PoundPaisa

PoundPaisa A center for general information on UK tax, finance, pensions, investment, and business.

Information shared is for general educational purposes only and does not constitute financial advice.

02/05/2026

UK मा Pension सम्बन्धी आधारभूत जानकारी 🏦

प्रायः धेरै जनालाई UK मा सुरुका दिनहरूमा pension बारे अस्पष्टता हुन्छ। तर pension बुझ्नु र सही तरिकाले व्यवस्थापन गर्नु भनेको आफ्नो retirement जीवनलाई आर्थिक रूपमा सहज र सुरक्षित बनाउनु हो।



🤔 Pension भनेको के हो?
Pension भनेको तपाईंले काम गर्दाको समयमा बिस्तारै बचत गर्दै जाने रकम हो, जसले retirement पछि तपाईंलाई नियमित income प्रदान गर्छ।

👉 अझ महत्वपूर्ण कुरा:
Pension केवल बचत मात्र होइन, यो कर-लाभयुक्त (tax-efficient) दीर्घकालीन लगानी पनि हो 📈



🔑 UK मा मुख्य 3 प्रकारका Pension:

1️⃣ State Pension (सरकारी पेन्सन) 🏛️
यो बेलायत सरकारले उपलब्ध गराउने आधारभूत पेन्सन हो, जुन तपाईंको कार्य अभिलेख (Work Record) र National Insurance (NI) योगदानमा आधारित हुन्छ।

👉 यो आर्थिकरुपमा सहज जीवनयापनको लागि मात्र पर्याप्त नहुन सक्छ।



2️⃣ Workplace Pension (रोजगारदातामार्फत) 💼
यो तपाईंको रोजगारदाता मार्फत उपलब्ध हुने पेन्सन योजना हो।

👉 UK कानून अनुसार, यदि तपाईंको आम्दानी निश्चित threshold भन्दा माथि छ भने, employer ले तपाईंलाई auto-enrolment मार्फत यो योजना मा समावेश गर्नैपर्छ।



3️⃣ Personal Pension / SIPP 🧾
👉 यो तपाईं आफैंले सुरु गर्ने pension हो (DIY pension)।
👉 Self-employed वा अतिरिक्त बचत गर्न चाहने व्यक्तिहरूका लागि उपयोगी।
👉 यसमा गरिएको योगदानमा तपाईंले tax relief पाउनुहुन्छ, जसले तपाईंको बचतलाई अझ प्रभावकारी बनाउँछ 📈
👉 तपाईंले आफ्नो लगानी आफैं छनोट गर्न सक्नुहुन्छ (shares, funds आदि) जसले दीर्घकालीन growth मा मद्दत गर्छ।

𝐇𝐨𝐰 𝐭𝐨 𝐆𝐞𝐭 𝐚 𝟐𝟓% 𝐁𝐨𝐨𝐬𝐭 𝐨𝐧 𝐘𝐨𝐮𝐫 𝐒𝐚𝐯𝐢𝐧𝐠𝐬 𝐰𝐢𝐭𝐡 𝐚 𝐋𝐈𝐒𝐀(𝗜𝘁'𝘀 𝗮𝗹𝗹 𝗮𝗯𝗼𝘂𝘁 𝗟𝗜𝗦𝗔)🇬🇧💰 Lifetime ISA (LISA) भनेको के हो? 🤔Lifetime IS...
04/04/2026

𝐇𝐨𝐰 𝐭𝐨 𝐆𝐞𝐭 𝐚 𝟐𝟓% 𝐁𝐨𝐨𝐬𝐭 𝐨𝐧 𝐘𝐨𝐮𝐫 𝐒𝐚𝐯𝐢𝐧𝐠𝐬 𝐰𝐢𝐭𝐡 𝐚 𝐋𝐈𝐒𝐀
(𝗜𝘁'𝘀 𝗮𝗹𝗹 𝗮𝗯𝗼𝘂𝘁 𝗟𝗜𝗦𝗔)

🇬🇧💰 Lifetime ISA (LISA) भनेको के हो? 🤔

Lifetime ISA (LISA) भनेको बेलायत सरकारद्वारा सञ्चालन गरिएको एक विशेष बचत योजना हो। यस योजनामा तपाईंले प्रत्येक कर वर्षमा अधिकतम £4,000 सम्म बचत गर्न सक्नुहुन्छ।

🎁 सरकारको बोनस
सरकारले तपाईंको जम्मा रकमको 25% बोनसको रूपमा थपिदिन्छ।
👉 उदाहरण: तपाईंले £4,000 जम्मा गर्नुभयो भने, सरकारले थप £1,000 बोनस दिन्छ।

━━━━━━━━━━━━━━━

🤔 के सरकारले दिएको बोनस फिर्ता गर्नुपर्छ?

यो योजनाको आफ्नै उद्देश्य र सिमाहरु छन्।
✔️ यदि तपाईंले तोकिएको उद्देश्य र सिमाहरु भित्र रहेर प्रयोग गर्नुभयो भने — फिर्ता गर्नु पर्दैन
⚠️ अन्य अवस्थामा निकाल्दा Penalty लाग्न सक्छ

━━━━━━━━━━━━━━━

📌 रकम कुन अवस्थामा प्रयोग गर्न पाइन्छ?

तपाईंले LISA को रकम तलका अवस्थाहरूमा प्रयोग गर्न सक्नुहुन्छ:

1️⃣ 🏠 पहिलो घर किन्दा (First-time buyer)
2️⃣ 👵 60 वर्ष पुगेपछि (Retirement)- तपाईंले यो उमेरमा पैसा निकाल्दा कुनै पनि कर (Tax-free)तिर्नु पर्दैन।
3️⃣ ⚕️ गम्भीर बिरामी अवस्थामा (Terminal illness)

✔️ यी अवस्थाहरूमा कुनै Penalty लाग्दैन

⚠️ ध्यान दिनुहोस्:
घर किन्न प्रयोग गर्दा LISA कम्तीमा 12 महिना पुरानो हुनुपर्छ र घरको मूल्य सरकारले तोकेको सीमा भित्र हुनुपर्छ।

━━━━━━━━━━━━━━━
📌यसको लागि को-को योग्य हुन्छन्?

यो योजनामा योग्य हुन निम्न सर्तहरू पूरा भएको हुनुपर्छ:

✅ 🇬🇧 UK Resident: तपाईं बेलायतको बासिन्दा हुनुपर्छ।
✅ 🎂 उमेर सीमा:१८ वर्ष पुगेको तर ४० वर्ष नकाटेको (१८–३९ वर्ष भित्रको) हुनुपर्छ।

━━━━━━━━━━━━━━━

📌 कहिले सम्म रकम जम्मा गर्न र बोनस पाउन सकिन्छ?
👉 18 वर्षदेखि 50 वर्षसम्म हरेक कर वर्षमा रकम जम्मा गर्न सकिन्छ
👉 सोही अनुसार 25% बोनस प्राप्त हुन्छ

💡 मुख्य कुरा:
✔️ खाता खोल्न 18–39 वर्षभित्र हुनुपर्छ
✔️ 50 वर्षसम्म जम्मा गर्न पाइन्छ
✔️ अधिकतम £4,000 प्रति वर्ष जम्मा गर्न पाइन्छ।

━━━━━━━━━━━━━━━

के LISA मा जम्मा भएको रकम पहिलो घर किन्न प्रयोग गरे पछि यो खाता बन्द हुञ्छ ?

🏠 पहीलो घर ?

हुदैन ❌

✔️ पहिलो घर किन्न रकम प्रयोग गरेपछि पनि खाता सक्रिय रहन्छ
✔️ 50 वर्ष नपुगेसम्म निरन्तर बचत र बोनस पाइन्छ
✔️ पछि Retirement का लागि पनि प्रयोग गर्न सकिन्छ

━━━━━━━━━━━━━━━

📌 के हरेक वर्ष पैसा जम्मा गर्न अनिवार्य छ?

छैन ❌

✔️ तपाईंको सुविधा अनुसार बचत गर्न सक्नुहुन्छ
✔️ कुनै वर्ष जम्मा नगरे पनि हुन्छ
✔️ £4,000 भन्दा कम पनि जम्मा गर्न सकिन्छ
✔️ एकैपटक वा किस्ताबन्दीमा deposit गर्न सकिन्छ

🎁 बोनस पनि तपाईंले जम्मा गरेको रकम अनुसार मात्र पाइन्छ

━━━━━━━━━━━━━
LISA एउटा flexible र फाइदाजनक योजना हो, जसले तपाईंलाई घर किन्न र भविष्य सुरक्षित गर्न मद्दत गर्छ। साथै यो लगानीको एक उत्कृष्ट र 'Tax Efficient' माध्यम हो।

"Need the official link? Drop a comment below."

✍️𝑼𝒑𝒄𝒐𝒎𝒊𝒏𝒈 𝑷𝒐𝒔𝒕𝒔
👉Investing through a LISA—A Smarter Way to Save Tax 📈✨
👉𝑹𝒆𝒏𝒕𝒊𝒏𝒈 𝑷𝒓𝒐𝒑𝒆𝒓𝒕𝒚 𝑩𝒆𝒍𝒐𝒘 𝑴𝒂𝒓𝒌𝒆𝒕 𝑷𝒓𝒊𝒄𝒆: 𝑻𝒉𝒆 𝑳𝒆𝒈𝒂𝒍 𝒂𝒏𝒅 𝑻𝒂𝒙 𝑹𝒖𝒍𝒆𝒔 𝒇𝒐𝒓 𝑼𝑲 𝑳𝒂𝒏𝒅𝒍𝒐𝒓𝒅𝒔" 📑💰...........................................a𝐧d m𝐚n𝐲 𝐦o𝐫e.

⚠️ Disclaimer:
This post is for educational and informational purposes only and does not constitute professional financial or legal advice

A council tenant as been ordered to pay back more than £29,000 after subletting his social housing property while living...
15/03/2026

A council tenant as been ordered to pay back more than £29,000 after subletting his social housing property while living elsewhere.

Wandsworth council proved the tenant was not the owner – Social housing tenant claimed to be private landlord letting own home

Address

Aldershot

Website

Alerts

Be the first to know and let us send you an email when PoundPaisa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category