18/08/2015
भोलि नाग पुजा गर्ने दिन नाग पूजा गर्ने विधि याद राखौ
सर्वप्रथम कुशको आशनमा गंगाजल छर्केर शुद्ध धोएको सेतो रंगको धोती लगाएर पूर्व दिशा फर्कने, नागको स्थानलाई सम्मुख दायाँ पार्दै जौ, तील, कुश मिलाएर एउटा कटौरामा गंगाजल राखेर छुट्टै चोखो जलले तीन पटक आचमन गर्ने, ॐ केशवाय नमः ॐ माधवाय नमः ॐ गोविन्दाय नमः भनेर। त्यसपछि दीप ज्योति नमोस्तुते भन्दै दियो जलाउने तील या तोरिको तेलको। त्यसपछि एषस्थाने विद्यमानानां नागदेवताभ्यो नमः इहागच्छ, इहातिष्ट तत्र भवन्तां अहं अद्य नाग पञ्चमी दिवसे पूजयामि भनेर आफ्ना अगाडि तामाको थालीमा आव्हान गर्ने त्यसपछि नागको मूर्तिको अगाडि राखेको केराको ठूलो पात अथवा तामाको सादा थालीमा कुशको टुक्रा एउटा समातेर नाग देवताभ्यो नमः एषः आशनं समर्पणं करोमि भनेर हात जोडेर राखि दिने त्यसपछि समस्त अष्ट नागनागिनी एवम् नागदेवताभ्यो जलमं समपर्णंम करोमि भन्दै तामाको सानो लोटीमा शुद्ध गंगाजल राखि दिने। त्यसपछि समस्त अष्टनाग देवताभ्यो नमः एष अध्र्यं समर्पयामि भन्दै गाईको दही चढाउने। त्यसपछि नाग देवताभ्यों नमः एष आचमन जलं समपर्यामि भन्दै शुद्ध जल आचमन निमित्त चढाउने। त्यसपछि नागदेवताभ्यो नमः एषः दुग्धम समर्पयामि भन्दै गाइको दूध दुनामा चढाउने फेरि नाग देवताभ्यो नमः दधिम् समर्पणं करोमि भनेर गाइको दही दुनामा चढाउने, फेरि शुद्ध गंगाजल एषः गंगाजलम् समपर्णं करोमि भन्दै गंगाजल चढाउने फेरि घृत स्नान करोमि भन्दै गाइको घिउ चढाउने फेरि चिनि अथवा खुदो दुनामा राखेर नाग देवताभ्यो नमः शंर्करां सर्मपयामि भन्दै चिनी अथवा खुदो दुनामा राखेर चढाउने फेरि शुद्ध गंगाजीको जल दुनामा राखेर समस्त अष्ट नागनागिनी देवताभ्यो नमः शुद्ध गंगाजलम् समपर्णं करोमि भनेर गंगाजल चढाउने। फेरि रातो÷सेतो २+२ मिटर नयाँ कपडा समस्त नागनागिनी देवताभ्यो नमः एषः वस्त्रं समर्पणं करोमि भन्दै नागलाई चढाउने, त्यसपछि श्रीखण्ड चन्दन घोटेर राखेको हातमा उठाएर समस्त अष्ट नागनागिनी देवताभ्यो नमः भनेर श्रीखण्ड चन्दन नागलाई चढाउने त्यसपछि समस्त अष्ट नागदेवताभ्यो नमः भनेर दुवो चढाउने, त्यसपछि सिन्दूरको बट्टा लिने र बिर्को खोलेर समस्त अष्ट नागनागिनी देवताभ्यो नमः एषः सिन्दूरम् समर्पणं करोमि भनेर सिन्दूर चढाउने। त्यसपछि सुपारीका आठवटा दाना दुनामा राखेर समस्त अष्ट नागनागिनीदेवी देवताभ्यो नमः भनेर सुपारी चढाउने ।अन्त्यमा लावा (धान भुटेको) दुनामा हातले उठाउने र समस्त अष्टनागनागिनी देवीदेवताभ्यो नमः भनेर नागको अगाडि लावा चढाउने त्यसपछि ढ्याक पैसा ८ वटा एउटा दुनामा राख्ने र समस्त अष्ट नागनागिनीआवा हितानां पूजितानां सम्पूर्ण नाग नागिनीदेवी देवताभ्यो नमः भन्दै आठवटा ढ्याक पैसा रु १ या २ वाला चढाइदिने, नाग केशरको फूल चढाएर हात जोर्ने, गाइको घीउमा मोलेको बत्ती एउटा दुनामा राखेर नागलाई घुमाएर धूपौरोमा राख्ने, राम्रो बास्ना आउने अगरबत्ती जलाएर चढाउने बाटेको सेतो धूप पाएसम्म नारेश्वरको धूप गाइको घिउमा मोलेर संप्रतिं मयाः आवाहितानां पूजितानां समस्त अष्टनागनागिनि देवताभ्यो नमः सामुहिक रुपेण एषः धूपं समर्पयामि भनेर आगो बलेको धूपौरामा समर्पण गर्ने, अन्त्यमा गाइको दूधमा मोलेको २ वटा अथवा ८ वटा बत्ती दुनामा राखेर नागको मूर्ति अगाडि देखाएर धूपौरामा राख्ने एउटा फूलपाती हातमा लिएर अज्ञानात् विस्मिर्तेभ्रान्त्या यन्न्यूनं अधिकं कृतं तत् सवं तत्सर्वं क्षम्यतां नाग देवता प्रसिद्ध परमेश्वर भन्दै नागको मूर्ति, मन्दिर स्थान अगाडि ढोग गर्ने र बल्दो दियो ननिभाइकन घरतिर आउने।
विशेष ख्याल गर्नुपर्ने कुराः
१ कुनै पनि महिलाले नाग पूज्ने, सार्ने काम गलत हो, त्यसकारण नाग पूजा पुरुषले पवित्र भै गर्ने, महिलाबाट पूजा गराएमा हुनसक्ने हानी नोक्सानी त्यो जिम्मा कसैले लिन सकिन्न।
२. नाग पञ्चमीका दिन चराउने चामलको पीठाका साना पैसे रोटी नाग पूजा गर्ने स्वयंले बनाउनु पर्दछ। नागलाई काटेको धजा होइन च्यातेको मात्र रातो, सेतो धजा चढाउनुपर्दछ, आँसी या चक्कु, ब्लेडले काटेको धजा अशुद्ध हुन्छन्। भाद्र २ गते नाग पञ्चमी पुज्ने व्यक्ति भाद्र १ गते अलग विस्तारामा विश्राम गर्नुपर्दछ। जूठो वस्तु खाएर जूठो कपडा लगाएर नाग पूज्नेलाई ठूलो हानी नोक्सानी हुन्छ। त्यसैकारण शारीरिक पवित्रता, कपडाको शुद्धता धेरै आवश्यक छ। जसले नाग पुज्ने हो।
नाग पूजा गर्ने सामग्रीहरुः नागको फोटोः २, पूजा सुपारीः २, सेतो धजाः २, जौ, तिल, नारेश्वरको फूल, कपास, नाग धुप, अवीर ,केशरी, अष्ट सिन्दुर, माष, पहेलो सस्र्यु, पूजा कपुर, धान, लावा, नागकेशर।
ओमकार परिवार हुनुहुन्छ भने लाईक र शेयर पनि गरी सहयोग गरौ