30/05/2026
बजेट २०२६ ले लगानीकर्ताहरूका लागि १० ठूला खुसीका खबर ल्याएको छ जसमा पूँजीगत लाभकर अब अन्तिम कर बनेको छ। नेपाली कम्पनीहरू अब विदेशी बजारमा लिस्टेड हुन सक्नेछन् र १० लाखसम्मको आयमा केवल १ प्रतिशत मात्र कर लाग्ने व्यवस्था गरिएको छ। साथै नेप्से र सेबोनको पुनर्संरचना, विदेशी तथा NRN लगानीलाई प्रोत्साहन, सरकारी कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि, नयाँ फिनटेक मार्केट प्लेसको स्थापना र सरकारी शेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणाले बजारमा नयाँ उत्साह थपेको छ। २१ खर्ब २४ अर्बको यो विशाल बजेटले प्रशासनिक खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउने लक्ष्य लिएको छ। बजारमा अब नयाँ लहर आउने निश्चित छ!
English:
The 2026 budget brings 10 major wins for investors, most notably making Capital Gains Tax the "Final Tax". Nepali companies can now list on international stock markets, and there is now only 1 percent tax on annual income up to 1 million. Additionally, the restructuring of NEPSE and SEBON, incentives for NRN and foreign institutional investors, a 10 percent salary hike for government employees, the creation of a new Fintech Market Place, and the public offering of government-held shares have generated significant market optimism. This massive 2.