Nuwakot BFI Club

Nuwakot BFI Club BFI Nuwakot

नुवाकोट BFI क्लबका मानार्थ सदस्य इन्जिनियर बद्री राजभण्डारी  सरलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर...
19/08/2026

नुवाकोट BFI क्लबका मानार्थ सदस्य इन्जिनियर बद्री राजभण्डारी सरलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎉हिमालयन एभरेष्ट इन्स्योरेन्स बट्टार शाखाका शाखा प्रमुख आदरणीय  श्रीकृष्ण आचार्य  सर,यहाँल...
17/08/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎉

हिमालयन एभरेष्ट इन्स्योरेन्स बट्टार शाखाका शाखा प्रमुख आदरणीय श्रीकृष्ण आचार्य सर,

यहाँलाई जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

नन लाइफ इन्स्योरेन्स क्षेत्रमा यहाँले पुर्‍याउनुभएको व्यावसायिक योगदान, उत्कृष्ट नेतृत्व, सेवाप्रतिको समर्पण तथा ग्राहकहरूको विश्वास जित्दै संस्थाको गरिमा अभिवृद्धि गर्न खेल्नुभएको महत्वपूर्ण भूमिकाप्रति उच्च सम्मान व्यक्त गर्दछौं।

आगामी दिनहरूमा यहाँको सुस्वास्थ्य, दीर्घायु, सुख–समृद्धि, सुखद पारिवारिक जीवन तथा बीमा क्षेत्रमा अझ उन्नत, सफल, सबल र प्रभावकारी नेतृत्व प्रदान गर्दै निरन्तर प्रगतिपथमा अग्रसर रहनुहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं।

नुवाकोट BFI क्लब परिवार
हार्दिक शुभ जन्मदिन ! 🎂💐

- २५० रुपैयाँको सामान किन्दा १० लाख पुरस्कार पाउने हेमराज जोशी- यी हुन् १ लाख जित्ने १३ जना
11/08/2026

- २५० रुपैयाँको सामान किन्दा १० लाख पुरस्कार पाउने हेमराज जोशी
- यी हुन् १ लाख जित्ने १३ जना

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ साउन २६)    #राष्ट्र_बैंकको_सन्देश
11/08/2026

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ साउन २६) #राष्ट्र_बैंकको_सन्देश

💐 बिदाइ, स्वागत तथा परिचयात्मक कार्यक्रम 💐Nuwakot BFI Club द्वारा आयोजित एक विशेष समारोहका बीच क्लबका संस्थापक सदस्य San...
07/08/2026

💐 बिदाइ, स्वागत तथा परिचयात्मक कार्यक्रम 💐

Nuwakot BFI Club द्वारा आयोजित एक विशेष समारोहका बीच क्लबका संस्थापक सदस्य Sanjay Paudel श्री सन्जय पौडेलज्यूलाई बिदाइ गरियो। साथै नुवाकोट जिल्लामा नयाँ आउनुभएका म्याडमलाई हार्दिक स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

तपाईंहरूको आगामी कार्यकाल र सुखद भविष्यको कामना गर्दछौँ। कार्यक्रमलाई सफल बनाउन उपस्थित हुनुभएका सम्पूर्णमा आयोजक परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछ।

Subarna Raj Kandel-SRK
Nuwakot BFI Club Family

नगद विदेशी मुद्रा नेपालमा भित्र्याउने र नेपालबाट बाहिर लैजाने सम्बन्धी सूचना !
04/08/2026

नगद विदेशी मुद्रा नेपालमा भित्र्याउने र नेपालबाट बाहिर लैजाने सम्बन्धी सूचना !

04/08/2026
***कतै बील लिन छुट्नुभएको त छैन ?***वस्तु तथा सेवा खरिद पश्चात बीजक लिन नबिर्सनुहोला ।
04/08/2026

***कतै बील लिन छुट्नुभएको त छैन ?***
वस्तु तथा सेवा खरिद पश्चात बीजक लिन नबिर्सनुहोला ।

आजको डिजिटल युगमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, क्यूआर कोड भुक्तानी, वालेट जस्ता सेवाहरू हामीले दैनिक जसो प्रयोग गर्दै...
04/08/2026

आजको डिजिटल युगमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, क्यूआर कोड भुक्तानी, वालेट जस्ता सेवाहरू हामीले दैनिक जसो प्रयोग गर्दै आएका छौँ । कारोबार खाता, साधन, इन्टरनेटको पहुँचसँगै मोबाइल एप्लिकेसन वा इन्टरनेट ब्राउजरको माध्यमबाट जहाँबाट पनि, जुनसुकै समयमा, खाता भएका जो कोहीसँग, तुरून्तै कारोबार गर्न सकिन्छ । सहजता, गति, न्यून लागत, सुरक्षित तथ्याङ्क, इ-कमर्स र सरकारी कारोबारमा बढ्दो प्रयोगसँगै यसका प्रयोगकर्ता बढेका छन् । यस्ता प्रविधिमा username, password, PIN र OTP धारकले नै डिजिटल वित्तीय अनुशासन पालना गरेर यसको सुरक्षा गरौँ ।

डिजिटल वित्तीय अनुशासनका मुख्य उपायहरू:
बलियो पासवर्ड: के गर्ने ? अक्षर, अङ्क र चिह्न प्रयोग गर्ने | के नगर्ने ? सजिला, आफ्नो वा परिवारको सदस्यको नाम ।
बलियो पिन: के नगर्ने ? मोबाइल नम्बर, जन्म मिति जस्ता अरूले सजिलै अनुमान गर्न सकिने ।
फरक पासवर्ड: Email, Messenger जस्ता गैर-बैंकिङ खाताभन्दा बैंकिङ खाताको पासवर्ड फरक राख्ने ।
मल्टी फ्याक्टर अथेन्टीकेसन (पासवर्ड, पिन, OTP) को प्रयोग सबै खातामा गर्ने: बैंक खाता, मोबाइल बैंकिङ, वालेट खाता, कम्प्युटर, मोबाइल, इमेल, सामाजिक सञ्जाल, मेसेन्जर ।
आधिकारिक वेबसाइट र एप्लिकेसन मात्र प्रयोग गर्ने, चिन्ने, ब्राउजरमा वित्तीय सूचना सेभ नगर्ने ।
समय समयमा पासवर्ड परिवर्तन गर्ने ।
अनधिकृत एप्लिकेसन डाउनलोड, इन्स्टल नगर्ने र Access permission नदिने ।
अपरिचित व्यक्तिसँग स्क्रिन सेयरिङ नगर्ने, स्क्रिन सेयर गरेर वित्तीय कारोबार गर्दै नगर्ने ।
सुरक्षित वाईफाईमा मात्र वित्तीय कारोबार गर्ने र Keystroke capture, screen capture बाट जोगिने ।
बायोमेट्रिक अथेन्टीकेसन (Thumb, Face Pin) प्रयोग गर्ने ।

पासवर्ड कसरी चोरिन्छ ?
सजिलै अनुमान गर्न सकिने, आफ्नो, परिवारको नाम (Guessing) ।
नक्कली वेबसाइट र एपमा पासवर्ड हाल्न लगाउने, झुक्याएर लाने (Harvesting) ।
इन्क्रिप्ट गरिएका सुरक्षित पासवर्डहरू क्र्याक गरी वास्तविक पासवर्ड प्राप्त गर्ने प्रयास (Cracking) ।
अन्य खाताको पासवर्ड बैंकिङ वा वित्तीय खातामा प्रयोग गर्ने (Spraying) ।
अन्य उपकरणमा प्रयोग गरिएको पासवर्ड अर्को उपकरण वा खातामा पनि प्रयोग गर्ने (Stuffing) ।

डिजिटल साक्षरता अपनाऔँ, डिजिटल अनुशासन पालना गरौँ ।

नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा
अनलाइन पोर्टल: www.gunaso.nrb.org.np
वित्तीय ग्राहक संरक्षण इकाइ
सम्पर्क नं.: ०१-५७१९६०५

Address

Bidur-02
Nuwakot
44900

Website

Alerts

Be the first to know and let us send you an email when Nuwakot BFI Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share