Nepselabs

Nepselabs The AI-Labs of Nepse Analytics . Try nepselabs.com for free !!

नेपालमा पछिल्लो १० दिनमा सुनको मूल्य प्रतितोला रु. २१ हजारले बढेको छ। वित्तीय विज्ञहरूका अनुसार विश्व बजारमा कच्चा तेलको...
25/08/2026

नेपालमा पछिल्लो १० दिनमा सुनको मूल्य प्रतितोला रु. २१ हजारले बढेको छ। वित्तीय विज्ञहरूका अनुसार विश्व बजारमा कच्चा तेलको मूल्य घट्नु र अमेरिकी डलर कमजोर हुने अपेक्षाका कारण सुनको मूल्यमा तीव्र वृद्धि भएको हो।

आर्थिक वर्ष २०८२/८३ मा नेपालले रु. १३ अर्ब बराबरका कस्मेटिक तथा व्यक्तिगत हेरचाहका सामग्री आयात गरेको छ, जुन अघिल्लो वर्...
25/08/2026

आर्थिक वर्ष २०८२/८३ मा नेपालले रु. १३ अर्ब बराबरका कस्मेटिक तथा व्यक्तिगत हेरचाहका सामग्री आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा रु. २ अर्ब बढी हो। व्यापारीहरूका अनुसार टिकटक र फेसबुकमा भाइरल हुने सौन्दर्यसम्बन्धी ट्रेन्ड तथा बढ्दो ब्युटी पार्लर व्यवसायले यस्ता सामग्रीको माग बढाएको छ।

मनाङको ६५ मेगावाट दूधखोला जलविद्युत् आयोजनाले रु. १० अर्ब १ करोड बैंक ऋण जुटाएको छ।एनएमबी बैंकले रु. ६ अर्ब ८१ करोड र सा...
12/08/2026

मनाङको ६५ मेगावाट दूधखोला जलविद्युत् आयोजनाले रु. १० अर्ब १ करोड बैंक ऋण जुटाएको छ।

एनएमबी बैंकले रु. ६ अर्ब ८१ करोड र सानिमा बैंकले रु. ३ अर्ब २० करोड ऋण उपलब्ध गराउनेछन्। आयोजनाको अनुमानित कुल लागत रु. १२ अर्ब ८९ करोड रहेको छ। निर्माण कार्य चाँडै सुरु हुने र तीन वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

05/08/2026

Grand Launch Offer 🎉
NepseLabs को Luxury Plan मा join गर्ने पहिलो 50 जना users ले यो Exclusive Launch Offer पाउनुहुनेछ।

तपाईंले के-के पाउनुहुन्छ?
•⁠ ⁠Complete Technical Analysis Course (नेपाली भाषामा)
•⁠ ⁠Complete Fundamental Analysis Course (नेपाली भाषामा) •⁠ ⁠ Complete Broker Analysis & SMC Course (नेपाली भाषामा)
•⁠ ⁠AI- Powered Software Nepselabs Luxury Plan
•⁠ ⁠Exclusive PDFs, eBooks & Learning Resources
•⁠ ⁠1:1 Personal Technical Analyst Support for Portfolio Optimization
•⁠ ⁠Luxury WhatsApp Group Access

Actual Worth: Rs. 1.5 Lakh Plus !💰
अब मात्र Rs. 9,999 मा 3 Years को लागि! 🫴

Terms & Conditions !
•⁠ ⁠यो Offer पहिलो 50 जना users का लागि मात्र लागू हुनेछ।
•⁠ ⁠Rs. 9,999 मा 3 Years को Luxury Plan प्राप्त गर्नुहुनेछ।
•⁠ ⁠50 seats पूरा भएपछि Offer स्वतः समाप्त हुनेछ।
•⁠ ⁠यो Offer अन्य कुनै Discount वा Promotion सँग combine गर्न मिल्ने छैन। •⁠ ⁠Payment verify भएपछि Course र Luxury Plan access activate गरिनेछ।

Contact Us :
📱 WhatsApp / Viber: 9716799992
🌐 Website: www.nepselabs.com

यदि Offer सम्बन्धी कुनै पनि प्रश्न छ वा Registration मा सहायता चाहिन्छ भने 9716799992 मा WhatsApp/Viber गर्नुहोस्। हाम्रो Team तपाईंलाई सहयोग गर्न तयार छ।

जापान र अमेरिकाले संयुक्त रूपमा मुद्रा बजारमा हस्तक्षेप गरेपछि जापानी येन बलियो हुँदै प्रति अमेरिकी डलर ¥१५६.९ पुगेको छ।...
04/08/2026

जापान र अमेरिकाले संयुक्त रूपमा मुद्रा बजारमा हस्तक्षेप गरेपछि जापानी येन बलियो हुँदै प्रति अमेरिकी डलर ¥१५६.९ पुगेको छ।

जापानले येन खरिद गर्न करिब ३६.६ अर्ब अमेरिकी डलरसम्म खर्च गरेको अनुमान गरिएको छ। यस कदमपछि हालै अमेरिकी डलरको तुलनामा करिब ¥१६४ पुगेर ४० वर्षयताकै कमजोर स्तरमा पुगेको येनमा सुधार आएको छ।

पेट्रोलियम पदार्थ आयात रु. २४ अर्ब ५० करोड पुग्यो!आर्थिक वर्ष २०८२/८३ मा काँकरभिट्टा नाकाबाट रु. २४ अर्ब ५० करोड बराबरको...
02/08/2026

पेट्रोलियम पदार्थ आयात रु. २४ अर्ब ५० करोड पुग्यो!

आर्थिक वर्ष २०८२/८३ मा काँकरभिट्टा नाकाबाट रु. २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। पेट्रोल, डिजेल र एलपी ग्यासलगायतका पेट्रोलियम पदार्थको आयातबाट सरकारले रु. ८ अर्ब ७८ करोडभन्दा बढी भन्सार राजस्व संकलन गरेको छ।

चुर्पी निर्यात २७% ले बढ्यो!नेपालले आर्थिक वर्ष २०८२/८३ मा रु. १ अर्ब ७९ करोड बराबरको छुर्पी निर्यात गरेको छ, जुन अघिल्ल...
01/08/2026

चुर्पी निर्यात २७% ले बढ्यो!

नेपालले आर्थिक वर्ष २०८२/८३ मा रु. १ अर्ब ७९ करोड बराबरको छुर्पी निर्यात गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २७% बढी हो। विश्व बजारमा नेपाली छुर्पीको माग बढ्दै जाँदा निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। यसको उत्पादन मुख्य रूपमा पूर्वी नेपालमा केन्द्रित रहेको छ।

नेपाल एसबीआई बैंकले चार अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। बैंकलाई इमर्जिङ एसिया बैंकिङ अवार्ड्स २०२६ अन्तर्गत उत्कृष्ट वा...
01/08/2026

नेपाल एसबीआई बैंकले चार अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। बैंकलाई इमर्जिङ एसिया बैंकिङ अवार्ड्स २०२६ अन्तर्गत उत्कृष्ट वाणिज्य बैंक (Best Commercial Bank), नाफामा उत्कृष्ट प्रदर्शन (Best Performance on Profitability), सम्पत्ति गुणस्तरमा उत्कृष्ट प्रदर्शन (Best Performance on Asset Quality) तथा एमएसएमई प्रवर्द्धनमा उत्कृष्ट बैंक (Best Bank in MSME Acceleration) गरी चार विधामा सम्मान प्रदान गरिएको छ।

हङ्सी शिवम् सिमेन्टले आर्थिक वर्ष २०८२/८३ (FY 2025/26) को पहिलो नौ महिनामा रु. १० अर्ब ८ करोड सञ्चालन आम्दानी गरेको छ। क...
26/07/2026

हङ्सी शिवम् सिमेन्टले आर्थिक वर्ष २०८२/८३ (FY 2025/26) को पहिलो नौ महिनामा रु. १० अर्ब ८ करोड सञ्चालन आम्दानी गरेको छ। कम्पनीमा ७०% स्वामित्व हङकङ रेड लायन सिमेन्टको र ३०% स्वामित्व नेपालको शिवम् होल्डिङ्सको रहेको छ।

पछिल्लो तीन महिनामा यातायात व्यवस्था कार्यालयले ९० हजार सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरेको छ, जसबाट सरकारलाई ...
16/07/2026

पछिल्लो तीन महिनामा यातायात व्यवस्था कार्यालयले ९० हजार सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरेको छ, जसबाट सरकारलाई रु. १९ करोड ८२ लाख राजस्व प्राप्त भएको छ।

कार्यालय प्रमुख प्रवीण श्रेष्ठका अनुसार, उक्त अवधिमा कुल २ लाख ३८ हजार लाइसेन्स छापिएकोमा ९० हजार सेवाग्राहीलाई वितरण गरिसकिएको छ।

हाल कार्यालयबाट दैनिक १,००० देखि १,८०० वटा सवारी चालक अनुमति पत्र जारी भइरहेको छ।

Address

Lalitpur
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Nepselabs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share