365 Home Loans

365 Home Loans Trusted mortgage broker. 365 Home Loans offers comprehensive services. Contact us for help.
(1)

At 365 Home Loans, we are dedicated to helping our clients achieve their home ownership goals, whether they are purchasing their first home, refinancing, or investing in property. As a comprehensive mortgage brokerage with over 10 years of experience, we have the expertise and experience to navigate the home loan process and find the best loan options for our clients. Our team of highly skilled mo

rtgage professionals is committed to providing personalised service and assisting our clients every step of the way, from property research and inspection to negotiation and beyond. With access to a panel of over 40 lenders, we are able to offer competitive rates on a wide range of home loan products. Contact us today to learn more about how we can assist you with your mortgage needs.

Bathla Group voluntary administration मा — contract भएकाहरूले अहिले के गर्ने?धेरै नेपालीहरूको पहिलो घरको सपना जोडिएको ठू...
25/08/2026

Bathla Group voluntary administration मा — contract भएकाहरूले अहिले के गर्ने?

धेरै नेपालीहरूको पहिलो घरको सपना जोडिएको ठूलो बिल्डर 'Bathla Group' आधिकारिक रूपमा Voluntary Administration मा गएको छ।

जसले Bathla सँग घर बनाउँदै हुनुहुन्छ वा Off-the-plan मा १०% डिपोजिट बुझाएर पर्खेर बस्नुभएको छ, तपाईंहरूको मनमा अहिले कस्तो आँधी चलिरहेको छ, म महसुस गर्न सक्छु।

तर, panic हुनुअघि यी कुराहरु बुझ्नुहोला :

- Voluntary Administration भनेको कम्पनी बन्द (Liquidation) भइसकेको होइन। अब यसलाई बाहिरी Administrators ल़े कन्ट्रोल गर्ने छ l

- धेरैले भर्खर १०% डिपोजिट बुझाएर जग्गा Registration वा घर ready हुने दिन कुरेर बस्नुभएको छ। नआत्तिनुस्! अष्ट्रेलियाको कानुन अनुसार तपाईंको त्यो १०% डिपोजिट बिल्डरको खल्तीमा हुँदैन, त्यो वकिल वा रियल स्टेटको 'Trust Account' मा सुरक्षित राखिएको हुन्छ। भोलि कम्पनीले जग्गा दिन सकेन भने पनि तपाईंको डिपोजिटको पैसा फिर्ता आउने कानुनी बाटो हुन्छ। तर यसरि पैसा फिर्ता आउन बर्षौ भने लाग्न सक्छ l

- मेरो त घर बनिसक्यो, साँचो पइसकें, म त बचेँ" भनेर ढुक्क नपर्नुस्। भोलि घरमा पानी चुहियो, फाउन्डेसन बिग्रियो वा Major Defects भने कसले बनाइदिने? यस्तो अवस्थामा पनि त्यही Home Warranty Insurance ले तपाईंलाई मेजर डिफेक्ट्सको लागि ६ वर्षसम्म कभर गर्छ। त्यसैले आफ्ना सबै डकुमेन्ट र insurance पेपरहरू सुरक्षित राख्नुस्।येदि builder warranty भित्रै छ भने केहि भैहाले घर बन्न चाही धेरै समय लाग्न सक्छ l

- प्रोपर्टी बेच्ने agent वा साथीहरुसंग रिसाउनु भन्दा पहिले हजुरले किनेको प्रोपर्टीमा कतिको homework गर्नु भएको थियो भनेर एकपटक सम्झिनुहोला l हामीले हरेक client लाई हात जोडेर भन्दै आएको कुरा आज फेरि छर्लङ्ग भएको छ l off the plan हात हाल्नु भनेको limited upside potential को लागि आँखा चिम्लेर आगोसँग खेल्नु जस्तै हो l

आफ्नो conveyancer वा solicitor संग सल्लाह गर्नु होला l

सजग रहनुस, नाअतिनुस l

केहि सल्लाह सुझाब चाहिएमा हामी एउटा कलको दुरीमा छौ

धन्यवाद

21/08/2026

!!! SMSF त खोलियो, तर घर किन्न भ्याइएन !!!..........
गएको १० August देखि SMSF ले residential property किन्नको लागि नया लोन ( LRBA ) निकाल्न मिल्ने छैन l
धेरै जनाले SMSF त खोलिसक्नु भएको छ, super पनि सारिसक्नु भएको छ तर property किन्न भने भ्याउनु भएन l

उहाहरुको लागि अब बाँकि रहेका बाटा हरु l
....

- आफ्नै business चल्ने property किन्ने, यो नै सबैभन्दा ठुलो मौका हो l
residential मा लोन बन्द भए पनि commercial मा भने SMSF ले पहिले जस्तै लोन निकाल्न अझै मिल्छ l यसलाई business real property भनिन्छ l
हजुरको आफ्नै business छ भने, restaurant, grocery, warehouse, office, clinic, childcare जे भए पनि, त्यो business चल्ने property SMSF बाट किन्न मिल्छ l किनेपछि हजुरकै business ले त्यहि property मा काम गर्न मिल्छ अनि business ले भाडा आफ्नै SMSF लाई तिर्छ l
- अहिले हजुरले महिनाको जति भाडा घरबेटीलाई तिरिरहनु भएको छ, त्यहि भाडा अब हजुरकै super मा जान्छ l
- भाडा business को लागि expense नै हो, पहिले जस्तै l तर त्यो पैसा अरुको हातमा जादैन, हजुरकै retirement मा जम्मा हुन्छ l
- SMSF मा आएको भाडामा tax 15% मात्रै लाग्छ र pension phase मा गएपछि 0 हुन्छ l साथै property को भाउ बढ्यो भने त्यो पनि हजुरकै super मा बढ्छ l
- अहिले हजुरले आफ्नै personal नाममा business चल्ने property राख्नु भएको छ भने, त्यो property SMSF मा सार्न पनि मिल्छ l residential मा यो मिल्दैन, commercial मा मात्रै मिल्ने सुविधा हो l NSW मा यसरि सार्दा stamp duty जम्मा $750 लाग्छ l तर सस्तो हुने भनेको stamp duty मात्रै हो, अरु खर्च भने लाग्न सक्छ l आफ्नो नाम बाट SMSF मा सार्दा capital gain tax लाग्न सक्छ, साथै valuation, legal, accounting र लोन सम्बन्धि खर्च पनि जोडिन्छ l त्यसैले सार्नु अघि सबै खर्च जोडेर accountant संग हिसाब गरेर मात्रै अघि बढ्नु होला l
तर ध्यान दिनु पर्ने कुरा पनि छन् l commercial zone भएकै भरमा हुदैन, त्यो property साँच्चै business मै चलेको हुनुपर्छ l भाडा पनि बजार भाउ अनुसारै र लिखित lease मै हुनुपर्छ, नत्र ATO ले त्यो आम्दानीमा 45% सम्म tax लगाउन सक्छ l अनि deposit पनि सामान्यतया 20% देखि 30% सम्म चाहिन्छ l
.........

- SMSF बाट commercial प्रोपर्टी किनेर अरुलाई भाडामा दिन्छु भन्नु हुन्छ भने पनि मिल्नेछ तर commercial property हरुमा अहिले vacancy रेट हरु बढी भएकोले भाडा लगाउन पनि धेरै समय लाग्न सक्नेछ त्यसैले राम्ररी बुझेर वा लामो समयदेखि बसी रहेको tenant भए मात्रै यसको बारेमा विचार गर्नु होला l
....

- लोन नलिई किन्ने l
SMSF मा balance पुग्छ भने residential property पुरै cash ले किन्न अझै मिल्छ l श्रीमान श्रीमती दुबैको super एउटै SMSF मा जोड्नु भयो भने पुग्न पनि सक्छ l
....

- SMSF र आफ्नो नाम मिलाएर किन्ने l
tenants in common को रुपमा किन्ने बाटो पनि छ l यसमा SMSF ले borrow गर्दैन, हजुरले personal नाममा लोन निकाल्नु हुन्छ l नियम अलि जटिल छ, राम्ररी बुझेर मात्रै अघि बढ्नु होला l
....

- property बाहेक अरुमा लगानी गर्ने l
SMSF भनेको property किन्नकै लागि मात्रै भन्ने पनि होइन l share, ETF वा listed property मा लगानी गरेर पनि हजुरको super बढाउन सकिन्छ l
....

अब SMSF राख्ने कि बन्द गर्ने भन्ने कुरा पनि सोच्न सकिन्छ l हरेक वर्षको audit र accounting खर्च पनि जोडेर हिसाब गरेर हेर्नु होला l
....

अनि, हजुरको SMSF मा 10 August अघिकै residential लोन छ भने चिन्ता लिनु पर्दैन l त्यो जस्ताको तस्तै चल्छ र refinance पनि गर्न मिल्छ l

SMSF, super र tax सम्बन्धि निर्णय चाही accountant वा financial adviser संग बुझेर मात्रै गर्नु होला l

लोन र structure को कुरामा भने हामीलाई सम्झनु होला l

धन्यवाद

20/08/2026

!!! अब payslip मात्रै देखाएर लोन निकाल्ने दिन सकिदै !!!..........

अहिले home loan application गर्दा बैंकहरुले payslip र कहिलेकाही bank statement माग्ने गर्छन् l

तर AI बाट नक्कली payslip र income document बनाउन सजिलो हुदै गए पछि ठुला बैंकहरु झस्किएका छन् l

ANZ, CBA, NAB र Westpac ले अब customer को permission लिएर income सीधै ATO बाट verify गर्न पाउनु पर्ने माग गरेका छन् l

यो नियम लागु भयो भने payslip मा लेखिएको income मात्रै हेरेर बैंकले विश्वास गर्ने छैन l ATO मा भएको actual income संग पनि check गर्न सक्ने छ l अझ super statement पनि चाहिने कुरा भयो भने अचम्म नपर्दा पनि हुन्छ, अहिले PAYDAY सुपर ले गर्दा salary हाल्दा super पनि त्यहि दिननै हाल्नु पर्छ l

यसले नक्कली document प्रयोग गरेर loan निकाल्न गारो बनाउने छ भने genuine customer को paperwork कम भएर application छिटो पनि हुन सक्छ l

तर bank ले हजुरको permission बिना ATO को information हेर्न भने पाउने छैन l

यो नियम लागु भइसकेको छैन, अहिले बैंकहरुले सरकारसँग माग गरेको कुरा मात्रै हो l

भोलिको दिनमा यो लागु भयो भने home loan application गर्ने तरिका अझ सजिलो र सुरक्षित हुन सक्छ l

थप जानकारी सल्लाह सुझाबको लागि हामीलाई सम्झनु होला l

धन्यवाद,

11/08/2026

Finsure Awards 2026 — डबल फाइनलिस्ट..............
Top Broker (Finalist) — Jwala Aryal ( NSW )

Top Brokerage (Finalist) — 365 Home Loans [ Top Brokerage (

11/08/2026

आज RBA ले Cash Rate 4.35% मै 'Hold' गर्‍यो। तर खुसी भइहाल्ने बेला भएको छैन!

RBA ले सिधा भन्दिएको छ— महँगी अझै कन्ट्रोलमा छैन, आवश्यक परे जुनसुकै बेला फेरि रेट बढाउन सक्छौँ।

त्यसैले "अब त रेट घट्छ होला" भनेर नबस्नुस्। तत्काल घट्ने छाँटकाँट छैन।

केही सल्लाह चाहिए मलाई कल गर्नुस्।

Thank you

17/07/2026

एउटै घरलाई जीवनभर Tax-Free बनाउने जादु!

10/07/2026

हिजोको SMSF vs Super को चार्टमा धेरैले सोध्नुभयो— "यो $693,000 को सुपर ब्यालेन्स र 5.9% Breakeven को हिसाब ठ्याक्कै कसरी आयो? अनि Negative Gearing र Depreciation खै?"

यहाँ कुनै कुरा लुकाइएको छैन। पर्दा पछाडिको सम्पूर्ण गणित (Step-by-step Math) र ट्याक्स बेनिफिटको हिसाब तल राखिएको छ।

1. Input Assumptions (लगानीको अवस्था)
* Property purchase price: $800,000
* Member super balance used: $200,000 (यसले 20% Deposit [$160K] + NSW Stamp duty, SMSF set up cost + Legal fees [$40K]
* Loan amount: $640,000 (Interest-only, 7.00% p.a.) ( you can’t get 7% interest only for SMSF loans just assumptions based on current P&I rates )

* Gross rent: $650/week ($33,800/yr) - ३% ले हरेक वर्ष बढ्ने अनुमान
* Super return benchmark: 8% p.a. (लामो अवधिको औसत)
* Holding period: 10 years
* Selling costs at exit: 2% (Agent + legals)
* SMSF CGT on sale: 10% (१५% ट्याक्स रेटमा १/३ छुट, Accumulation phase मा)
* CGT cost base: $837,000 (Purchase price + stamp duty + setup costs)

2. Annual Cash Flow (Year 1)
* Interest: $640,000 × 7% = $44,800
* Gross rent: $650 × 52 = $33,800
* Less annual expenses (~$10,000): - Vacancy allowance (२ हप्ता): $1,300
* Property management (~7%): $2,275
* Rates, water, insurance, maintenance: $5,500
* Additional SMSF admin/audit for LRBA: $2,250
* Net rent Year 1: $23,800
*
Holding shortfall: $44,800 − $23,800 = $21,000/year (करिब $404/week)। यो घाटा SMSF मा Contributions गरेर तिर्नुपर्छ। १० वर्षमा यो जम्मा करिब $202,000 हुन आउँछ।

3. The Tax Benefits (Negative Gearing & Depreciation)
धेरैले सोध्ने कुरा यही हो। माथिको $21,000 को घाटामा SMSF भित्र के फाइदा हुन्छ?
* Negative Gearing: सुपरभित्र ट्याक्स रेट १५% हुन्छ। यो $21,000 को घाटामा १५% ट्याक्स रिफन्ड आउँछ = वर्षको $3,150 बचत।
* Depreciation: यदि प्रोपर्टी नयाँ छ र वर्षको $8,000 Depreciation गर्न मिल्छ भने: $8,000 × १५% = थप $1,200 बचत।
* Net Effective Shortfall: यो जम्मा $4,350 को ट्याक्स फाइदा घटाउँदा, खल्तीबाट जाने वास्तविक रकम हप्ताको $404 बाट घटेर करिब $320 हुन आउँछ। (यसले अन्तिम Breakeven लाई ५.९% बाट झारेर करिब ५.३% - ५.५% मा ल्याउँछ। हामीले तलको चार्टमा एकदमै Conservative ५.९% नै देखाएका छौँ)।

4. Scenario A — Benchmark (सुपरमै छोडेको भए)
दुवै रकमलाई 8% p.a. मा कम्पाउन्डिङ गर्दा:

1. Lump sum: $200,000 × 1.08^10 = $431,785
2. Shortfall contributions: घर होल्ड गर्न तिर्नुपर्ने पैसा घर नकिनी सुपरमै हाल्दै गएको भए = $261,054
Benchmark total after 10 years: $692,839 (~$693K) (यो नै सही तुलना हो, किनकि दुवै अवस्थामा तपाईंको उही पैसा प्रयोग भएको छ।)

5. Scenario B — Property Outcome (घर किन्दाको नतिजा)
यसको फर्मुला: (Sale value) - (2% selling costs) - (10% CGT) - ($640K loan payout) = Net Equity.
Worked example at 7% growth: $800,000 घरको मूल्य १० वर्षमा $1,573,721 पुग्छ। त्यसबाट $31,474 selling costs घटाउने → Capital Gain $705,247 हुन्छ → त्यसमा $70,525 CGT तिर्ने → अनि $640,000 लोन चुक्ता गर्ने = Net equity $831,722 (जुन सुपरको $693K भन्दा $139K ले बढी हो)।

6. Results (कुन Growth मा कति फाइदा?)
Growth p.a. Property equity (10 yrs) vs Super($693K)

3% $391,967 −$300,871 (घाटा)
4% $488,160 −$204,679 (घाटा)
5% $593,048 −$99,791 (घाटा)
6% $707,322 +$14,483 (फाइदा)
7% $831,722 +$138,883 (फाइदा)
8% $967,037 +$274,199 (फाइदा)
9% $1,114,112 +$421,273 (फाइदा)
10% $1,273,845 +$581,006 (फाइदा)

Breakeven: ~5.9% p.a. property growth (Tax benefit जोड्दा ~5.3% देखि 5.5%)।

7. Leverage Sensitivity & Caveats

* Leverage: $800K को प्रोपर्टीमा १% ग्रोथ हुँदा वर्षको $8,000 थपिन्छ। सुपरको $200K मा १% ग्रोथ हुँदा जम्मा $2,000 थपिन्छ। यो 4:1 को Gearing ले फाइदा र घाटा दुवैलाई बढाउँछ।

* Interest Rate: ब्याजदर 0.5% ले घट्यो भने वर्षको $3,200 बच्छ र Breakeven अझै 0.35% ले तल झर्छ।

* Pension Phase: यदि घर रिटायरमेन्ट (Pension phase) मा गएर बेच्ने हो भने CGT 0% हुन्छ।

* Regulatory Timing (URGENT): नयाँ SMSF residential loan (LRBA) को कानुन परिवर्तन हुँदैछ। १० अगस्ट २०२६ भन्दा अगाडि कन्ट्र्याक्ट साइन नभए यो अवसर सधैँका लागि गुम्नेछ। जम्मा १ महिना मात्र बाँकी |

Thank you

10/07/2026
03/07/2026

SMSF Property : Deadline, Risk & Strategy

!!! SMSF बाट 'Residential Property' किन्ने यो नै अन्तिम मौका हो! (अब जम्मा केही हप्ता मात्र बाँकी)  !!! . .सरकारले SMSF ...
26/06/2026

!!! SMSF बाट 'Residential Property' किन्ने यो नै अन्तिम मौका हो! (अब जम्मा केही हप्ता मात्र बाँकी) !!!
. .

सरकारले SMSF मार्फत लोन लिएर Residential Property किन्ने बाटो बन्द गर्ने कानुन सिनेटबाट पास गरिसकेको छ। यो कानुन लागु हुनु अगाडि (अनुमानित अगस्टको मध्यतिर) यदि हजुरले घर किन्ने Contract of Sale मा साइन गरिसक्नुभयो भने, हजुरको लगानी १००% सुरक्षित (Grandfathered) हुनेछ। पछि गएर यो नियमले हजुरलाई कुनै असर गर्ने छैन।

त्यसोभए किन आजैबाट प्रक्रिया सुरु गर्नुपर्छ? (The Real Timeline):

धेरैलाई लाग्ला— "अगस्टसम्म त म्याद छ नि, बिस्तारै गर्दा भइहाल्छ।" तर यथार्थ त्यस्तो छैन। आउनुस्, हिसाब गरौँ:

📝 नयाँ SMSF सेटअप: सामान्यतया १ देखि २ हप्ता लाग्छ। (तर कहिलेकाहीँ ATO ले यसलाई 'Compliant' भनेर दर्ता गर्न थप समय लिन सक्छ)।

🏦 बैंक खाता र लोन: SMSF को बैंक खाता खोल्न केही दिन र लोन अप्रुभल (Loan Approval) निकाल्न थप केही दिन लाग्छ।

🏡 सबैभन्दा ठूलो चुनौती (The Main Hurdle): माथिका पेपरवर्क त हामी छिट्टै गरौँला, तर सबैभन्दा महत्त्वपूर्ण र समय लाग्ने कुरा भनेको— हजुरले आफूलाई मनपर्ने घर खोज्न र Deadline भन्दा अगाडि नै निर्णय लिएर कन्ट्र्याक्ट साइन गर्नु हो! घर खोज्न, इन्स्पेक्सन गर्न र वकिलमार्फत कन्ट्र्याक्ट रिभ्यु गर्न प्रशस्त समय चाहिन्छ। यदि हजुरले आजैबाट प्रक्रिया सुरु गर्नुभएन भने, मध्य-अगस्टको 'Deadline' भेटाउन असम्भव जस्तै हुन्छ।

कति पैसा चाहिन्छ त? (The Budget):
SMSF मार्फत घर किन्न सामान्यतया २०% Deposit र Stamp Duty को आवश्यकता पर्छ।
प्रोपर्टीको मूल्य अनुसार, यदि हजुर र हजुरको पार्टनरको सुपर ब्यालेन्स जोड्दा करिब $150,000 देखि $200,000 सम्म पुग्छ भने, हजुरले यो अन्तिम अवसरलाई मज्जाले सदुपयोग गर्न सक्नुहुन्छ।

यो घडी हेरेर बस्ने समय होइन, बजारमा घर खोज्न निस्किने समय हो! हजुरको फाइललाई 'Fast-track' मा अगाडि बढाउन र समयमै कन्ट्र्याक्ट सुरक्षित गर्न आजै हामीलाई कल गर्नुहोस्।

धन्यवाद,

Address

33 Oakhill Drive
Castle Hill, NSW
2154

Alerts

Be the first to know and let us send you an email when 365 Home Loans posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 365 Home Loans:

Shortcuts

Share