Om Anandeshor Saving and Credit Cooperative Ltd.

Om Anandeshor Saving and Credit Cooperative Ltd. हामी गर्छौ तपाईको लगानी को रक्षा बन्न?

16/01/2026

धेरै शहकारीबाट नया सहकारी बैक खाेल्न भनि रकम उठाएर अझ सम्म पनि केहि नहुदा संस्थाकाे रकम फिर्ता गर्नु पर्ने हैन कि बैक खाेल्न बनेकाे समिति काे रजगज बैठक भत्ता मा स्वाह गर्ने हाे अरु सहकारीहरु किन माैन छन् ।

13/01/2026

अब छिट्टै ॐ आनन्देश्वर सहकारीमा निम्न सेवा बिस्तार हुने ।

🤳🏻 मोबाइल बैंकिङ तथा इ–बैंकिङ व्यवस्थापन
💬 SMS Alert
💳 अनलाइन बिल भुक्तानी

23/06/2025

३५ (पैँतीस) दिने अन्तिम सूचना

ॐ आनन्देश्वर साकोसबाट ऋण लिई तोकिएको समयमा चुक्ता नगरी भाखा नाघि बस्नु भएका सम्पुर्ण ऋणधारकज्यूहरुलाई यो अन्तिम पटक ३५ (पैँतीस) दिने सूचना दिइन्छ।

तपाई ऋणी सदस्यहरुले लिनु भएको ऋण रकम तोकिएको म्यादसम्म तिर्नु पर्नेमा हालसम्म नगरेको पाइएको हुँदा, यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो सम्पूर्ण बक्यौता रकम साकोसमा बुझाइ दिनु हुन अत्यावश्यक जानकारी गराइन्छ।

निर्धारित समयसीमाभित्र ऋण रकम नबुझाएमा, संस्थाले विद्यमान ऐन, नियमावली तथा आन्तरिक कार्यविधिअनुसार ऋण असुलीको प्रक्रिया अगाडि बढाउने जानकारी समेत गराइन्छ, जसबाट उत्पन्न हुने कुनै पनि कानुनी वा आर्थिक दायित्वको सम्पूर्ण जिम्मेवारी सम्बन्धित ऋणधारक स्वयं हुनेछन्।

नोट:
– समयमै सम्पर्क गरी सहुलियत पाउने व्यवस्था गरिनेछ।
यसै सुचना आधार मानि छिटाे सम्पर्कमा आउनु हुन अनुराेध गर्देै अटेर गरेमा नगर पालिका तथा वडा मा बिबरण सहित जाने र साे कार्यलयहरुलाई कानुन बमाेजिमकाे सेवा सुबिधा राेक काे लागि वडा कार्यलयलाई अनुराेधपत्र बुझाईने छ ।।

साकोस व्यवस्थापन
ॐ आन्नदेश्वर साकोस लि.
सम्पर्क नं.: ०१-५५६०००९
इमेल: [email protected]

लक्ष्मी पुजा २०८१।
31/10/2024

लक्ष्मी पुजा २०८१।

08/03/2024

सहकारी संस्थाबाट सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमा नै आफूले भुक्तान गर्नुपर्ने सावा तथा व्याज विभिन्न बहानाबाजी एवं केही पक्षको सहकारी संस्थाको ऋण तिर्नु नपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना हुनेहुंदा छिटाे भन्दा छिटाे ऋण तिर्न जानकारीका साथ अनुराेध गर्दछ साथै अटेर गरि नतिरेमा कानुनी प्रकृया अप्नाउने हुदा यसबाट उत्पन्न असहज परिस्थितिकाे जिम्मेवारी साेहि ऋणी सदस्य नै हुने जानकारी गर्दछाै।

आनन्देश्वर सहकारी
परिवार ।।।

29/02/2024

समय सान्दर्भिक ।।सबै सहकारी सदस्यहरु जिज्ञ्यासा।।
मेरो सहकारी मा पैसा छ, सबैले सहकारी डुब्छ भन्छन म के गरु ❓

यदि तपाईलाई डुब्नसक्छ जस्तो लाग्छ र आफ्नो पैसा निकाल्नु हुन्छ भने अब यो डुब्ने सम्भावना केहि बढ्यो !
यदि डुब्दैन भनेर आफ्नो बचतमा बिस्वास गर्नुभयो भने डुब्ने सम्भबना केहि टर्यो !

सबैलाई डुब्छ भन्ने नै लाग्छ भने त्यो पक्कै डुब्छ ! लाग्दैन भने केहि समय पछि यो सबै कुरा आफै साम्य भएर जान्छ !

सहकारी चल्ने नै बिस्वासमा हो ! यो बिस्वासको बहुमत रहुन्जेल चलि नै रहन्छ !

आफुले गरेको Depsoit मा डर लाग्छ भने त्यो पैसा निकाल्नुस र आफुले लिन सक्ने जोखिम हेरेर त्यहि सहकारीको सेयर किन्नुस !

डुब्नु नै छ भने Customer भएर होइन त्यसको मालिक भएर डुब्नुस न !

जोखिम त बचतकर्ता र लगानीकर्ता दुवैलाई हुदो रहेछ भन्ने पनि बुझ्नु भयो होला !

आज एउटा सहकारी डुब्न सक्छ भने भोलि बैंक डुब्दैन भनेर ठोकुवा गर्न सकिन्न !
१००% सुरक्षित त आफ्नै पकेटमा राखेको पैसामा पनि छैन !

जसले जोखिम उठाउन सक्दैनन् उनीहरु बचत गर्छन !

सहकारी डुबे यसको असर लगानीकर्ता र बचतकर्ता दुबैलाई पर्छ !

यदि डुबेन भने नि ⁉️

निर्णय लिनु अगाडी यो प्रश्न आफैलाई गर्नुस !

धन्यबाद 💚

आज मिति २०८० माघ २७ दिउसाे १२.३० बजे गाेदावरी नगर पालिका वडा नं ३ काेट्टारकाे ईश्वरी स्कुल काे प्राङ्गणमा यस ॐ आनन्देश्व...
10/02/2024

आज मिति २०८० माघ २७ दिउसाे १२.३० बजे गाेदावरी नगर पालिका वडा नं ३ काेट्टारकाे ईश्वरी स्कुल काे प्राङ्गणमा यस ॐ आनन्देश्वर साकाेसकाे वार्षिक साधरण सभा गाेदावरी नपा ३ न वडाका अध्यक्ष सानुराज घिमिरेकाे प्रमुख आतिथ्य र निवर्तमान अध्यक्ष श्री बालमुकुन्द घिमिरेकाे विशेष आतिथ्यमा सम्पन्न भएकाेले सम्पुर्ण शेयर सदस्यहरुमा हार्दिक धन्यबाद दिन चाहन्छाै ।।
साथै यसै साधरण सभाबाट नया ९ सदस्य संचालक समितमा अध्यक्ष बैकुण्ठ पाेखरेल, उपाध्यक्ष प्रल्हाद सिलवाल , काेषाध्यक्ष सुरेन्द्र राउत, सचिव स्याम कुमार घिमिरे, सदस्यहरुमा पुनम शर्मा, साेभा आचार्य, प्रल्हाद आचार्य,मुकेस आचार्य र मणिराम सिलवाल , लेखा समिति संयाेजक मुरारी आचार्य, सुरेश आचार्य र निर्जला पाेखरेल , ऋण समिति संयाेजक स्याम कुमार घिमिरे , सबन के. सी र उमा गाेतामे, शिक्षा समिति संयाेजक पुनम शर्मा, सदस्यहरु रस्मी आचार्य र दिपेन्द्र सिलवाल, कार्यलय ब्यवस्थापन संयाेजक प्रल्हाद सिलवाल, प्रमुख सुजना नेपाल र सदस्य प्रल्हाद आचार्य र कानुनि सल्हाकार बाल मुकुन्द घिमिरे चयन गरिएकाे थियाे साथै चयन गर्न अहम भुमिका खेल्नु हुने निर्वाचन समिति संयाेजक बाल मुकुन्द घिमिरे, सदस्यहरु कुमार सिलवाल र संगिता पाेखरेलाई विशेष धन्यबाद दिई सभा अध्यक्ष बैकुण्ठ पाेखरेलबाट सभा समापन गर्नुभएकाे थियाे।साथै आजकाे साधरण सभा सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष भुमिकामा रहनुहुने शेयर सदस्य तथा सुभचिन्तकहरुलाई हार्दिक धन्यबाद ब्यक्त गर्दछाै। साथै यस वर्षकाे कर सहितकाे १०% बाेनस शेयर छिटाे खातामा राखि जानकारि गर्ने छाै।
धन्यवाद।।
ॐ आनन्देश्वर साकाेस परिवार।।

09/02/2024

भाेली मिति २०८० माघ २७ दिउसाे १२.३० बजे गाेदावरी नगर पालिका वडा नं ३ काेट्टारकाे ईश्वरी स्कुल काे प्राङ्गणमा यस ॐ आनन्देश्वर साकाेसकाे वार्षिक साधरण सभा हुने भएकाेले सम्पुर्ण शेयर सदस्यहरुमा हार्दिक आमन्त्रण गर्दछाै ।।
साथै पत्र प्राप्त नहुने सदस्यज्यूहरुलाई पनि यसै सुचनालाई आधार मानेर सहभागिता जनाई दिनहुन बिनम्र अनुराेध गर्दछाै ।
धन्यवाद।।
ॐ आनन्देश्वर साकाेस परिवार।।

28/12/2023

ऋणको किस्ता माग्दा माग्दै हामीलाई नै लाज लागिसक्यो
तर
ऋण फिर्ता दिने
मान्छेलाई पटक्कै लाज छैन किन होला, बचत फिर्ता गर्नु छ सहकारिले पनि यसरी लाज नमानि हुन्छ ??

13/11/2023

ॐ आनन्देश्वर साकोस को कर्मचारी बाट भैली कार्यक्रम।। उपस्थित सम्पूर्ण कर्मचारी तथा संचालकहरुमा आभार प्रकट गर्दछौ।

12/11/2023

तिहार २०८० ॐ आनन्देश्वर साकोस।।

Address

F24 गोदावरी/३
Lalitpur
44700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779844374287

Website

Alerts

Be the first to know and let us send you an email when Om Anandeshor Saving and Credit Cooperative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category