Stock Nepal

Stock Nepal This is an interactive page on the information on Nepal Stock Exchange (NEPSE) online update. This site will also contains videos and slides on lesson
(1)

This site will also contains videos and slides on lessons for learning for stock investment as well as interviews too.

यो मूर्ति पाटन दरबार संग्रहालयको सुन्दरी चौकस्थित तुषा हितीमा कुँदिएको देवी बगलामुखीको प्रतिमा हो। यसले तान्त्रिक परम्पर...
31/10/2025

यो मूर्ति पाटन दरबार संग्रहालयको सुन्दरी चौकस्थित तुषा हितीमा कुँदिएको देवी बगलामुखीको प्रतिमा हो। यसले तान्त्रिक परम्पराका दश महाविद्याहरूमध्येकी एक, देवी बगलामुखीको दुर्लभ र जीवन्त स्वरूप प्रस्तुत गर्दछ। मूर्तिमा उहाँलाई अठार हातसहित देखाइएको छ, जहाँ प्रत्येक हातमा फरक–फरक अस्त्र–शस्त्र रहेका छन्। मूर्तिको मध्यभागमा उहाँले सम्भवतः मदन नामक असुरको मुख समातेकी र फाड्न लागेको मुद्रा ग्रहण गर्नुभएको छ। यो अभिव्यक्तिले नकारात्मक वाणीलाई मौन पार्ने र विनाशकारी शक्तिहरूलाई नियन्त्रण गर्ने उहाँको दैवी सामर्थ्यलाई सशक्त रूपमा उद्घाटन गर्छ, जो उहाँको साधनाको मूल तत्त्व हो।
बगलामुखीका दायाँ–बायाँ अन्य महत्त्वपूर्ण देवताहरू पनि कुँदिएका छन् — बायाँपट्टि तीन टाउके महिषासुरमर्दिनी उभिएकी छिन्, जो भैंसी राक्षसको संहारक हुन्, र दायाँपट्टि दुई मानव आकृतिमाथि आरूढ वराही देखिएकी छिन्, जो अर्को उग्र र शक्तिशाली स्वरूपको प्रतीक हुन्। यी सम्पूर्ण मूर्तिहरूले दैवी बहुरूपताको गहिरो दर्शन र नेवार तान्त्रिक कलाको सूक्ष्म सौन्दर्य प्रस्तुत गर्छन्।
यस मूर्तिसँग सम्बन्धित प्राचीन पाण्डुलिपिहरूमा देवी बगलामुखीको बीज मन्त्र पनि उल्लेख पाइन्छ, जुन केवल दीक्षित साधकहरूको लागि मात्र आरक्षित रहन्थ्यो। यसले यसको पवित्रता र गूढ धार्मिक महत्वलाई झल्काउँछ। परम्परागत रूपमा यस्ता ग्रन्थ र मूर्तिहरू आगम घरभित्रै पढिन्थे, अध्ययन र साधनाका लागि मात्र प्रयोग गरिन्थे। पछिल्ला समयहरूमा यस्ता दुर्लभ सम्पदाहरू संग्रहालय र अध्ययनस्थलमा पनि प्रदर्शित हुन थालेका छन्।
यो अमूल्य मूर्ति र यसको तान्त्रिक परम्परा नेपालका सांस्कृतिक तथा धार्मिक सम्पदाको गौरवशाली भाग हुन्। आशा छ, यस्ता सम्पदाहरूलाई भविष्यमा पनि सम्मानपूर्वक संरक्षण र पूजनीय रूपमा निरन्तरता दिइनेछ, जसरी यो बगलामुखी मूर्तिलाई शताब्दीयौंदेखि साधकहरूले श्रद्धा र भक्ति सहित पूज्दै आएका छन्।

Let’s all push … the market trying to go up from a perfect point to bounce back .. !
13/08/2025

Let’s all push … the market trying to go up from a perfect point to bounce back .. !

आज चोभारको आनन्दादि लोकेश्वर जात्रा चोभार, आनन्दादि लोकेश्वर जात्रा र नन्द ग्वालाको कथाःकाठमाडौं उपत्यकाको दक्षिणी भेगमा...
05/04/2025

आज चोभारको आनन्दादि लोकेश्वर जात्रा
चोभार, आनन्दादि लोकेश्वर जात्रा र नन्द ग्वालाको कथाः
काठमाडौं उपत्यकाको दक्षिणी भेगमा अवस्थित चोबहाः अर्थात् चोभार बस्ति अग्लो डॉडामा अवस्थित छ । उपत्यकाका प्राचीन बस्तिहरुमध्ये एक चोभारको अर्को पुरानो नाम सुवर्णगिरी कच्छपाल पर्वत् पनि हो । कछुवाको आकारमा देखिने डॉडा भएकोले कच्छपाल पर्वत् भनिएको सहजै बुझ्न सकिन्छ । हरेक नेवाः बस्तिमा जात्रा मनाउने परम्पराअनुसार चोभार बस्तिमा चैत दशैं रामनवमीका बेला प्रख्यात स्थानीय मन्दिरमा विराजमान आनन्दादि लोकेश्वरको जात्रा गरिन्छ । चैत्र शुक्ल प्रतिपदाबाट सुरु हुने जात्रा सुरुको दिन चौलाथ्व पारुमा लोकेश्वरको मूर्तिलाई स्नान गराईन्छ । त्यसपछि अष्टमि तिथिका दिन बिहान बागमती नदिमा नख्खु खोला मिसिने नख्खु दोभानमा बिहानैदेखि मेला लाग्छ । स्थानीय भाषामा नेखुइ ख्वाः सिलेगु भनिने उक्त मेला आनन्दादि लोकेश्वर र नन्द ग्वालाको कथासंग जोडिएको छ । नन्द ग्वाला चोभारकै एक बासिन्दा हुन् । उनको परिवार हालसम्म पनि चोभार बस्तिमा रहेकै छ ।
परापूर्वकालमा ललितपुरको पुरानो बस्ति थसि (सानोगाउ‘)मा विपत्ति फैल‘दा केहि नलागेपछि स्थानीयले देउताकै कारण हो कि भनी मूर्तिलाई खोलामा बगाईदिएछ । मूर्तिलाई पानीले बगाउदै ल्याएर नख्खु दोभानसम्म पुर्याएपछि त्यहिं अडेर बसेको रहेछ । बागमती खोला छेऊ जंगलमा गाईवस्तु चराउन जाने नन्द ग्वालाको गाईले दुध दिन छाडेपछि ग्वालालाई किन रहेछ भन्ने मनमा चिसो पसेछ । र, एकदिन गाई चराउन जॉदा नन्द ग्वालाले गाईको चियो गर्न थालेछ । नभन्दै दुध दिन छोडेको गाई नख्खु दोभानमा गई दुध दिएको देखेछ । त्यस ठाउ‘मा के रहेछ भनी पानीमुनी लामो बॉसले हेर्दा एउटा सुन्दर मूर्ति फेला परेछ । त्यसपछि नन्द ग्वाला बस्तिमा गएर सबै कुरा सुनाएपछि बस्तिमा मन्दिर खाली रहेको र बाजागाजाका साथ जात्रा गरि मन्दिरमा स्थापना गरेछ ।
मूर्ति फेला परेको दिन आजकै तिथिमा भएकाले सोहि स्मरण र विधिमा चोभारमा हरेक वर्ष जात्रा चलाउने परम्परा चल्दै आएको छ । सुन्दा किंवदन्तीजस्तो लागे पनि चोभारमा आजसम्म पनि नन्द ग्वालाको परिवार रहेको तथ्यले भने आनन्दादि लोकेश्वर जात्राको यो कथा कथामात्र नभई सत्य तथ्यनै भएको पुष्टि गर्दछ । आजको परम्परा नन्द ग्वालाका सन्तान पूर्ण गोपालीले धाने । - FB

Via: कीर्तिपुरको सेरोफेरो

Market wonderfully bouncing back with banking sector up ... congratulations to all !😁🤣
11/12/2024

Market wonderfully bouncing back with banking sector up ... congratulations to all !😁🤣

Hurry up guys .. kinna chhutla hai ..!!
11/12/2024

Hurry up guys .. kinna chhutla hai ..!!

Beautiful wonderful market bounce back ..
11/12/2024

Beautiful wonderful market bounce back ..

Remnant after flood … nakhu river !
10/10/2024

Remnant after flood … nakhu river !

NFS almost + circuit 1569.70 .. who the hell 50@1390 ??
09/10/2024

NFS almost + circuit 1569.70 .. who the hell 50@1390 ??

Nepse trying to break back 2700 again and again … let’s all push up !
08/10/2024

Nepse trying to break back 2700 again and again … let’s all push up !

True ..
25/09/2024

True ..

Address

Kathmandu
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Stock Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Stock Nepal:

Share