Prakash Acharya - Mortgage consultant

Prakash Acharya - Mortgage consultant Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prakash Acharya - Mortgage consultant, Mortgage brokers, Melbourne.

रियल एक्जाम्पल, तपाइंको लागि!आम्दानी भएर वा राम्रो भएर मात्रै पनि लोन पास हुँदैन| समग्रमा तपाईंको एप्लिकेशन स्ट्रंग देखि...
06/03/2025

रियल एक्जाम्पल, तपाइंको लागि!

आम्दानी भएर वा राम्रो भएर मात्रै पनि लोन पास हुँदैन| समग्रमा तपाईंको एप्लिकेशन स्ट्रंग देखिनुपर्छ राम्रो आउटकमको लागि| हुन त एकदमै थोरै एप्लिकेशनले मात्र रिजेक्सनको यस्ता नियति भोग्छन, तै पनि घर किन्ने सोच भएकाहरुले भने यस्ता सम्भावित रिजेक्सनबाट पाठ सिक्दै आफुलाई तयारी अवस्थामा राख्नुपर्दछ| जग्गाको लोन पास भएर घर बनाउने कन्स्ट्रक्सन लोन झिक्न जाँदा त्यही बैंकले डिक्लाइन गरेको एउटा डिलको कारणहरु जस्ताको तस्तै यहाँ प्रस्तुत गरेका छौं, सबैले मनन गर्नुहोला:

~ High loan to valuation position,
~ minimal savings,
~ relatively weak balance sheet for age,
~ unstable employment,
~ short length of employment,
~ tight or unsatisfactory servicing position with capacity to meet proposed repayment not demonstrated,
~ term of loan unacceptable given ages of applicants,
~ unacceptable conduct of existing accounts,
~ characteristics of security.

तपाईं पनि घर किन्ने चक्करमा हो? लोन र प्रोपर्टीसम्बन्धी कुरो अगाडी बढाउने वा तयारीका कदम चाल्ने हो कि? क्याप्कनलाइ सम्पर्क गर्ने हो कि?

घर किन्छु मात्र भन्नुहोस !!

फर्स्ट होम बायरले घर किन्दा मलाइ कतिसम्मको ऋण दिन्छ होला भनेर सोध्नुहुन्छ| २ वटा काम गरेको, साँझ राती वा वीकेण्ड पनि काम...
04/03/2025

फर्स्ट होम बायरले घर किन्दा मलाइ कतिसम्मको ऋण दिन्छ होला भनेर सोध्नुहुन्छ| २ वटा काम गरेको, साँझ राती वा वीकेण्ड पनि काम गरेको, तपाइंको बल र खटाइले गर्दा ओभरटाइम र बोनस इन्कम टन्नै भएको, बाल-बच्चा नहुँदा एक टकले काम गरेको, होलिडे लगायत अन्य डिस्क्रीनरी एक्स्पेन्सेसमा खर्च गर्ने बानी नबसिसकेको, शेयरमा बसेर रेन्टमा केहि राहत भएर सेभिङ्गको स्पीड बढेको जस्ता कुराहरुले गर्दा आम्दानी-खर्चको साइकलमा तपाईं अहिले पीक (टुप्पो) मा पुगेको अवस्था हो यो| बैंकहरुका लागि यस्ता अवस्थाका ग्राहकहरु प्राइम कस्टमर हुन् र हामी मोर्ट्गेज ब्रोकरहरुका लागि पनि यो भ्यानिला डिल हो|

तर, ऋण कति दिन्छ भन्दा पनि कति सम्मको ऋण बोक्दा तपाईं आफुलाई कम्फोर्टेबल हुन्छ भन्ने चाहिं धेरै महत्वपूर्ण हो| घर किनिसकेपछिका जीवनशैली र त्यसपछि हुन सक्ने दैनिकी सम्झिनुहोस| हप्ताको ४० घण्टा मात्र अर्डीनेरी आवर काम गर्दा हुने तपाईंको आम्दानीलाइ मध्यनजर राखेर जति ग्रस आम्दानी हुन्छ, त्यसलाई आधार बनाउनुहोस| उक्त ग्रस आम्दानीको साँढे ५ गुणा भन्दा बढी ऋण बोक्न थाल्नुभयो भने तपाईंलाइ किस्ता तिर्ने बेलामा हल्का तनाव हुन थाल्छ| तपाईंको प्रश्न बैंकलाइ होस् वा मोर्टगेज ब्रोकरलाई होस्, "मलाइ कति ऋण दिन्छ?" भन्दा पनि "मैले कतिसम्मको ऋण बोक्दा गाह्रो हुँदैन होला?" भनेर तेर्स्याउनुहोस्|

यदि क्याप्कनको सेवा र सहयोग चाहिन्छ भने, मेसेज पठाउनुहोस्| हल्का क्यालकुलेसन गरौँ न त !
घर किन्छु मात्र भन्नुहोस !!
0434400958

**Happy New Year 2025 from Capkon Home Loans Melbourne! 🎉**As we welcome the New Year, we want to take a moment to expre...
31/12/2024

**Happy New Year 2025 from Capkon Home Loans Melbourne! 🎉**

As we welcome the New Year, we want to take a moment to express our heartfelt gratitude to our existing clients. Thank you for your continued support and for being an essential part of our journey. Your trust in us is what drives us to provide the best service possible.

To all the new home buyers out there, we wish you good luck in your journey ahead. May this year bring you closer to your dream home!

We look forward to working together in 2025 and helping you achieve your financial goals.

Warm wishes for a prosperous New Year!

Best regards,
Prakash Acharya
Capkon Home Loans Melbourne

डिपोजिट कहिले चाहिन्छ?घर किन्ने बेलामा खातामा ट्याक्क सबै पैसा भएर घर किन्ने भनेको कोहि कोहिले मात्र हो।  मेरो अनुभवमा घ...
22/10/2024

डिपोजिट कहिले चाहिन्छ?
घर किन्ने बेलामा खातामा ट्याक्क सबै पैसा भएर घर किन्ने भनेको कोहि कोहिले मात्र हो। मेरो अनुभवमा घर किन्नेहरुले प्राय तानतुन नै गरेर डिपोजिट पुर्याउने गर्नुहुन्छ। घर किन्नको लागि तपाईंलाइ कति रकम चाहिन्छ भन्ने बारेमा जानकारी भए पछि उक्त रकम कहिले चाहिन्छ र होम लोन झिक्दाचाहिं सबै रकम आफैसंग हुनुपर्छ कि पर्दैन भन्ने पनि थाहा हुन पायो भने तपाईंलाइ आफ्नो ब्यबहार मिलाउन सजिलो हुनेछ।

होम लोन अप्लाइ गर्ने बेलामा तपाईंले किन्न लाग्नु भएको वा हेर्न लाग्नु भएको घरको मूल्यको कम्तीमा ५ प्रतिशत रकम खातामा हुनुपर्दछ। अरु बाँकी थप रकम तपाईंले घर भेटेर नामसारी गर्ने बेलासम्म जोहो गर्नुभए हुन्छ। यसको मतलब खातामा पैसा आइसकेको हुनुपर्दैन तर कहाँ कहाँ बाट ल्याउने, यसको स्रोत र नपुग रकम ब्यबस्थापन सम्बन्धि आधार भने पहिले नै तय गरिसकेको हुनुपर्दछ। तपाईंले आजै आफुलाई मन पर्ने घर भेट्टाउनु भयो, मूल्य मोलमोलाई भयो, र घर किन्ने कन्ट्रयाक्ट पनि साइन गर्नुभयो भने पनि तपाईंलाइ नामसारी गर्न कम्तीमा ४ हप्तादेखि ६ हप्ताको स्ट्याण्डर्ड समय दिइएको हुन्छ। यो समयले पुगेन र आफुलाई पैसा ब्यबस्थापन गर्न अझ सहज बनाउनुपर्छ भने कन्ट्रयाक्ट साइन गर्ने बेलामा थप नेगोसियसन गरेर बिक्रेताले मान्नुभयो भयो भने अर्को ३ महिना वा द्विपक्षीय सहमतिमा अझ लामो भाखा पनि राख्न सकिन्छ। तपाईंले आफुले जोहो गर्ने पैसा भनेको यही नामसारी गर्ने भाखामा चाहिने हो।
तपाईं पनि घर किन्न खोज्दै हुनुहुन्छ?
मलाई सम्पर्क गर्नुहोस।
घर किन्छु मात्र भन्नुहोस!

At Capkon Melbourne, We Provide Home Loan Advisor Brisbane, Home Loan Advisor Melbourne, Car Loan Advisor, Loan Advisor For Refinancing Car & Many More.

17/10/2024

के तपाईंसंग होम लोन छ?
आफुले किनेको घरबाट कति इक्विटी निकाल्न सकिन्छ भनेर उत्सुक हुनुहुन्छ?
अलिकति पैसा झिकेर आफ्नो ब्यबहार मिलाउने वा अन्य कुनै प्रोपर्टीमा लगानी गर्न सकिन्छ कि भनेर चेक जाँच गर्न चाहनुहुन्छ?
मलाइ सम्पर्क गर्नुहोस !
तपाईंको साविकको बैंक (वा अन्य अरु केहि बैंकहरुबाट पनि) फ्री मा मूल्यांकन गरिदिने ब्यबस्था मिलाउंदै थप के कसो गर्न सकिन्छ भनेर सल्लाह, सुझाव र परामर्श दिनेछु।
जस्ट, मेसेज गर्नुहोस !

अफ द प्लान प्रोपर्टी किन्दा होम लोन अर्गनाइज  कसरि गरिन्छ  ???>>> कुनै पनि प्रोपर्टी किन्दा चाहे त्यो अपार्टमेन्ट होस्, ...
08/10/2024

अफ द प्लान प्रोपर्टी किन्दा होम लोन अर्गनाइज कसरि गरिन्छ ???

>>> कुनै पनि प्रोपर्टी किन्दा चाहे त्यो अपार्टमेन्ट होस्, टाउन हाउस होस् , घर नै किन नहोस बनिसकेको छैन , बन्दै छ वा बन्ने वाला छ तर अग्रिम बिक्रीमा राखिएको छ !!! अझ भनौ अहिले नै बुक गर्न मिल्छ ५ %, १०% डिपोजिट गरेर !!!! तपाइले अहिले नै कनट्रयाक साइन गर्नुहुन्छ अहिलेको मूल्यमा जहाँ तपाइलाई कस्तो प्रकारको प्रोपर्टी बन्दै छ , र कहिले कम्प्लिट हुञ्छ मोटामोटी थाहा हुञ्छ ! यसरि प्रोपर्टी किन्ने तरिका जसलाई अफ द प्लान भनिन्छ यसका आफ्नै गुण अबगुणहरु छन् ! यसरी अफ द प्लानमा कुनै पनि प्रोपर्टी किन्दा तपाइको अहिलेको फाईनानसिअल सिचुएसन भन्दा पनि जुन बेला तपाइलाई प्रोपर्टी सेटल गर्नु छ त्यो बेलामा तपाइको त्यो बेलाको इन्कम सिनारियो के हुनेछ सोहि आधारमा होम लोन दिने हो बैंक ले ! त्यो बेला तपाइले किनेको प्रोपर्टीको भ्यालुएसन कति हुनेछ त्यो आधारमा बैंक ले लोन दिने हो !

तपाइले आज अफ द प्लान प्रोपर्टी साइन गर्दै गर्दा दुइ ओटै सम्भावना हुञ्छ एउटा घर जग्गाको भाउ बढेर घर रेडी हुदा हुदै तपाइले बढेको मूल्यको फाइदा लिन सक्नुहुन्छ र तेसै गरि यदी घर जग्गाको भाउ घटेर हालेको मूल्य भन्दा थोरै भए आफ्नै खल्ती बाट नपुग रकम हाल्नुपर्ने हुञ्छ ! मुख्य कुरा प्रोपर्टी सेटल गर्ने बेलामा जागिर गुम्यो वा तपाइको अरु फाईनानसिअल सर्कम्सटेन्स चेन्ज भयो र लोन अप्रोव नहुने अवस्था आयो भने भन्ने प्रश्न एकदमै महत्तोपूर्ण छ ! धेरै नै ओरकाउट गर्नु होला आफ्नो बरोइङ्ग क्यापासिटी चेक, प्री अप्रोवल, जब को स्थाइत्तो, प्राइस कम्प्यारिजन कम्तिमा पनि ! विचारगर्ने हो त अफ द प्लान प्रोपर्टीमा थप जिज्ञासा सहित

घर किन्छु मात्र भन्नुहोस !

02/10/2024

होम लोनको लागि प्री-अप्रुभल झिके पछि ९० दिनसम्म म्याद रहन्छ, त्यसको मतलब उक्त अबधिभित्र काम छोडेपनि वा फ़ुस्केपनि असर गर्ला कि नगर्ला?

प्री-अप्रुभल भनेको तपाईंको अहिलेको अवस्था (आम्दानी, खर्च, लोन, पारिवारिक अवस्था, क्रेडिट क्यारेक्टर आदि) कायम रहेको खण्डमा ९० दिनसम्म अर्को एसेसमेन्ट गर्नुपर्दैन भन्ने हो। यदि यो समयमा तपाईंको अवस्थामा परिवर्तन आयो भने त्यो अप्रुभलले खासै मान्यता राख्दैन। प्री-अप्रुभललाइ घर भेटेपछि फुल अप्रुभल गर्दा सम्ममात्र होइन, त्यसपछि पनि नामसारी भएर हस्तान्तरण नभएसम्म तपाइंको अवस्थामा परिवर्तन आउनु हुँदैन। बैंकहरुले अहिले बिभिन्न प्रबिधि प्रयोग गर्ने र तपाईंका डाटा बिभिन्न तरिकाले एक्सेस हुन सक्ने हुँदा तपाइंले त्यस्तो जोखिम आउन सक्ने काम गर्नुहुँदैन। आफ्नो नियन्त्रण भन्दा बाहिरको घटना भएर तपाईंको अवस्थामा परिवर्तन आयो भने पनि फाइनान्सियल डिसिजन गर्न हाम फालिहाल्नु हुँदैन। एकचोटि आफ्ना बैंक वा मोर्टगेज ब्रोकरहरु संग छलफल गरेर मात्र अगाडिको कदम चाल्नुपर्दछ|

तपाईंका पनि यस्तै प्रश्न र जिज्ञासा छन् त? क्याप्कनका मोर्टगेज ब्रोकरहरुलाई तुरुन्त परामर्शको लागि सम्झनुहोस !
घर किन्छु मात्र भन्नुहोस !!

31/08/2024

Home and land valuation info

30/08/2024

Unlock the secrets of a stress-free home purchase 🏡. Watch to avoid common pitfalls! 🎥

मोर्टगेज ब्रोकरको मा किन जाने ? घर किन्ने ऋण झिक्ने बेलामा बैंकको ब्रान्चमा सिधै नगएर हामीजस्ता मोर्टगेज ब्रोकरसंग किन ज...
31/07/2024

मोर्टगेज ब्रोकरको मा किन जाने ? घर किन्ने ऋण झिक्ने बेलामा बैंकको ब्रान्चमा सिधै नगएर हामीजस्ता मोर्टगेज ब्रोकरसंग किन जाने भन्ने प्रश्न तपाइंको दिमागमा आइरहेको होला | घर किन्ने निर्णय गर्दा मनका गाँठाहरु फुकाउन सक्नुपर्दछ, आफ्ना योजना प्रस्टसंग प्रस्तुत गर्न सक्नुपर्दछ| तल दिइएका जस्तै केहि बिषयमा धक खोलेर कुरा राख्न बैंकको ब्रान्चमा सजिलो हुन्छ कि आफ्नो भाषा बोल्ने मोर्टगेज ब्रोकरसंग?
- अलि अलि पैसा नपुग हुन्छ, ढुकुटी खेलेर जम्मा गर्ने बिचार छ
- अहिले बच्चा सानो हुन्जेल यसो गर्नुपर्ला, अनि पछि बच्चा ठुलो भएपछी उसो गर्नुपर्ला
- अहिले बच्चाको प्लान तत्काललाइ त छैन, तर बिहे गरेको पनि केहि बर्ष भइसकेको हुनाले घरबाट हल्का प्रेसर चाहिं आउन थालिसक्यो| हामीले किन्ने घरले यस्तो-उस्तो आवश्यकता पुरा गर्नुपर्दछ
- आदि, इत्यादि

जब मनको कुरा नै धक खोलेर राख्न सक्नुहुन्न भने तपाइंले पाउने समाधान कस्तो होला ? आउनुस, आजै धक खोलेर कुरा गर्नुहोस, घर किन्छु मात्र भन्नुहोस् !!

"लेण्डर मोर्टगेज इन्सुरेन्स अहिले नै तिर्नुपर्छ र ?" फर्स्ट होम बायरले हिजो फाइनान्स स्ट्राटेजी सेसनमा सोध्नुभएको प्रश्न...
29/07/2024

"लेण्डर मोर्टगेज इन्सुरेन्स अहिले नै तिर्नुपर्छ र ?" फर्स्ट होम बायरले हिजो फाइनान्स स्ट्राटेजी सेसनमा सोध्नुभएको प्रश्न थियो यो।

यदि तपाईंसंग २० प्रतिशत डिपोजिट छैन भने धेरै बैंकहरुले होम लोन झिक्ने बेलामा तपाईंलाइ इन्सुरेन्स किन्न लगाउँछ, ता कि भोलिका दिन तपाईंबाट लोन तिर्न नसक्ने देखियो भने यही इन्सुरेन्सका आधारमा बैंकहरुलाइ एक किसिमको राहत मिल्ने हुन्छ। यस्तो खाले इन्सुरेन्सलाइ लेण्डर मोर्ट्गेज इन्सुरेन्स भनिन्छ। यसलाई अहिले नै क्यास निकालेर तिर्नुपर्ने होइन, होम लोनमा पनि गाभ्न सकिने प्रावधान छ ।
~ यही इन्सुरेन्सको रकम बैंकपिच्छे फरक हुन सक्छन
~ केहि ट्रिक बेलैमा लगाउन सकियो भने यस इन्सुरेन्स रकममा ब्यापक बचत पनि गर्न सकिन्छ
~ होम लोनमा गाभ्दा अहिले अलि राहत त होला, तर यसको प्रो र कन्स हरु पनि छन्
~ बेला बेलामा यस्ता इन्सुरेन्सलाइ आधार बनाएर बैंकहरुले बिभिन्न स्किमहरु ल्याउने गरेका छन्। सकिन्छ भने यस्ता अफरको फाइदा उठाएको राम्रो हुन्छ

कहाँबाट बटुल्ने यस्ता त जानकारी? को संग गएर बुझ्ने थप कुरा ?
क्याप्कन। हजुर, क्याप्कनका ब्रोकरहरुलाई सम्झनुहोस।
घर किन्छु मात्र भन्नुहोस !!

मार्केट तातो चिसो जे होस्, किन्नेले किनिरहेका छन् !घर किन्छु मात्र भन्नुहोस!!
12/07/2024

मार्केट तातो चिसो जे होस्, किन्नेले किनिरहेका छन् !
घर किन्छु मात्र भन्नुहोस!!

Address

Melbourne, VIC

Alerts

Be the first to know and let us send you an email when Prakash Acharya - Mortgage consultant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prakash Acharya - Mortgage consultant:

Share