16/12/2022
APPROVED, Another Home Loan!
491 Visa. Canberra. First Home.
क्यान्बेरामा किनिएको फर्स्ट होम हो यो। 491 भिसामा रहंदा घर किन्न सकिन्छ/सकिंदैन, के कस्ता प्रक्रिया हुन्छन, लोन कसरी झिक्ने लगायत बिषयहरुमा केहि महिना पहिले म संग फोनमा प्रारम्भिक छलफल गर्नुभएको थियो। हेर्दा हेर्दै एउटा प्रोपर्टी मन परेछ, मूल्य नेगोसियसन पनि गर्नुभएछ र डिपोजिट बापत ठुलो रकम पनि तिर्नुभएछ, तर होम लोन झिक्नको लागि चाहिं अलि परिबन्धमा परेर अर्कै एकजना मोर्टगेज ब्रोकरकोमा पुग्नुभएको रहेछ, र उहाँले आवेदन पनि हालिदिनुभएछ। केहि हप्ताको कुराइपछि उहाँबाट लोन स्वीकृत हुन सकेनछ र डिपोजिट गरिसकेको घर उम्काउन मन नलागेर म संग फेरी आपतकालीन सहयोगको लागि आउनुभएको थियो। समग्र घटनाक्रम नालीबेली सुनेपछि मैले समस्याको जरो पहिल्याएं र म यो फाइलमा सहयोग गर्न तयार भएको थिएँ। इमर्जेन्सी ल्यान्डीङ्ग गरेजस्तै बिभिन्न प्रोसेसहरुलाई रफ्तारमा कुदाउँदै मैले सिधै फुल अप्रुभलको लागि एप्लिकेशन हालिदिएको थिएँ। आज बिहानै लोन पास भएको खबर आयो, थाहा पाउनासाथ उहाँहरुलाई इमेल पठाईहालें।
मलाइ सेवा र सहयोगको लागि सम्झिनुभएकोमा हार्दिक धन्यावाद दिंदै, आज स्वीकृत लोनको लागि हार्दिक बधाई पनि !
तपाईं पनि 491 भिसामा हुनुहुन्छ?
मलाइ सम्पर्क गर्नुहोस !
घर किन्छु मात्र भन्नुहोस !!