27/08/2026
विपद्को यस दुःखद घडीमा बाढी प्रभावित दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण समुदायप्रति हाम्रो ऐक्यबद्धता र साथ छ।
उद्धार, राहत र पुनःस्थापनाका प्रयासलाई सफल बनाउन आ-आफ्नो क्षमताअनुसार सहयोग गरौँ। सानो योगदानले पनि कसैको जीवनमा ठूलो आशा र राहत ल्याउन सक्छ।
सरकारको आधिकारिक राहत कोषमा सहयोग गर्ने विवरण तलको पोस्टमा उपलब्ध छ।
उद्धार तथा राहत कार्यमा निरन्तर खटिनुभएका सबै सुरक्षाकर्मी, स्वयंसेवक र सहयोगी हातहरूप्रति हार्दिक सम्मान र धन्यवाद। 🙏
आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।