Karnali Development Bank Pidit Haru

Karnali Development Bank Pidit Haru Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Karnali Development Bank Pidit Haru, Bank, Khathamandu, Tokha.

डिल्लीराज सुवेदी (संयोजक) भालुबाङ 9748345552
जगदीश भण्डारी (सहसंयोजक) तुल्सीपुर 9847824911
पूर्ण प्र. नेपाल ( सचिव) भुरीगाउँ. 9858087001
शरदा केसी (कोषाध्यक्ष) भालुबाङ 981-0888779
रेसम घर्ती (सहकोषाध्यक्ष) कोहलपुर 9826932650

30/09/2026

!!!

27/09/2026

गम्भीर ध्यानाकर्षण !!!!!!!!!??? गम्भीर ध्यानाकर्षण !!!!!

नेपाल राष्ट्र बैंकका कर्मचारीहरूले खाली झुठा आश्वासन
मात्र दिइरहेका छन् । निचोट ,निकास ,मापदण्ड ,निर्णय कुनै पनि प्रकाशन गरेका छैनन् । खाली झुटा आश्वासन आश्वासन यो गरिनेछ त्यो गरिनेछ यो लगानीकर्ता त्यो लगानीकर्ता यो सेयर त्यो सेयर , यो निकाय त्यो निकाय वास्तविक काम ०००० सुन्य । बैंक पुन सञ्चालन, मर्जर वा अन्य प्रक्रियाको कुनै पनि लिखित सूचना प्रकाशन गरेको छैन। खाली अनेक प्रकारका आश्वासन आश्वासन जनतालाई झुलाउने काम मात्र गरिरहेका छन्। करिब २ दुई वर्ष भयो आश्वासन आश्वासन आश्वासन , यस्तो काम कार्य आश्वासन प्रति केन्द्रीय संघर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको छ।

जनतालाई मौखिक आश्वासन मात्र होइन, लिखित निर्णय निकास मापदण्ड देउ।
जनतालाई ५,०००‌ पाँच हजार मात्र होइन, हाम्रो सबै पैसा फिर्ता गर् । solutions देउ ।

( केन्द्रीय संघर्ष समितिको बैठक छिट्टै बस्नुपर्ने र
आन्दोलनको मिति तय गर्नुपर्ने भएकाले सम्पूर्ण पीडित साथीहरू जोडिनुहोला । धन्यवाद )

कर्णाली डेभलपमेन्ट बैंक पीडित
केन्द्रीय संघर्ष समिति (सम्पूर्ण पीडितहरू)

27/09/2026

आदरणीय कर्णाली डेभलपमेन्ट बैंकका पीडित व्यक्तिगत बचतकर्ता, संस्थागत बचतकर्ता र लगानीकर्ता तथा सरोकारवालाहरू
कर्णाली डेभलपमेन्ट बैंक पीडित केन्द्रीय संघर्ष समितिको बैठक छिट्टै बस्नु पर्ने भएकाले । सम्पूर्ण पीडित साथीहरू जोडिनुहोला ।

22/09/2026

सूचना । सूचना।। सूचना।।।

आदरणीय सम्पूर्ण दाङ शाखा संघर्ष समिति का पदाधिकारीहरू र इच्छुक बचतकर्ताज्यूहरू यही असोज ७ गते बुधबार घोराही जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनुपर्ने भएकाले दिउँसो ११:०० बजे कर्णाली डेभलपमेन्ट बैंक घोराही शाखामा सबैजना उपस्थिति भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

समय :- दिउँसोको ११ बजे।
स्थान:- कर्णाली डेभलपमेन्ट बैंकको शाखा कार्यालय घोराही ।
दाङ जिल्लामा रहेका कर्णाली डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखाका इच्छुक साथीहरु उपस्थित हुनुहोला । धन्यवाद।।

थप जानकारीका लागि दिएको नम्बरमा सम्पर्क गर्नुहोला।
9847944885,9748345552,9867181371,
9847836114


कर्णाली डेभलपमेन्ट बैंक पीडित
केन्द्रीय संघर्ष समिति ( सम्पूर्ण पीडितहरू)

!!!!!
21/09/2026

!!!!!

20/09/2026

सूचना । सूचना।। सूचना।।।

आदरणीय कर्णाली डेभलपमेन्ट बैंकका पीडित व्यक्तिगत बचतकर्ता , संस्थागत बचतकर्ता र लगानीकर्ता तथा सरोकारवालाहरु अबको निर्नायक आन्दोलनको तयारीमा जुट्नका लागि हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल ले दिएको छ महिनाको सीमा अवधि पनि सकिन लागिसक्यो। तर बैंकको पूर्णसंचालन, मर्जर, वा अन्य कुनै विकल्प सम्बन्धी लिखित निर्णय ,निकास तथा प्रस्ताव अहिलेसम्म आएको छैन। कुनै प्रगति विवरण पनि देखिएको छैन। त्यसैले हामी पीडित जनता बाध्य भई आफ्नो मागहरू पूरा गर्नको लागि आन्दोलनमा जुट्दैछौँ।

अब अति नै भइसक्यो ।
करिब २ दुई वर्ष भयो। हामी पीडितले कहिले पैसा फिर्ता पाउने ।
जनताको पैसा छिटो फिर्ता गर्।
नेपाल सरकार जनतालाई न्याय देउ।

नेपाल राष्ट्र बैंक जनताको पैसा छिटो फिर्ता गराउ , नेपाल राष्ट्र बैंकको फितलो सुपरिवेक्षणको कारण आज जनताको पैसा फसेको छ
हामी जनतालाई मर्न बाध्य नेपाल राष्ट्र बैंकले बनाएको छ ।

नेपाल राष्ट्र बैंक र त्यसमा संलग्न कर्मचारीहरू कर्णाली डेभलपमेन्ट बैंक पहिलेदेखि नै खराब स्थितिमा रहँदा रहँदै पनि बैंक सही स्थितिमा छ भनी गलत रिपोर्ट, गलत सुपरभिजन किन देखायो , किन गतिलो सही सुपरभिजन भएन ।
नेपाल राष्ट्र बैंकका कर्मचारीहरू कति आश्वासन आश्वासन दिन्छौ जनतालाई झुठा आश्वासन दिन बन्द गर् ।
जनतालाई आश्वासन होइन , जनतालाई काम चाहिएको छ, लिखित निर्णय ,निकास, प्रस्ताव।
नेपाल राष्ट्र बैंक , हामी जनताले तिम्रो बैंकङ प्रणालीप्रति कसरी विश्वास गर्ने। बैंकप्रति कसरी विश्वास गर्ने। आफ्नो मेहनतको पैसा कसरी बैंकमा लगेर जम्मा गर्ने, फेरि अर्को बैंकले खाइदिने हो कि नेपाल राष्ट्र बैंकले नै स्वीकृति दिएको अर्को संस्थाले खाइदिने हो कि ? अब नेपाल राष्ट्र बैंक प्रति जनताले विश्वास गर्ने कुनै आधार भएन ।
आज कर्णाली डेभलपमेन्ट बैंकका पीडित जनताको यस्तो हालत छ भोलि अर्को बैंकको पनि यस्तो नहोला कसरी भन्न सकिन्छ????
जनताको पैसाको सुरक्षा गर ।
जनतालाई मर्न बाध्य नबनाउ ।
नेपाल सरकार जनतालाई न्याय देउ ।

अबको आन्दोलन के कस्तो गर्ने र कुन मितिमा गर्ने सम्बन्धमा केन्द्रीय संघर्ष समिति निरन्तर छलफलमा जुटिरहेको छ। पीडित साथीहरुले आफ्नो सल्लाह सुझाव राय दिनुहोला। धन्यवाद।

कर्णाली डेभलपमेन्ट बैंक पीडित
केन्द्रीय संघर्ष समिति ( सम्पूर्ण पीडितहरू)

!!!!!!!🙏🙏🙏🙏🙏
15/09/2026

!!!!!!!🙏🙏🙏🙏🙏

Address

Khathamandu
Tokha
44600

Website

Alerts

Be the first to know and let us send you an email when Karnali Development Bank Pidit Haru posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category