05/09/2026
🇳🇵 नेपालमा बाढी आउँदा, हामी नेपालीको मन पनि दुख्छ। ❤️
नेपालमा आएको बाढीका कारण धेरै परिवारले दुःख, पीडा र कठिन परिस्थितिको सामना गरिरहनुभएको छ। यो अवस्था देख्दा हामी जहाँ भए पनि, मन र भावना नेपालमै हुन्छ।
यही कारणले पछिल्ला १० दिनदेखि हामीले आफ्ना व्यवसायिक गतिविधिहरूलाई कम सक्रिय राखेका थियौँ। काम भने निरन्तर चलिरहेको थियो, तर यस्तो दुःखद समयमा उत्सव वा प्रचारभन्दा नेपाल र प्रभावित नेपालीहरूप्रति एक्यबद्धता जनाउनु हाम्रो प्राथमिकता थियो।
अब हामी फेरि सक्रिय हुँदैछौँ। 🙏
तर हाम्रो मन अझै पनि ती परिवारहरूसँगै छ, जसले यस विपत्तिमा आफ्नो घर, सम्पत्ति वा प्रियजन गुमाउनुभएको छ।
हामी नेपाली हौँ। नेपाल दुख्दा हामी पनि दुख्छौँ।
नेपाल उठ्दा हामी पनि सँगै उठ्नेछौँ। 🇳🇵❤️
प्रभावित सबैप्रति हार्दिक सहानुभूति र ऐक्यबद्धता।
The Mortgage Mate, Powered by Mortgage Xperts 🏠