21/09/2026
मिति: २०८३/०६/०५ यस नेपाल स्टक एक्सचेन्ज लिमिटेडका ७२ कारोबार सदस्य कम्पनीहरुको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रा.लि.मा आश्विन ४ गते बिहानदेखि प्राविधिक समस्या आएको र समाधानका लागि पहल भइरहेको भएतापनि हालसम्म समाधान भैनसकेको र यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएकोले आजको नियमित कारोबार सत्रलाई स्थगन गरिदिन स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत निवेदन दिएको सन्दर्भमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१)अनुसार आज मिति २०८३/०६/०५ गतेको कारोबार स्थगित गरिएको ब्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ। यसबाट पर्न गएको असुविधा प्रति नेप्से क्षमा प्रार्थी छ