20/09/2026
नमस्ते 🙏🙏🙏
नेपालमा आएको विपद व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले म आफू कार्यरत जेबी बैकबाट ३ करोड वन (झण्डै ३३ लाख रुपैया भन्दा बढि) नेपाली राजदूतावास सउल मार्फत नेपाल सरकारको राहत कोषमा जानेगरी गत शुक्रवार हस्तान्तरण गरिएको कुरा यहाहरुलाई अवगत नै छ ।
त्यसैगरी म आफैले विशेष अनुरोध गरी जेबी बैकका कोरियन कर्मचारीहरुसॅग स्वेच्छिक सहयोग रकम संकलन गर्दा बिभिन्न १७ जना कोरियन कर्मचारी मार्फत जम्मा हुन आएको ३७ लाख कोरियन वन ( नेपाली ४,०७,३१२ रुपैया) NRNA दक्षिण कोरियामार्फत NRNA केन्द्र हुदै नेपाल सरकारको राहत कोषमा जम्मा हुने गरी गत बुधबार हस्तान्तरण सम्पन्न भयो ।
यसरी यस महान पवित्र मानविय कार्यमा सहयोग पुर्याउनुहुने जेबी बैक तथा बैक परिवारलाई विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा मातृभुमीलाई पीडा यस्ता किसिमका विपदहरु नआउन भनी भगवानसॅग प्रार्थना गर्न चाहन्छु ।
धन्यवाद 🕉️🕉️🕉️