CYC Nepal Microfinance

CYC Nepal Microfinance Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CYC Nepal Microfinance, Bank, Tansen, Palpa.

23/04/2026

ऋण नतिर्नेहरू सावधान: खाता रोक्का र सम्पत्ति लिलाम हुँदै

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण लिएर नतिर्ने ऋणीहरूलाई सरकारले कडा चेतावनी दिँदै १५ दिनभित्र बक्यौता रकम बुझाउन अन्तिम समयसीमा तोकेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सञ्चालक, ऋणी सदस्य, कर्मचारी तथा जमानी सबैलाई लक्षित गर्दै यस्तो निर्देशन जारी गरेको हो।

समितिका अनुसार पटक–पटक जानकारी गराउँदा पनि बक्यौता नतिरेपछि अब अन्तिम मौका दिइएको हो। तोकिएको १५ दिनभित्र साँवा, ब्याज र हर्जाना नतिरेमा सम्बन्धित व्यक्तिहरूको नाम सार्वजनिक गरिने, बैंक खाता तथा सम्पत्ति रोक्का गरिने र सार्वजनिक सेवा सुविधा समेत बन्द गरिने चेतावनी दिइएको छ।

यसबाहेक, कर्जा लिँदा राखिएको धितो लिलाम गरेर रकम असुली प्रक्रिया अघि बढाइने पनि जनाइएको छ। यस कदमले लामो समयदेखि समस्यामा रहेको सहकारी क्षेत्रलाई व्यवस्थित गर्न र बचतकर्ताको रकम फिर्ता प्रक्रिया तीव्र बनाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ।

यसैबीच, सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पूर्णता दिँदै अध्यक्षमा डिल्लीराज आचार्य तथा सदस्यहरूमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई नियुक्त गरेको छ। मन्त्रालयले अब ऋण असुली प्रक्रिया थप कडाइका साथ अघि बढाउने र सहकारी क्षेत्र सुधारमा ध्यान केन्द्रित गर्ने जनाएको छ।

Address

Tansen
Palpa

Website

Alerts

Be the first to know and let us send you an email when CYC Nepal Microfinance posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category