BJN Mp Investment & Research Pvt Ltd

BJN Mp Investment & Research Pvt Ltd Investing in different sectors.

2073/02/17
30/05/2016

2073/02/17

30/05/2016

बाफियाले तर्सायो बैंकका लगानीकर्ता, बजेटबाट 'कन्फ्युज' बिमा , मेगाका सेयरधनी धमाधम पैसा छाप्दै

काठमाडौं । अर्थसमितिबाट पारित भएको बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयकले अत्तालिएका लगानीकर्ता बजेटमा गरिएका ब्यवस्थाले बिमालाई फाइदा पुग्यो कि घाटा भनेर 'कन्फ्युज' देखिएका छन् ।

सेयर बजारको थपघट नाप्ने सुचक हरियो भएपनि सोमबार बिमा र बैंक भने रातो भएका छन् । विधेयक पारित भएपछि बैंक तथा वित्तीय संस्थाको सबै संस्थापक सेयर साधारण भएर बजारमा 'ओभर सप्लाइ' हुने लगानीकर्ताको विश्लेषण छ ।

बजेट आउनुअघि बिमाको पुँजी बढ्ने हल्ला चलेको थियो । बजेटमा त्यो कार्यक्रम नआए पनि ब्यापार बढ्ने कार्यक्रमहरु भने आएका छन् । यसैमा लगानीकर्ता 'कन्फ्युज' भएको ब्रोकर कम्पनीहरुमा भेटिएका कारोबारीहरुले बताए ।

उनीहरुका अनुसार स्वास्थ्य बिमाका कारण ब्यापार बढे पनि यो अति नै जोखिम पूर्ण कारोबार भएकाले कम्पनीहरुलाई नोक्शान पनि हुनसक्छ ।

सोमबारको बजारमा बाणिज्य बैंकिङ समूह आधा अंकले घटेको छ । बिमा सुचक पनि ६.६५ अंकले घटेको छ । समग्र बजार भने ४.७१ अंकले बढेको छ । बजार नेपाल टेलिकम सुचिकृत अन्य समूह, जलविद्युत र उत्पादनमूलक समूहले बढाएका हुन् ।

अन्य समूह ९.४ अंकले उक्लिएको छ । जलविद्युत ७७ र उत्पादनमूलक १३४ अंकको हाराहारीमा उक्लिएको छ । फाइनान्स पनि १३ अंकले बढेको छ ।

दिनभरीमा बजारमा एक अर्ब १९ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएका छन् । यसमध्ये १० करोड ४३ लाख रुपैयाँ सानिमा बैंकको कारोबार भएको छ । सिटिजन्स बैंकको पनि ९ करोड ८१ लाख रुपैयाँको किनबेच भएको छ । बजारमा चिलिमेको ६ करोड ८२ लाख र नेशनल हाइड्रोको पाँच करोड ६७ लाखको किनबेच भएको छ ।

सोमबारको बजारबाट कञ्चन डेभलपमेन्ट, नमस्ते वित्तीय संस्था, मेगा बैंक र कर्णाली डेभलपमेन्टका लगानीकर्ताले १० प्रतिशतले बढि सम्पतिको भाउ पाएका छन् ।

काठमाडौं । अर्थसमितिबाट पारित भएको बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयकले अत्तालिएका लगानीकर्ता बजेटमा गरिएका ब्यवस्थाले बिमालाई फाइदा पुग्यो कि…

29/05/2016

समाजमाद उन्मुख' बजेटलाई पुँजी बजारको रातो झन्डा, बिमा र विद्युतले थोरै धान्यो, मेगा बिक्रीमा आयो

काठमाडौं । पुँजी बजारले नेकपा एमालले ल्याएको 'समाजवाद उन्मुख' बजेटलाई रातो झन्डा देखाइदिएको छ । बिमा र जललिद्युतले केही माथि तान्न खोजे पनि बैंकिङ क्षेत्रको सेयर मूल्य झर्दा समग्र सुचक रातो भएको हो ।

बजार २.८४ अंकले घटेर भन्द भएको छ । दिनभरीमा १२५ कम्पनीको एक अर्ब १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

बजेटपछिको पहिलो कारोबारमा बै‌किङ ८.७२ अंक, विकास बैंक नौं र फाइनान्स ३.२७ अंकले झरेको छ । बिमा ३८.२५ र जलविद्युत ७५.९२ अंकले बढेको छ । होटेल पनि १२ अंकले बढेको छ ।

मर्जरको प्रकृया सकेपछि करिव एक बर्षपछि कारोबार भएको मेगा बैंकको सेयर मूल्य १० प्रतिशत हाराहारीले बढको छ । सबैभन्दा वढि कमाउनेमा मेगासहित लुम्बिनी जनरल, नमस्ते वित्तीय संस्था र कर्णाली डेभलपमेन्टका लगानीकर्ता छन् । बढि गुमाउनेमा सामूहिक लगानी कोषका इकाइहरु छन् ।

बजारमा सिद्धार्थ इन्स्योरेन्सको सबैभन्दा वढि ६ करोड ७६ लाख रुपैयाँको किनबेच भएको छ । नेशनल हाइड्रोको ६ करोड ४४ लाख, हिमालयन जनरल इन्स्योरेन्सको पाँच करोड ९४ लाख, शिखर इन्स्योरेन्सको पाँच करोड ८९ लाख र एनबी बै‌कको पाँच करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

काठमाडौं । पुँजी बजारले नेकपा एमालले ल्याएको 'समाजवाद उन्मुख' बजेटलाई रातो झन्डा देखाइदिएको छ । बिमा र जललिद्युतले केही माथि…

29/05/2016

५० प्रतिशत हकप्रद निष्कासन गर्न सानिमाले पायो अनुमति, कहिले होला निष्कासन ?

सानिमा बैंक (SANIMA) लाई हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बैकले ५० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि आइतबार अनुमति पाएको हो । यसै साताभित्र हकप्रद निष्कासनको सूचना सार्वजनिक गर्ने बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैकलाई चुक्ता पुँजी आठ अर्ब पु¥याउनुपर्ने व्यवस्था गरेपछि सानिमाले हकप्रद निष्कासनलाई प्राथमिकता दिएको हो । बैंकले २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकले एक करोड ५३ लाख १ हजार ४ सय ४० कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ ।

हाल बैंकको चुक्तापूँजी ३ अर्ब ६ करोड रुपैयाँ तथा जगेडा कोषमा एक अर्ब रुपैयाँ रहेको छ । गतबर्षको मुनाफाबाट बैंकले २० प्रतिशत बोनश शेयर दिएको थियो । ५० प्रतिशत हकप्रद निष्कासन गर्दा बैंकको चुक्तापूँजी ४ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ । सानिमाले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ६७ करोड खुद नाफा कमाएको छ ।

23/05/2016

बजारमा दैनिक रेकर्ड, एकै दिन डेढ अर्ब बराबरको कारोबार

एक दिन आगाडिको रेकर्ड ब्रेक गर्दै सोमबार शेयरबजार सर्वाधिक उचाईमा पुगेको छ । बीमा तथा बैकिङ् समुहमा आएको उछालले बजारलाई नयाँ उचाईमा पुर्याएको हो । सोमबार नेप्से करिब पन्ध्र अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुग्दा कारोबार रकम समेत डेढ अर्ब नजिक पुगेको छ । नयाँ उचाई लिएको बजारमा आधादर्जन कम्पनीको शेयरमुल्य दश प्रतिशतका दरले बढेको छ ।

सोमबार नेप्से १४.६८ अंकले बढेर १५२४.०७ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । अघिल्लो दिनको रेकर्ड तोडेर नेप्सेले नयाँ उचाई लिएको हो । आइतबार नेप्से १५०९ विन्न्दुमा अडिएको थियो । वीमा, वाणिज्य बैंक तथा विकास बैंक समुहको परिसूचक दोहोरो अंकले बढेको बजारमा हालसम्मकै सर्वाधिक कारोबार समेत भएको छ ।

१३५ कम्पनीको कारोबार भएको बजारमा एकैदिन एक अर्ब ४४ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा २० करोड रुपैयाँले बढी हो। आइतबार बजारमा १ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

यसदिन बीमा समुहको परिसुचक २ सय ६१ अंकले बढ्ेको छ भने यो समुहको मात्रै ६८ करोड बढीको कारोबार भएको छ । वाणिज्य बैंक समुहको साढे दश अंकले बढेको छ भने यो समुहको ४८ करोड रुपैयाँ बराबरको मात्र कारोबार छ अघिल्लो दिन जस्तै सोमबार पनि कारोबारमा वाणिज्य बैक समुहलाई बीमाले उछिनेको छ ।

सोमबार बजारमा हिमालयन जनरल इन्स्योरेन्सको सबैभन्दा बढी ८ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । साधारणसभाको मिति तोकेर बुक क्लोजको सूचना जारी गरेपछि यो कम्पनीको कारोबार एक्कासी बढेको हो । कम्पनीले २१ प्रतिशत बोनश पारित गर्न आगामी असार १४ गतेका लागि साधारणसभा बोलाएको छ भने जेठ २७ गतेदेखि असार १४ सम्म शेयरधनी दर्ता पुस्तीका बन्द हुने जनाएको छ ।

यसपछि उच्च कारोबार हुने कम्पनीमा नेपाल बंगलादेश बैंक रहेको छ । एनबी बैंकको ७ करोड बढीको कारोबार भएको छ । नेशनल लाइफ र नेपाल लाइफले पनि ६ करोड बढीको कारोरबा गरेका छन् । प्रुडेन्सियल र शिखर इन्स्योरेन्सले ५ करोड बढीको कारोबार गर्दा प्रभु इन्स्योरेन्स,नेपाल बैंक, नेपाल इन्स्योरेन्स र प्राइम बैंकको पनि चार करोड बढीको कारोबार भएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सले पनि १० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गर्न आगामी असार २ गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि जेठ १८ गतेदेखि असार २ गतेसम्म शेयरधनी पुस्तीका बन्द हुने भएपछि कम्पनीको कारोबार बढेको हो ।

सर्वाधिक उचाइमा पुगेको बजारमा चार कम्पनीको शेयरमुल्य दश प्रतिशतको हाराहारीमा बढेको छ । नमस्ते वित्तीय सस्था,सप्तकोषी डेभलपमेन्ट बैंक, प्यासफिक डेभलपमेन्ट र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमुल्य दश प्रतिशतका दरले बढेको छ । नमस्ते वित्तीय संस्थाले शतप्रतिशत हकप्रद दिने भएको छ भने कर्णाली डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद शेयर जारी गरेको छ ।

ऐतिहासीक विन्दुमा पुगेको बजारमा सिनर्जी फाइनान्स, युनिक फाइनान्स, कन्चन डेभपलमेन्ट तथा रिडी हाइड्रो लगायतका कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् ।

11/05/2016

यसरी भयो मेरो माइक्रोफाइनान्सको साधारण शेयर बाँडफाँड, समानुपातिक बाँडफाँडमा कसलाई भयो फाइदा ?

मेरो माइक्रोमाइनान्सले निष्काशन गरेको साधारण शेयर बुधबार बाँडफाँड भएको छ । २ लाख ३० हजार रुपैंयासम्मका आवेदकलाई गोला प्रथाबाट १० कित्ता शेयर बाँडिएको छ भने सबैभन्दा धेरै १० लाखका आवेदकले ४१ कित्ता शेयर पाएका छन् । कुल आवेदन मध्ये ४ सय ८६ वटा आवेदन रद्ध भएको छ ।

५० दिनमा बाँडफाँड गर्नुपर्ने मेरो माइक्रोफाइनान्सको साधारण शेयर धितोपत्र बोर्डको स्वीकृतिमा ८ दिन ढिला गरी ५८ औं दिनमा बाँडफाँड गरिएको हो । माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

माइक्रोफाइनान्सले यस अघि नै ६ लाख १२ हजार कित्ता मध्येबाट ३० हजार ६ सय कित्ता शेयर ६ वटा म्युचुअल फण्डका लागि तथा २४ हजार ४ सय ८० कित्ता शेयर मेरो माइक्रोफाइनान्सका कर्मचारीका लागि सुरक्षित गरिएको थियो ।

६ लाख १२ हजार कित्ता शेयरका लागि कुल १ लाख ८२ हजार २३ वटा आवेदन परेको थियो । जसमा कर्मचारी बाहेकका ५० हजार रुपैंया भन्दा थोरैको शेयर माग्ने १ लाख ५३ हजार २८ मध्ये २२ हजार २ सय ७७ जनाले मात्र शेयर पाएका छन्, त्यो पनि १० कित्ताका दरले । त्यसै गरी ५० हजारदेखि २ लाख ३० हजार रुपैंयासम्मका कुल १९ हजार ४५ आवेदक मध्ये ८ हजार ८ सय ७९ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । २ लाख ३० हजारदेखि माथि १० लाख रुपैंयासम्मका ९ हजार ३ सय २७ आवेदकले अनिवार्य रुपमा शुन्य दशमलव ४१ प्रतिशत शेयर पाएका छन् ।

६ करोड १२ लाख रुपैंयाको शेयरका लागि १२ अर्ब ६६ करोड रुपैंयाको आवेदन परेको थियो । धेरै आवेदन परेका कारण विगतका शेयर निष्काशनको तुलनामा यस पटक सबै आवेदकले अपेक्षा गरे भन्दा थोरै शेयर पाएका छन् । २ लाख ३० हजारसम्म गोला प्रथा गरिए पनि त्यस माथिका २ लाख ५६ हजार रुपैंयासम्मका सबै आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।

त्यसै गरी २ लाख ५७ हजारदेखि २ लाख ८० हजारसम्मका सबै आवेदकले ११ कित्ताका दरले शेयर पाएका छन् । त्यस पछि क्रमशः २ लाख ९० हजारदेखि ३ लाख ५ हजारसम्मकाले १२ कित्ता, ३ लाख १० देखि ३ लाख २५ हजारसम्मले १३ कित्ता, ३ लाख ३० हजारदेखि ३ लाख ५१ हजारसम्म १४ कित्ता, ३ लाख ५५ हजारदेखि ३ लाख ७५ हजारसम्म १५ कित्ता, ३ लाख ८० हजारदेखि ४ लाख १ हजारसम्मका आवेदकले १६ कित्ता शेयर पाएका छन् ।

त्यसै गरी ४ लाख ५ देखि ४ लाख २५ हजारसम्मकाले १७ कित्ता, ४ लाख ३० हजारदेखि ४ लाख ५१ हजारसम्मकाले १८ कित्ता, ४ लाख ५३ हजारदेखि ४ लाख ७५ हजारसम्मकाले १९ कित्ता र ४ लाख ८० हजारदेखि ५ लाख रुपैंयासम्मका आवेदकले २० कित्ता शेयर पाएका छन् ।

५ लाख १ हजारदेखि ५ लाख २५ हजारसम्मका आवेदकले २१ कित्ता, ५ लाख ३० हजारदेखि ५ लाख ४५ हजारसम्मकाले २२ कित्ता, ५ लाख ५० हजारदेखि ५ लाख ७२ हजारसम्मकाले २३ कित्ता, ५ लाख ७५ हजारदेखि ५ लाख ९५ हजारसम्मकाले २४ कित्ता, ६ लाखदेखि ६ लाख २० हजारसम्मकाले २५ कित्ता, ६ लाख २४ हजारदेखि ६ लाख ४५ हजारसम्मकाले २६ कित्ता शेयर पाएका छन् ।

त्यसै गरी ६ लाख ५० हजारदेखि ६ लाख ६० हजारसम्मका आवेदकले २७ कित्ता, ६ लाख ७५ हजारदेखि ६ लाख ९० हजारसम्मकाले २८ कित्ता, ७ लाखदेखि ७ लाख २० हजारसम्मकाले २९ कित्ता, ७ लाख २५ हजारदेखि ७ लाख ३० हजारसम्मकाले ३० कित्ता, ७ लाख ५० हजारदेखि ७ लाख ७ लाख ६० हजारसम्म ३१ कित्ता, ७ लाख ७० हजारदेखि ७ लाख ९० हजारसम्म ३२ कित्ता, ८ लाखदेखि ८ लाख १७ हजारसम्म ३३ कित्ता, ८ लाख २० हजारदेखि ८ लाख ४० हजारसम्म ३४ कित्ता शेयर बाँडफाँड गरिएको छ ।

८ लाख ४५ हजारदेखि ८ लाख ६५ हजारसम्म ३५ कित्ता, ८ लाख ७० देखि ८ लाख ९० हजारसम्म ३६ कित्ता, ९ लाखदेखि ९ लाख १० हजारसम्म ३७ कित्ता, ९ लाख २० हजारदेखि ९ लाख ४० हजारसम्म ३८ कित्ता, ९ लाख ५० हजारदेखि ९ लाख ६० हजारसम्म ३९ कित्ता, ९ लाख ७० हजारदेखि ९ लाख ८५ हजारसम्म ४० कित्ता र ९ लाख ९० हजारदेखि १० लाख रुपैंयासम्मका आवेदकले ४१ कित्ता शेयर पाएका छन् ।

ग्लोबल आइएमई बैंकको मुख्य लगानी रहेको माइक्रोफाइनान्सले गत फागुन २७ गतेदेखि चैत १ गतेसम्म ६ लाख १२ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । १४ करोड १८ लाख रुपैंया चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सले ६ करोड १२ लाख रुपैंयाको शेयर निष्काशन गरेपछि चुक्ता पूँजी २० करोड रुपैंया पुग्नेछ ।

शेयर निष्काशन पश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकको ६९.४० तथा सर्वसाधारणको ३०.६० प्रतिशत हुनेछ । माइक्रो फाइनान्सले गत आर्थिक वर्षको चैत मसान्तमा २ करोड ९९ लाख ८० हजार रुपैंया खुद नाफा कमाएकोमा यस पटक झण्डै ३ करोड रुपैंयाले खुद नाफा बढाएर ५ करोड ५३ लाख २९ हजार रुपैंया पुर्याएको छ ।

2073/01/29
11/05/2016

2073/01/29

10/05/2016

बैशाख २९ गते बाँडफाँड हुने मेरो माइक्रोफाइनान्सको साधारण शेयर तपाईलाई कति पर्ला (आंकलन सहित)

कति रुपैंयासम्मका आवेदन गोलाप्रथामा पर्लान ?
५० दिनमा बाँडफाँड गर्नुपर्ने मेरो माइक्रोफाइनान्सको साधारण शेयर धितोपत्र बोर्डको स्वीकृतिमा आगामी बुधबार बाँडफाँड हुँदैछ । माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बैशखा १९ भित्रमा बाँडफाँड गरिसक्नु पर्ने शेयर प्राविधिक कारणले १० दिन पर सरेको हो ।

प्रारम्भिक तथ्यांक अनुसार शेयर बाँडफाँडका दौरान गोला प्रथा गरिने भएका कारण थोरै आवेदकले मात्र शेयर पाउने छन् । झण्डै १ सय ९५ गुणा बढी अर्थात १२ अर्ब ६६ करोड रुपैंयाको आवेदन परेको थियो । यस आधारमा साना लगानीकर्तालाई पर्ने शेयरको संख्यासंगै शेयर पाउनेको संख्या पनि कम हुने देखिएको हो ।



आंकलन अनुसार २ लाख ३० हजार रुपैंया भन्दा कमको शेयर माग्नेहरुलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । तर बाँडफाँडका दौरान माइक्रोफाइनान्स र शेयर निष्काशकले गर्ने निर्णयले फरक पार्न सक्छ । १ लाख ६८ हजार आवेदन परेको साधारण शेयर ठुला लगानीकर्ताका लागि शुन्य दशमलव ४१ प्रतिशतका दरले बाँडफाँड गर्न सक्ने अवस्था छ ।

साना लगानीकर्ताको हकमा भने गोलाप्रथाबाट सबै आवेदकमध्ये गोलाप्रथामा पर्नेहरुले १० कित्ता मात्र शेयर पाउने पछन् । ठुला लगानीकर्ता मध्ये पनि ५० हजार माथिदेखि २ लाख ५० हजार रुपैंयासम्मका आवेदकले पनि १० कित्ता शेयर पाउने छन् । २ लाख ५० हजार रुपैंयाभन्दा माथिका आवेदकको हकमा मात्र शुन्य दशमलव ४१ प्रतिशत शेयर बाँडफाँड हुन सक्छ ।

माइक्रोफाइनान्सले गत फागुन २७ गतेदेखि चैत १ गतेसम्म ६ लाख १२ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । १४ करोड १८ लाख रुपैंया चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सले ६ करोड १२ लाख रुपैंयाको शेयर निष्काशन गरेपछि चुक्ता पूँजी २० करोड रुपैंया पुग्नेछ । शेयर निष्काशन पश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकको ६९.४० तथा सर्वसाधारणको ३०.६० प्रतिशत हुनेछ ।

माइक्रोफाइनान्सले यस अघि नै ६ लाख १२ हजार कित्ता मध्येबाट ३० हजार ६ सय कित्ता शेयर ६ वटा म्युचुअल फण्डका लागि तथा २४ हजार ४ सय ८० कित्ता शेयर मेरोमाइक्रोफाइनान्सका कर्मचारीका लागि सुरक्षित गरिसकेको छ । माइक्रो फाइनान्सले गत आर्थिक वर्षको चैत मसान्तमा २ करोड ९९ लाख ८० हजार रुपैंया खुद नाफा कमाएकोमा यस पटक झण्डै ३ करोड रुपैंयाले खुद नाफा बढाएर ५ करोड ५३ लाख २९ हजार रुपैंया पुर्याएको छ ।

29/04/2016

लिलाम भएको सनराइज बैंकको शेयर बाँडफाँडमा बैंक सञ्चालक समितिले के निर्णय गर्यो ? १० करोड १० लाख प्रिमियम उठ्यो

शिलबन्दी बोलपत्र खोलिए पछि पनि सनराइज बैंक (SRBL) को लिलाम भएको शेयर बाँडफाँडको निर्णय बैंक सञ्चालक समितिले गर्ने भन्दै थाती राखिएको विषयलाई सञ्चालक समितिले अन्तिम रुप दिएको छ । गत मंगलबार लिलाम भएको शेयरको बेलपत्र खोलिएको भए पनि बिहीबार मात्र बैंकले शेयर बाँडफाँडको निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ५ सय ५५ रुपैंया ५० पैसामा लिलाम भएको शेयर बाँडफाँड गरिएको छ ।

सनराइज बैंकले निष्काशन गरेको १५ प्रतिशत हकप्रद शेयर नबिके पछि लिलाम गरेर शिलबन्दी बोलपत्र खालेको २ दिन बित्दा सम्म कसलाई कति शेयर पर्यो भन्ने षियको टुंगो लागेको थिएन । मंगलबार बोलपत्र खोलिए पनि कसलाई कति शेयर दिने, अनि कति मुल्य निर्धारण गर्ने भन्ने सम्बन्धमा बैंक सञ्चालक समितिको बैठकले मात्र निर्णय गर्ने भन्दै शेयर बाँडफाँड भएको थिएन ।

बैंक सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार जम्मा ७३ जनाले मात्र लिलाम भएको बैंकको शेयर पाएका छन् । १५ प्रतिशत हकप्रद निष्काशनका दौरान नबिकेको २ लाख १८ हजार ४ सय ५४ कित्ता साधारण तथा ३४ कित्ता संस्थापक शेयर बैंकले गत बैशाख ७ गतेदेखि लिलाममा राखेको थियो ।

बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटलका अनुसार मंगलबार बिहान शिलबन्दी बोलपत्र खोल्दा ४ सय ८५ जनाले लिलामी मार्फत शेयर माग गरेका थिए । यस अघि नै न्युनतम ५ सय ५५ रुपैंयामा मात्र शेयर बितरण गरिने भनिए पनि यसलाई बैंकको सञ्चालक समितिले अन्तिम रुप दिंदा ५ सय ५५ रुपैंया ५० पैसा निर्धारण गरिएको हो ।

लिलामीमा गएको ३४ कित्ता संस्थापक शेयर भने बिक्रि नगरिएको बैंकले जनाएको छ । लिलाम प्रकृयामा कुनै पनि संस्थापक शेयरधनीले आवेदन नदिएको र नयाँ व्यक्तिले कम्पतीमा पनि १ हजार कित्ता शेयर स्वामित्व लिनु पर्ने व्यवस्था भएकाले संस्थापक शेयर बाँडफाँड नगरिएको बैंकले प्रष्ट पारेको छ ।

लिलाम गरिएको शेयरका लागि ४ सय ८५ आवेदनबाट ४४ करोड ५० लाख रुपैंयाको आवेदन परेको थियो । जसमा कुल १२ करोड २८ लाख रुपैंयाको मात्र शेयर बाँडफाँड भएको छ भने शेयर नपाउनेहरुको पैसा आउने सोमबारदेखि फिर्ता गरिने बैंकले जनाएको छ ।

लिलाम गरिएको शेयरबाट २ करोड १८ लाख रुपैंया मात्र बैंकको चुक्ता पूँजीमा जोडिने छ भने प्रिमियममा आएको बाँकी १० करोड १० लाख रुपैंया बैंकको जगेडा कोषमा समायोजन हुनेछ ।

पुस मसान्तसम्ममा ३६ करोड ३९ लाख रुपैंया खुद नाफा कमाएको बैंकको बुधबार प्रतिकित्ता शेयर ५ सय ८९ रुपैंयामा किनबेच भएकोमा बिहीबार ४ रुपैंयाले घटेर ५ सय ८५ रुपैंयामा शेयर कारोबार भएको छ । गत आर्थिक वर्षको १५ प्रतिशत हकप्रद निष्काशन तथा लिलाम गरेको बैंकले यस पटक फेरी ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव यस अघि नै गरिसकेको छ ।

29/04/2016

Mero Microfinance profit rises by staggering 96.90%, EPS at Rs 49.18; Allotment of IPO shares by the end of Baisakh

Mero Microfinance Bittiya Sanstha Limited (MMFB) has reported 96.90% growth in net profit for the third quarter of the current fiscal year 2072/73.

Publishing the unaudited financial report for the third quarter today, the microfinance company has stated that its net profit rose to Rs 5.53 crore in Q3, up from Rs 2.80 crore reported in the corresponding quarter of the previous fiscal year 2071/72.

Mero micro share capital with wm

The microfinance has borrowings of Rs 1.39 arba in the 3rd quarter compared to Rs 87 crore in the corresponding quarter last year. Likewise, it extended loans of Rs 1.27 arba, up from Rs 98.95 crore. It has collected deposits of Rs 21.20 crore.

The micro finance has paid up capital of Rs 14.18 crore with reserve of Rs 9.78 crore in Q3.

Mero Microfinance net interest income has risen from Rs 8.04 crore in the corresponding quarter last year to Rs 17.17 crore in the current quarter of 2072/73.

Net interest income with wm

The company’s non- performing loan (NPL) stand at 0.98%. Its annualized earning per share (EPS) now stand at Rs 49.18, and net worth per share at Rs 168.96.

Mero eps with wm

Mero Microfinance had floated its Initial Public Offering (IPO) worth Rs 6.12 crore (6.12 lakh units shares) from Falgun 27, 2072 to till Chaitra 1, 2072. The IPO was oversubscribed by 194.28 times till last day.

Mr. Ram Hari Dahal, CEO of Mero Microfiannce Bittya Sanstha Limited said “The allotment of the IPO will take place by the end of Baisakh 2073.”

Global IME Capital Limited has been appointed as the issue manager for the IPO.

The microfinance company plans to raise Rs 6.12 crore through the offer. After the IPO, the promoter-public ratio of the company will be 69.40 % to 30. 60%

29/04/2016

सांग्रिलाको १० लाख कित्ता सेयर लिलाममा बेच्ने, सस्थापक समूहको मात्रै नौं लाख ६७ हजार कित्ता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १० लाख कित्ता सेयर लिलाममा बेच्ने भएको छ । सस्थापक समूहले नौं लाख ६७ हजार पाँच सय ४० कित्ता हकप्रद सेयर नकिनेपछि बैंकले लिलाममा बेच्न लागेको हो ।
सर्वसाधारण लगानीकर्ताले पनि ७१ हजार सात सय ७३ कित्ता सेयरमा आवेदन नदिएपछि बैंकले लिलाममा बेच्न लागेको हो ।

धितोपत्र विक्री प्रबन्धक एनएमबी क्यापिलले यो सेयर लिलाम गराउने छ । बैंकले गत फागुन ११ गते देखि चैत १२ गतेसम्म हकप्रद निष्कासन गरेको थियो

लिलाममा सेयर किन्न चाहने लगानीकर्ताले सस्थापक र सर्वसाधारण समूहका लागि छुट्टाछुट्टै आवेदन दिनुपर्ने छ । न्यूनतम एक सय रुपैयाँ सेयर मूल्य तोकिएको र लिलाम बढाबढमा अधिकतम मूल्य तिर्न चाहने लगानीकर्ताले सेयर पाउनेछन् । बैशाख २६ गतेभित्र आवेदन दिने लगानीकर्ताले मात्रै सेयर किन्न पाउने छन् ।

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १० लाख कित्ता सेयर लिलाममा बेच्ने भएको छ । सस्थापक समूहले नौं लाख ६७ हजार…

29/04/2016

मन्जुश्री फाईनान्सले १७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने, आफै चुक्ता पूँजी ८० करोड पुर्याउने

मन्जुश्री फाईनान्सियल ईन्ष्टिच्युशन (mfil)ले १७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीको संचालक समिति बैठकले हाल कायम एकसय कित्ता बराबर थप १७५ प्रतिशत हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव गरेको हो ।

हाल २५ करोड चुक्ता पूँजी रहेको फाईनान्सको हकप्रद जारीपछि ६८ करोड पुग्नेछ । फाईनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ३० लाख खुद नाफा गरी प्रतिशेयर आम्दानी १७ रुपैयाँ कायम गरेको छ । यस बर्ष र अर्को बर्षको खुद नाफाबाट बोनस दिएर उसले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८० करोड पुर्याउने देखिन्छ ।

पहिले लुम्बिनी बैंकसँग मर्जमा जाने कुरा चलेर बीचमा भाँडिएपछि मन्जुश्री आफै फाईनान्स कम्पनीमा टिकिरहने सोचमा लागेको हो । निक्षेप र कर्जा परिचालन बढाउँदै लगेको फाईनान्सको जगेडा कोषमा ६ करोड रुपैयाँ रहेको छ । निस्क्रिय कर्जा अनुपात बढेर ४.२५ पुगेको फाईनान्सको मूल्य आम्दानी अनुपात १३.०४ र प्रतिशेयर नेटवर्थ १२६ रहेको छ ।

Address

Thamel Kathmandu
Thamel
44600

Telephone

+9779851148116

Website

Alerts

Be the first to know and let us send you an email when BJN Mp Investment & Research Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BJN Mp Investment & Research Pvt Ltd:

Share