05/08/2026
नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमता पनि बलियो
नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले अधिकांश प्रमुख वित्तीय सूचकमा उल्लेखनीय सुधार गर्दै बलियो प्रदर्शन गरेको छ।
मुख्य वित्तीय सूचकहरू:
✅ खुद नाफा: ३३.५०% वृद्धि हुँदै रु. ७ अर्ब ९० करोड ५७ लाख
✅ खुद ब्याज आम्दानी: बढेर रु. १७ अर्ब ९२ करोड
✅ सञ्चालन नाफा: २५.२२% वृद्धि हुँदै रु. ११ अर्ब ५६ करोड ४५ लाख
✅ इम्पेरमेन्ट चार्ज: रु. ४ अर्ब २० करोडबाट घटेर रु. २ अर्ब ६७ करोड, जसले नाफा बढाउन ठूलो योगदान पुर्यायो।
लाभांश क्षमतामा सुधार
वितरणयोग्य नाफा: रु. ५ अर्ब १६ करोड ९१ लाख
प्रतिशेयर वितरणयोग्य नाफा (DPS Capacity): रु. १९.१०
अन्य प्रमुख तथ्याङ्क
कुल सम्पत्ति: रु. ७ खर्ब ३४ अर्ब
निक्षेप: १२.९५% वृद्धि हुँदै रु. ५ खर्ब ९२ अर्ब
कर्जा: १२% वृद्धि हुँदै रु. ४ खर्ब ६० अर्ब
खराब कर्जा (NPL): ४.२०%
नेट NPL: ०.५८%
प्रतिशेयर आम्दानी (EPS): रु. २८.३६
बैंकको नाफा, वितरणयोग्य मुनाफा, EPS तथा खराब कर्जामा आएको सुधारले आगामी लाभांशप्रति शेयरधनीको अपेक्षा थप बलियो बनाएको देखिन्छ।