्य सेवाकेन्द्र तित्याङ अन्तर्गत प्रतिनीधि भेला आईतावार तित्याङ–९, अदुवावारीमा सम्पन्न भएको छ ।

भेलाले सदस्य सेवाकेन्द्र तित्याङ सञ्चालनका लागि कुमार प्रसाद उपाध्यायको संयोजकत्वमा १० सदस्यीय सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन समिति र ४ सदस्यीय सल्लाहाकार समिति सर्वसम्मतीवाट चयन गरेको छ । समितिको सह–संयोजक लक्ष्मण शर्मा, सचिव नवराज पौडेल, कोषाध्यक्ष दिला थापा, सदस्यहरु जमुना रायमाझि, लक्ष्मी के.सी, सोमप्रसाद पौडेल, दयाराम शर्मा, डिल्लीप्रसाद गौतम र केदार प्रसाद आचार्य रहेका छन् भने सल्लाहाकारहरु बद्रीप्रसाद शर्मा, गंगावहादुर खत्री, किरण थापा र नारायाण प्रसाद रिजाल रहेका छन् । भेलाले आजकै दिन कुमारप्रसाद शर्माको संयोजकत्वमा ऋण उपसमिति, नवराज पौडेलको संयोजकत्वमा शिक्षा उपसमिति, जमुना रायमाझिको संयोजकत्वमा महिला विकास उपसमिति र नारयाणप्रसाद रिजालको संयोजकत्वमा सदस्य विस्तार उपसमिति गठन गरेको छ ।

पश्चिमाञ्चलकै उत्कृष्ठ सहकारीको रुपमा रहेको संस्थाको पहिलो सदस्य सेवाकेन्द्र तित्याङमा हाल ६५० जना शेयर सदस्य, २ करोड ७ लाख ७६ हजार ७ सय शेयर रकम, ३ करोड ८८ लाख ३१ हजार ४ सय ८५ बचत र ३ करोड ९ लाख १ हजार ६ सय ९९ लगानीमा रहीरहेको ऋण रहेको छ ।

भेलाले तित्याङ सेवाक्षेत्र अन्तर्गत १ हजार सदस्य पु¥याउने, तित्याङ गविसलाई सहकारी गाउँको रुपमा विकास गर्ने लगाएतका निर्णयहरुको गरेको छ । साथै भेलाले नजिकै आईरहेको हिन्दुहरुको महान पर्व विजयदशमी तथा शुभदिपावलीको उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत गरेको छ ।

संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भेलाको स्वागत सदस्य सेवाकेन्द्र तित्याङका निवर्तमान संयोजक वद्रीप्रसाद शर्मा, सञ्चालन कुमारप्रसाद उपाध्याय र समापन ऐक्सेस कार्यदल सदस्य सीता शर्माले गरेकी थिईन ।

सिवाईसीद्घारा श्रदाञ्जली सभासुमन जि.सी, बागलुङ १३, आश्विन २०७३चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था...
29/09/2016

सिवाईसीद्घारा श्रदाञ्जली सभा
सुमन जि.सी,
बागलुङ १३, आश्विन २०७३

चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाका सदस्य श्री ऋषिराम गौतम तथा संस्थाका सुभचिन्तक टिका गौतम, सुवास गौतम र प्रेमप्रसाद गौतमका पुज्यानी पिता एवं सदस्य सरिता गौतमका पुज्यनीय शसुरा लेखानी गाविस वडा नं. १ नीवासी समाजसेवी, शिक्षाप्रेमी क्रियाशिल व्यक्तित्व स्व. डिल्लीराम गौतमको ७७ वर्षको उमेरमा मिति २०७३ आश्विन ०८ गते शनिवारका दिन भएको निधनप्रती दुःख र समवेदना व्यक्त गरेको छ ।
संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले छैठौ दिनको पुण्य तिथीको अवसरमा स्वर्गिय गौतमको घरमै पुगेर शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै संस्थाको नियमानुसार अध्र्वदैहीक कर्मका लागि रु. १० हजार गौतम परिवारलाई उपलव्ध गराएको छ । सो अवसरमा बोल्दै अध्यक्ष पौडेलले स्व. गौतमलाई गुमाउनु पर्दा सिवाईसी मर्माहित भएको र संस्थालाई अपुरणिय क्षती पुगेको बताउनुका साथै परिवारजनलाई स्व. गौतमले गरेका कार्यहरुलाई अनुसरण गर्दै अगाडि वढ्न र धैर्य गर्नका लागि आग्रह समेत गर्नुभएको थियो ।
संस्थाले जिवन आवास तथा सामाजिक सुरक्षा कोष मार्फत आफ्ना सदस्यहरुको रितिरिवाज, संस्कार, सामाजिक संस्कृति, चालचलन अनुसार मृत्यु पश्चात गरीने अध्र्र्वदैहिक कार्य, सुत्केरी अवस्थामा सुत्केरी स्याहार तथा पोषिलो खानेकुरा व्यवस्थापन, विरामी र दुर्घटनामा परेको अवस्थामा उपचार गर्न र वृद्धाअवस्थाको साहारा स्वरुप विभिन्न प्रकारको सुविधाहरु उपलव्ध गराउँदै आएको छ ।

साथै सोही अवसरमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङले पनि संघका सचिव ऋषिराम गौतमका पुज्यनीय पिता स्व. गौतमको निधनप्रती दुःख र समवेदना व्यक्त गरेको छ ।

सिवाईसीद्धारा नवनिर्वाचीत समिति उपसमितिलाई सहकारी शिक्षा तालिमसुमन जि.सी.बागलुङ, आश्विन १३, २०७३सिवाईसी बचत तथा ऋण सहकार...
29/09/2016

सिवाईसीद्धारा नवनिर्वाचीत समिति उपसमितिलाई सहकारी शिक्षा तालिम

सुमन जि.सी.
बागलुङ, आश्विन १३, २०७३

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको आयोजनामा संस्थाको सातौ वार्षिक साधारण सभावाट निर्वाचीत सञ्चालक समिति, लेखा समिति, सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति र कर्मचारीहरुका लागि होटल पिस प्यालेस बागलुङ बजारमा २ दिने सहकारी शिक्षा तालिम तथा अन्तरक्रियात्मक गोष्ठि बिहिवारदेखि सुरुवात भएको छ ।

तालिम कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थाको नवनिर्वाचीत समिति उपसमितिमा ८० प्रतिशत भन्दा वढि नयाँ व्यक्तिहरु रहेकाले सिवाईसी के हो ? सिवाईसीको परिकल्पना ध्येय, लक्ष्य, उद्देश्य भावि रणनीति, संस्थाले प्रदान गर्दै आइरहेका सेवासुविधा, ऐक्सेस के हो ?, समिति उपसमितिको संस्थाप्रतीको दायीत्व तथा काम कर्तव्य र अधिकार लगाएतका विषयहरुमा साझा बुझाईको विकास गर्नका लागि यो तालिम तथा अन्तरक्रियाको आयोजना गरेको बताए । पौडेलले यो २ दिने तालिम पश्चात नेफ्स्कुनसंगको सहकार्यमा नवनिर्वाचीत समिति उपसमितिको क्षमता अभिवृद्धिका लागि झापाको कन्काई नदीको तीरमा ५ दिने अन्तराष्ट्रिय स्तरको ऋग्म्ऋऋ तालिम सञ्चालन गर्ने बताए ।

संस्थाका उपाध्यक्ष गितादेवी रेग्मीको स्वागत प्रवन्धक नवराज शर्माको सञ्चालनमा सुरुवात भएको तालिम कार्यक्रमको सहजिकरण नेफ्स्कुनका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा ढकालको गर्ने सिवाईसी साकोसले जानकारी दिएको छ ।

नेपाल बचत तजा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का अध्यक्ष ऋषिराज घिमिरेज्यू एशियालि ऋण महासंघको हालै दक्षिण कोरिया...
11/09/2016

नेपाल बचत तजा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का अध्यक्ष ऋषिराज घिमिरेज्यू एशियालि ऋण महासंघको हालै दक्षिण कोरियाको ईन्चोन सहरमा सम्पन्न ३५औं साधारण सभाबाट प्रथम उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएको हार्दिक वदाई तथा शुभकामना :

Address

Baglung Bazar

Telephone

068-521699, 522937

Website

Alerts

Be the first to know and let us send you an email when Cyc Saving & Credit Co-Operative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share