28/08/2026
गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीले धेरै नेपाली परिवारमा अपूरणीय पीडा र दुःख निम्त्याएको छ।
यस विपत्तिबाट प्रभावित सम्पूर्णमा आवश्यक सहयोग र राहत शीघ्र पुग्न सकोस् भन्ने कामना गर्दै घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गर्दछौँ।
यो कठिन समयमा नेपाली समुदायप्रतिको आफ्नो जिम्मेवारी र ऐक्यबद्धता व्यक्त गर्दै, ग्लोबल मनी एक्सप्रेस (GME) ले नेपाल सरकारको आधिकारिक राहत संयन्त्रमार्फत २ करोड कोरियन वन (KRW 20,000,000) आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
साथै, यस संवेदनशील समयमा नेपालमा पैसा पठाउनुहुने सम्पूर्ण महानुभावहरूलाई सहज होस् भन्ने उद्देश्यले GME मार्फत नेपाल पठाइने रेमिट्यान्समा सेवा शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ।
GME कोरियामा रहेका प्रत्येक नेपालीको विश्वास र मायाबाटै यहाँसम्म आइपुगेको संस्था हो। यो कठिन घडीमा, हामी तपाईंहरूकै साथमा छौं।
नेपालीको हरेक सुख र दुख, नेपाल र नेपालीसँगै GME!