26/08/2026
अत्यन्त जरुरी सूचना |
आज रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवा, नुवाकोट तथा आसपासका क्षेत्रमा जोखिम बढेको छ। नदी तथा खोला आसपासका क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्क रहन र सुरक्षित स्थानमा जान हार्दिक अनुरोध गर्दछौं। कृपया नदी तथा खोलाको किनारमा नजानुहोस्, जोखिम भएका ठाउँबाट सुरक्षित स्थानमा जानुहोस् र अनावश्यक यात्रा नगर्नुहोस्। स्थानीय प्रशासन तथा सम्बन्धित निकायको सूचना र निर्देशन पालना गर्नुका साथै आफ्नो परिवार, साथीभाइ तथा समुदायलाई पनि सचेत गराउनुहोस्। यस कठिन समयमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दछौं।
आपतकालीन उद्धारका लागि:
APF: १११४
नेपाल प्रहरी: १००
एम्बुलेन्स: १०२
आपतकालीन कार्यसञ्चालन केन्द्र (DEOC): १२३४