Himalayan Life Insurance Ltd. Dudhauli-9 ,Sindhuli

Himalayan Life Insurance Ltd. Dudhauli-9 ,Sindhuli N/A Union Life Insurance Company Ltd. has been established and registered under Company Act 2063 and Insurance Act 2049 in the year 2074 B.S (Regd.

No. 168131/73/074) as a Public Limited Company and got a license to operate Life Insurance Business on 2074/03/20(04/07/2017).
©Surendra Karki,Dudhauli Branch Manager. 9849729391

कम्पनीको परिचय
जीवन बीमा ब्यवसायको माध्यमबाट देशभर छरिएर रहेकोे आर्थिक श्रोत र साधनलाई जीवनबीमा शुल्कका रुपमा संकलन गरी देशको आर्थिक बिकासमा योगदान पुर्याउने र समग्र नेपालीहरुको आर्थिक जीवनस्तर सुदृढ तुल्याउने अभिप्रायलि

ई यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापना भएको हो ।
सिद्धार्थ नगरनगरपालिका–८, रुपन्देहीमा रजिष्ट्रर्ड कार्यालय र काठमाण्डौ महानगरपालिका–१०, नयाँबानेश्वर, काठमाण्डौमा प्रधानकार्यालय रहेको यस कम्पनी, कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७४।०१।२४ गते (दर्ता नं.१६८१३१र०७३र०७४) दर्ता भई बीमा समितिबाट मिति २०७४|०३|२० गते जीवनबीमा ब्यवसाय संचालन गर्न ईजाजत पाए अनुसार कम्पनीले मिति २०७४।०६।०४ गते कारोवार संचालनको स्वीकृतीप्राप्त गरी तत्पश्चात नियमित रुपमा कारोवार संचालन गरिरहेको छ । यस कम्पनीमा प्रतिष्ठित उद्योगपति, व्यापारी, समाजसेवीहरु एवं समाजका प्रतिष्ठित ब्यक्तिहरु सहित जगदम्बा समूह, गोल्छा समूह, गाडिया समूह,न्यौपाने समूह, राजेश हार्डवेयर तथा टिवडेवाल समूह आदिको लगानी रहेको छ ।
पूँजी संरचना
कम्पनीको अधिकृत पुंजी रु २ अर्ब १५ करोड र जारी तथा चुक्ता पुंजी रु २ अर्ब १५ करोड रहेको छ । सो पुंजी मध्ये ७० प्रतिशतले हुने रु. १ अर्ब ५० करोड ५० लाख संस्थापक समूहको र ३० प्रतिशतले हुने रु.६४ करोड ५० लाख सर्वसाधारण समूहको लागि छुट्याईएको छ ।
पुनर्बीमा
कम्पनीले बीमा ब्यवसायमा हुने आर्थिक जोखिम न्युनगर्न बीमा गर्ने व्यक्तिहरुको पूनर्बीमा ट्रस्ट रि ( Trust Re), बहराइन र नेपाल पूनर्बीमा कम्पनी लिमिटेडसंग सम्झौता गरेको छ ।
परिकल्पना
नेपालीहरु माझ बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गरी बीमा बजारको दायरालाई विस्तार गर्नुका साथै बीमितहरुलाई अन्तर्राष्ट्रिय स्तरको बीमा सेवा सुविधा प्रदान गरी आर्थिक समृद्धि प्रदान गर्ने ।
लक्ष्य
बीमा ब्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी तथा विश्वसनिय बनाउन बीमितहरुको सुरक्षा तथा अधिकतम लाभ प्रदान गर्ने खालका बीमा योजनाहरु ल्याउने तथा छरिएर रहेका श्रोत र साधनहरुलाई एकिकृत गरी भौतिक पूर्वाधारहरुमा लगानी गर्नुको साथै रोजगारी सृजना गरी जीवनस्तर उकास्ने ।
कम्पनीको उद्देश्य ः
क) बीमा सम्बन्धी नयाँ बीमा योजनाहरु तयार गरी अन्तर्राष्ट्रिय स्तरको सुविधा प्रदान गर्ने ।
ख) बीमा ब्यवसायको प्रवर्धन गरी आर्थिक बिकासमा टेवा पुर्याउने।
ग) शेयर धनीहरु, बीमितहरुको लगानीको उचित प्रतिफल प्रदान गर्ने ।
घ) बीमा ब्यवसायको विकास तथा बिस्तार गरी सबैलाई बीमाको दायरामा ल्याउने ।
ङ) बीमा ब्यवसायको विश्वसनियता अभिबृद्धि गर्न जन चेतना मुलक कार्यहरु गर्ने ।
कम्पनीको संचालक समिति
प्रतिष्ठित उद्योगपति, व्यापारी, समाजसेवीहरु एवं समाजका प्रतिष्ठित ब्यक्तिहरुको लगानी रहेको यस कम्पनीमा निम्नानुसार संचालक समिति रहेको छ ।

१) श्री शुलभ अग्रवाल अध्यक्ष
२) श्री शेखर गोल्छा संचालक
३) श्री संदिप कुमारअग्रवाल संचालक
४) श्री जीवन कुमार अग्रवाल संचालक

29/10/2025
हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  गरिमामय कार्यकारी प्रमुख पदमा नियुक्ति हुनुभएकोमा हाम्रो आदरणीय CEO Manoj Ku...
19/05/2023

हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गरिमामय कार्यकारी प्रमुख पदमा नियुक्ति हुनुभएकोमा हाम्रो आदरणीय
CEO Manoj Kumar Lal Karn सरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

Congratulations 🎉🎊 किरात राईहरूको गौरवशाली स्वतन्त्र एवं साझा संस्था किरात राई यायोक्खा जिल्ला कार्य समिति ललितपुरको दसौ...
11/09/2022

Congratulations 🎉🎊
किरात राईहरूको गौरवशाली स्वतन्त्र एवं साझा संस्था किरात राई यायोक्खा जिल्ला कार्य समिति ललितपुरको दसौं जिल्ला अधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा दुधौली शाखाक बिमित श्री भुपेन्द्र राई ज्यू लाई हार्दिक बधाईका साथ सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछौ।

नयाँ बर्ष २०७९ सालको पावन अवसरमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण दुधौलीबाँसी परिवारजनहरुमा साथ...
13/04/2022

नयाँ बर्ष २०७९ सालको पावन अवसरमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण दुधौलीबाँसी परिवारजनहरुमा साथै आदरणीय गुरुबर्गहरु, मान्यजन ,साथीहरू ,उद्योगी ,ब्यबसायी संघ , राजनितीज्ञ,समाजसेवि,बुद्धिजीवि,बैंकर ,बिक्तिय संसथा
,बिमाअभियान्ता लगायत देश बिदेशमा छरिएर बस्नुहुने सम्पुर्ण आफन्तजनहरुमा र अन्य पृयजनहरुमा हृदयदेखि नै नमन गर्दै यहाँहरुले दिनु भएको माया प्रती आभार प्रकट गर्दै युनियन लाईफ इन्स्योरेन्सको तर्फबाट आउदै गरेको नयाँ बर्षको शुभकामना बाँडन चाहन्छौ साथै अन्नगीन्ति मायाँ र मिठो समझना समपुर्णमा।।
Happy New Year 2079 😍😍

08/04/2022

अत्यन्त जरुरि सुचना अभिकर्ताहरुमा,

काठमाडौं । अनलाईन सेवा प्रदायक कनेक्ट आइपीएस मार्फत ५३ हजार ४ सय २६ जना अभिकर्ता र सभेयरहरुले नविकरण गरेका छन् । जीवन बीमाबाट ५३ हजार ९२ र निर्जिवन बीमातर्फबाट ३ सय ३४ जनाले नविकरण गराएको बीमा समितिले जनाएको छ ।

बीमा समितिले अभिकर्ताहरुको सहजताको लागि चैत ८ गतेदेखि अनलाइनबाटै नविकरण गर्ने प्रणालीको शुभारम्भ गरेको थियो । समितिले अनलाईन नविकरण शुभारम्भ गरेको १६ दिनमा ५३ हजार भन्दा बढीले आवेदन दिईसकेका छन् । बीमा अभिकर्ता र सर्भेयरले चैत मसान्तसम्ममा नविकरण गराईसक्नुपर्ने हुन्छ । यदि कारणवस चैतमा नविकरण बुझाउन नसकेको खण्डमा विलम्ब शुल्क समेत भुक्तानी गर्नु पर्ने हुन्छ ।

नियम अनुसार चैत मसान्तभित्रमा नविकरण नगरेमा बैशाख र जेठ महिनासम्म मासिक ५० रूपैयाँ अभिकर्तालाई र मासिक ५०० रूपैयाँ सर्भेयरलाई जरिवना लाग्नेछ। असार १ गतेबाट भने मासिक क्रमशः ५ रूपैयाँ र ५० रूपैयाँ दैनिक जरिवना लाग्नेछ।

अभिकर्ता र सर्भेयरहरुले असोज मसान्तसम्ममा नविकरण गर्न पाउने सुविधा बीमा समितिले दिएको छ । तर त्यसवापत विलम्ब शुल्क भने तिर्नुपर्ने प्रावधान पनि रहेको छ।

त्यस्तै, कात्तिक मसान्तसम्म नविकरण नगर्ने सर्भेयरको लाइसेन्स भने पाँच बर्षको लागि लाईसेन्स स्वतः खारेज हुने व्यवस्था रहेको छ ।

नयाँ प्रेस/ काठमाडौं ।युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बिमा योजना बजारमा लिएको छ । नेपाली जीवन बिमा जगतकै ...
31/03/2022

नयाँ प्रेस/ काठमाडौं ।
युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बिमा योजना बजारमा लिएको छ । नेपाली जीवन बिमा जगतकै इतिहासमा एक नयाँ र फरक खालको पहिलो बिमा योजना युनियन लाइफ इन्स्योरेन्सले लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कणर्ले जानकारी दिएका छन ।

बजारमा आएको जीवन उत्थान बिमा योजनामा बिमितले निम्न अनुसारको नयाँ सुबिधा पाउने कम्पनीले दाबी गरेको छ ।
सोे योजनामा बिमा प्रारम्भ भएको मितिको तीन बर्षमै बिमाङ्क रकमको १५ प्रतिशतको दरले प्रत्यक तीन,तीन वर्षमा मोनि व्याक हुनेछ । यस्तो सुबिधा भएको बिमा योजना नेपालमै पहिलो पटक सुरुवात भएको जनाइएको छ ।

उक्त योजनामा प्रतिहजार न्यूनतम ४० रुपैयाँ बोनस दर रहेको र बिमितले दुर्घटना मृत्यु लाभ, पुर्ण अशक्तता लाभ, र घातक रोग उपचार लाभ समेत पाउने बताइएको छ ।
यो योजना १६ देखि ५० वर्षको उमेर समूहकोले खरिद गर्न सक्ने छ्न । कम्पनीका अनुसार ९,१२,१५ र १८ वर्षे अबधि राखी वार्षिक र अर्धवार्षिक रुपमा बिमितले बिमा शुल्क भुक्तानी गर्न सक्ने बुझिएको छ ।
बिमितले न्युनतम पचास हजार देखि आयस्रोतको आधारमा उक्त बिमा पोलिसी लिन सक्ने समेत स्रोतले जनाएको छ ।

जीवन बिमा जगत कै एक नौलो र समय सापेक्षिक बिमा योजना आएको हुँदा सम्पुणर् देशवाशीलाई यसको लाभ लिन युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आग्रह समेत गरेको छ ।

20/03/2022

INSURANCE ???

यस युनियन लाईफ इन्स्योरेन्स संस्थाको दुधौलि साखा कार्यालयबाट देश बिदेशमा बस्नुहुने सम्पुर्ण प्यारा प्यारा आफन्तजनहरु र प...
17/03/2022

यस युनियन लाईफ इन्स्योरेन्स संस्थाको दुधौलि साखा कार्यालयबाट देश बिदेशमा बस्नुहुने सम्पुर्ण प्यारा प्यारा आफन्तजनहरु र परिवारजनहरुमा रङ्ग दिवसको शुभकामना दिन चाहान्छौ ।
दुधौलि शाखा कार्यालय,
शाखा प्रमुख
सबिन मगर
फोन नं :- 9861317764

UNION Life insurance co.ltd.  दुधौली शाखा मा कार्यरत एजेन्सी मेनेजर श्री मनोज महतो सुडीले बिश्वका अभिकर्ताको सुचिमा आफ्न...
04/01/2022

UNION Life insurance co.ltd. दुधौली शाखा मा कार्यरत एजेन्सी मेनेजर श्री मनोज महतो सुडीले बिश्वका अभिकर्ताको सुचिमा आफ्नो नाम लेखाइ छोटो समयमै MDRT 2022 achieve गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा थप सफलताको अपार शुभकामना व्यक्त गर्दछौ !
👏🎁💝!!

Address

Sindhuli
45903

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Himalayan Life Insurance Ltd. Dudhauli-9 ,Sindhuli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalayan Life Insurance Ltd. Dudhauli-9 ,Sindhuli:

Share