12/09/2026
गजलकार कमल सङ्घर्षलाई कोरियामा स्वागत ।
चर्चित युवा गजलकार कमल संघर्षज्यूलाई दक्षिण कोरियामा स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिम समाज दक्षिण कोरियाका पदाधिकारी तथा सदस्यहरूले कोरिया पुगेका सङ्घर्षसहित दार्चुला जिल्ला अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराज्यूलाई समेत कार्यक्रममा स्वागत गरिएको थियो ।
नेपाली गजल साहित्यका लोकप्रिय गजलकार सङ्घर्ष हालै वैदेशिक रोजगारीका क्रममा कोरिया पुगेका हुन् ।